सँगै जिउने बाचा हरु अब अतित भयो सानु |
अहिले आएर मेरो हार तिम्रो जित भयो सानु ||
स्वर्णिम रात हरु मन भरी सल्बलीई नै रहे |
आकांक्षा हरु स्मृती मै अंकित भयो सानू ||
एकोहोरो माया मात्र गरि रहेँ मैले तिमी लाई |
थाहा पाँए बिना तालको संगित भयो सानु ||
गरेकि थियौ बाचा सगैं जिउँला भनी प्रीय |
तर आउन जान संसार को रीत भयो सानू ||
म्याङ्लुङ :-५ थापाक्वा पाङ्भे तेह्रथुम