बाहुनवादी देशको ऐनामा मधेसवादी अनुहार

लामो संघर्ष, त्याग र वलिदानपछि प्रदेश न.–२ ले मधेस प्राप्त गर्यो । प्रदेश सभाको (३–माघ–२०७८) दुईतिहाई भारी बहुमतले मधेस प्रदेशको नाममा अनुमोदन गरेको हो । पहिचानवादी र सापेक्षतता वाहुनवादी शासकहरु वीचको अन्तर–विरोध र सकसपुर्ण रस्साकस्सी पछी छिनोफानो भएको हो । आफ्नो सक्कल पहिचान र संघीयताको खातीर लडाइँहरु लड्दै र ज्यानहरु पनि आहुत्ती दिदैं आईरहेको मधेसवादी दलहरुले अन्ततः लडाइँ जित्न सफल भएको छ । वर्षौं अघिदेखीको मधेस नामकरणको राजनीति मुद्दालाई आफ्नो जीतको पोल्टामा राख्न सक्यो । भने मधेसी नागरिकजनको हकमा एउटा अन्त्यहीन लडाइँको युद्ध जीतेको छ । यो जातीय पहिचान र भूगोलको संरचनागत स्वरुपको आधारमा जागरण सहितको आन्दोलनरत लडाइँले एउटा कित्तामा विजय हासिल गर्यो । यो विजयोत्सवको तत्कालीन जस् र श्रेय भने उनै मुख्यमन्त्री लालबाबु रावतलाई जानेछ । उनकै संयोजनकारी समन्वयन र नेतृत्वकारी भूमिकाले प्रदेश न.–२ ले मधेश प्राप्त गर्यो । जुन कित्ताबाट उनले संघीय प्रदेशको नेतृत्व गरे । अन्ततः नेतृत्वसँगै मधेस प्रदेश पनि दिलाउँनमा ऐतिहासिकता कायम राखे । आम–पहिचानवादी आदिवासी जनजातीको हकमा अति–सिमान्तकृत वर्ग र जातिहरुको हकमा भने मधेसवादी जातीहरु एककदम अघि देखिए । देशको शासकीय संघीय संरचनामा जातीय पहिचान सहितको राज्य स्थापना गर्ने लडाइँमा मधेसवादी दल र नागरिकजन नै सबैभन्दा पहिलो र त्यो दिग्विजयको ईतिहास रच्न पनि अघि देखियो ।

फ्ल्यासब्याक सम्झनु पर्दा जुन आन्दोलनहरु राज्यको दवाव र दमनले ब्याक टु ब्याक गर्दैथ्यो । तथापी आन्दोलनहरु भने तेल सकिन लागेको धीपधीपे टुकी जस्तै जल्ने, बल्ने प्रयासरतमा भने थियो नै । अन्तःयो मधेस प्राप्तीलाई आन्दोलनको कमब्याक हो भन्नु अनर्थ र पुर्वाग्रह हुनेछ ।
उसो त मधेश आन्दोलनहरु कहिले आगो जस्तै दनदनी बल्ने र कहिले मत्थर भएर शान्त हुन खोज्ने स्वभाव÷चरित्र भित्र भने बदली रहयो । कतिखेर शान्त हुने र आगो बन्ने÷हुने? भन्ने आन्दोलनहरुको मानक पनि मधेसवादी दलहरुले निर्माण गर्यो । उनीहरु सत्तामा हुँदा मत्थर हुने र बाहिर रहँदा भने आगो बाली टोपल्ने थितिको मानक पनि उनैले नै बसाए । फलतः मधेसलाई सत्ता चढ्ने भर्याङ बनाएर मधेसवादी दलका नेताहरुले अघाउँञ्जेल सत्ताभोग गर्न भने काफी पाईरहे ।
मधेसलाई राज्यको सगरमाथाको प्रतिविम्ब छाँया बनाएर सत्ताको आरोही गर्ने नेताहरु त कति जन्मे कति । अन्ततः मधेसवादी दलहरु सत्र ठाउँ भाँचिन्दा, टुक्रिन्दा र फुट् भई रहँदा पनि उनीहरुको आन्दोलनले जसै हिस्सा प्राप्त गर्यो । कम्तिमा मधेस आन्दोलनले देशको ऐनामा खाली बाहुनवादी शासकहरुको मात्र अनुहार देख्नु हेर्नू पर्नेमा, अब मधेसवादी र तिनको अनुहारहरु पनि देखिने भयो । र उनीहरुले पनि जब्बर्जस्त हेर्नू पर्ने दिनहरुको सुत्रपात भयो । अब उनीहरुको हकमा हेर्दिन र सुन्दिन भन्ने दिनहरु गए ।
देशको नागरिक त के एउटा मान्छेको अस्तित्वको रूपमासम्म स्वीकार्न सकेको थिएन । यतिसम्म कि उनीहरु यो देशको दोश्रो दर्जाको नागरिक भएको हैसियतमासम्म राज्यले गणना गर्न र त्यो श्रेणी वर्गको भेद् छुट्ट्याउँन कहिल्यै चाहेनन् । राज्यको आँखामा मधेसवादीजनहरु सधैं अप्रबासी शरणार्थीहरु जस्तै देखिए÷ठहरिए । जसको कारण राज्यले जहिल्यै हेपि रहयो । दमन शोषण र हिंसा गरि रहयो । उनीहरुलाई विशेषःराजनीति अग्रधिकारहरुबाट सदा उपेक्षा र बञ्चित गरि रहयो । जसरी यो देशमा अभिजात कुलीन वर्गका उपल्लो जाती हुँ भन्ने बाहुन क्षेत्रीहरुले(अपवाद बाहेक)जातीको नाममा छुवाछुतको विभेद गर्दै ल्यायो ।
अहिलेलाई यतिसम्म भनौं कि मधेस र मधेसीजनले आफुहरु उन्मुक्त भएको एहेशास गर्लान् नै सायद । जसरी एउटा निरपराधी मान्छेले आजीवन सजाएको जेलबन्दी भुक्तान गर्छ । र ऊ कैद जीन्दगी भोगी सकेपछि,जब मुक्त हुन्छ । आज उही निरपराधी कैदी जेलबाट छुटे जस्तै अनुभुती÷फिलहरु भएको आत्माबोध हुनुपर्छ ।

मधेसी पाटीको उठान र आन्दोलनको उभार ः
२०४६ को पुनःप्रजातन्त्रको प्रार्दुभावपछि देशमा दलीय राजनीति पाटीहरुको स्थापना र उठान् तिब्र रुपले हुन थाल्यो । त्यसपछि देखि भने मधेसी आवाजहरु पनि सुनिन थालेको हो । उसो त मधेसले उहिल्यै पञ्चायती निरङ्कुश शासनका कट्टर विरोधी तथा आलोचक रामराजा सिंह जस्ता बाघ पनि उसबेला नै जन्मी सकेको थियो । जुन बेला यीनले मधेसी नेताको नेतृत्व गरेका थिए । जतिखेर यिनले पञ्चायती ब्याबस्थाका हिमायती तत्कालीन राजा महेन्द्रलाई बम ब्लाष्टिङ गरेका थिए । त्यति मात्र होईन, यिनले आफू महेन्द्र शासकको मोष्ट वान्टेड लिष्टमा हुँदा पनि, राष्ट्रिय पञ्चायत सभाको रोष्ट्रममा उभेर पञ्चायती शासकीय व्यावस्था र राजतन्त्रको विरुद्ध भण्डाफोर गर्दै गणतन्त्र मागको नाराबाजी गरेका थिए । त्यस्तो कठोर कालरात्रीमा एउटा मधेसे व्याक्ती÷नेताले एक्लै च्यालेञ्जको हाँक दिनु भनेको आफ्नो ज्यानलाई मृत्युको दाउमा राख्नु जस्तै थियो । मधेसको उत्पीडनमा जन्मेको एउटा गणतन्त्रवादी बहादुर योद्वालाई देशको पहिलो राष्ट्रपती बनाउँन तत्कालीन विद्रोही माओवादीले संविधान सभाको आम–निर्वाचनपछी(२०६४)चाहेको थियो । दुर्भाग्य उनलाई राष्ट्रपति बनाउँन यिनै लोकतन्त्रका एकात्मक बाहुनवादी शासकीय पाटी काँग्रेस र नेकपा.एमालेले पटक्कै चाहेनन् । भद्र सहमती र सम्झौंता नभएसी दुई मधेसी नेताहरुवीच राष्ट्रपती पदका लागी अन्तिम चुनावी प्रतिस्पर्धा बन्यो।

अन्ततः काँग्रेसका रामवरण यादव देशको पहिलो राष्ट्रपति हुन पुगे । भने पहिलो गणतन्त्रवादी योद्वा रामराजा सिंह पराजीत बन्न पुगेका थिए । परन्तुःराज्यले त उनलाई चिनेन नै । जहिल्यै देशद्रोहीको ट्याग लगायो र अपमान गर्दै ऊनी माथी शासकीय ज्यादती र बर्बता थोपरि रहयो । अन्ततःयिनलाई आफ्नै मधेसी समुदायले पनि गलहत्त्यायो । अर्थात राजनीति न्याय दिन सकेनन्।भने मधेसवादी जनसनुदायले झन् उनको राजनीति चिन्तन र ब्याक्तित्व के बुझ्न र चिन्न सकेका थिएछ्न् र?कठै..!फलतःऊनी यहीँ राजनीति उपेक्षा,अपमान र पराजीत ग्लानीको पिडादायीबोधले पनि होला की? उनले संघीय लोकतान्त्रिक गणतन्त्रको शासकीय सत्ताको भोग गर्न त के अहिलेको गणतान्त्रिक सत्ताभोगहरुको स्वेच्छाचारिताको परिदृष्यहरु हेर्न÷ देख्न नपाई अन्ततःआफ्नो जीवनयात्रा सदाको लागि टुङग्याए।र विदा (२०७१)लिए।

खैरःमधेसवादको गन्धलाई सबैभन्दा बढी राजनीति शक्तिको रूपमा यो उचाईंमा उभ्याउँने र पुर्याउँने ल्याकत राख्ने त्यो राजनीति ब्याक्ती नै गजेन्द्र नारायण सिंह(स्व.२०५८) हुन्।रामराजा सिंहपछीका मधेसले जन्माएको अर्का शक्तिशाली नेता हुन् यिनी ।२०४६ को प्रजातन्त्रको उदयकापछि नै यिनले मधेसी समुदायको हकहित र राजनीति अग्रधिकारको निम्ति एउटा सामाजिक संस्थाको निर्माण गरे । जुन संस्थाको नामकरण नेपाल सदभावाना परिषद् राखिएको थियो । अतःप्राप्त प्रजातन्त्रको स्वर्णिम समयकालीन अवस्थामा काँग्रेस समाजवादको नारा उचाल्दै थियो भने बामपन्थीधारका कम्युनिष्टहरु वर्ग मुक्तीको राग अलाप्नुमा धुईरो लागेथ्यो । अन्तःत्यो भन्दा फरक यता पहिचानको आधारमा देशलाई संघीय प्रान्तमा बदल्नु पर्ने र स्वयतत्ता प्रदान गरिनुपर्ने मागहरु जस्ता अघि सारेर आदिवासी जनजातीका नेताहरुले पनि सिंहको जस्तै सामाजिक संस्थाको(२०४७)उदघाटन गरि सकेका थिए । आम– आदिवासी जनजाती र उत्पीडित वर्ग समुदायको हकहित र वहीँ राजनीति अग्रधिकार सुनिश्चितताको लागी भनेर ञनेपाल राष्ट्रिय जनजाती उत्थान संघझ नामक संगठन अस्तित्वमा उभि सकेको थियो । वास्तवमा यी दुई सामाजिक संस्थाको पुनरउत्थानको बलले मात्र सिमान्तकृत शोषित पीडित बर्ग र जातीहरुको हकहितको खातीर बुलन्द आवाज निर्माण गर्नमा सघाउ पुर्याएको हो । जसले प्रजातन्त्रको आमूल परिवर्तन पछी राज्यलाई अझै आफ्नो पहिचान र जातीय सघनताको राजनीति उन्मुक्तीको लागी आन्दोलनहरु मार्फत झनै प्रेसर दिन थालेको थियो । फलतः संघात्मक शासन ब्याबस्था र जातीय मुक्तीको राजनीति मुद्दाहरु उराल्न थालेपछी, नेपाल सदभावाना परिषद पाटीमा बदलियो । भने नेपाल राष्ट्रिय जनजाती उत्थान संघ पनि अन्ततःपाटीमै रुपान्तरण भयो।अन्ततगोत्वःयी दुई संस्था नेपाल सदभावाना पाटी र नेपाल राष्ट्रिय जनजाती पाटी हुँदै राष्ट्रिय जनमुक्ती पाटी नेपालको रूपमा राजनीति आवरणमा देखिएका हुन्।मधेसवादको गाईडलाईनर गजेन्द्रनारायण सिंहसंगै हृदयेश त्रिपाठी, राजेन्द्र महत्तो,भरतविमल यादवहरु थिए भने संघीयतामा पहिचान र जातीय मुक्तीको आवाज उराल्ने नेतृत्वकर्ता खगेन्द्रजंग गुरुङ, काजीमान कङ्दङ्वा, भद्रकुमारी घले,एम.एस.थापा मंगर, गोरेवहादुर खपांगी मंगर,चन्द्रप्रसाद योङया, कमल छाराहाङ,हरि चोङ्वाङ, कुमार लिङ्देन मिराकहरु लगायतका थिए ।

तथापी मधेसमा संघीयताको नाममा मधेस प्रदेशको रूपमा नामङ्कन र पहिचान स्थापीत हुनुको श्रेय उनै स्व. सिंहलाई जानेछ।ऊनी सिंगो मधेसलाई एउटै प्रान्त निर्माण गराउँने लडाइँमा अनवरत आन्दोलनरत थिए।अर्थात एक मधेस,एक प्रदेश विस्तार गर्ने सपनाहरु उनले बुनेका हुन्÷थिए।आज उनले नेतृत्व गरेको सदभावाना पाटी नै मधेस आन्दोलनको मार्गदशक अभियन्ता बन्न पुग्यो।यसैको फलो मार्फत आज मधेसले त्यस्ता थुप्रै अनिगिन्ती मधेसी राजनीति नेतृत्वकर्ताहरुलाई जन्मायो।पाटीले राजनीतिकर्मी नेतृत्वहरु मात्र जन्माएन।सत्तामा पनि बारबार शासक बनाउँन पुर्यायो।यसै पाटीको मियोबाट उपेन्द्र यादव जस्तो नेतृत्व जन्मेका हुन्।ऊनी बर्गिय लडाइँको कम्युनिष्ट आवरणबाट जातीय र भुमी मुक्तीको लडाइँ लड्न मधेसवादमा रुपान्तारित भएका हुन्।यिनले नि पहिले त मधेसी जनधिकार फोरमलाई सामाजिक संस्थाकै रूपमा उभ्याएका थिए।र उहीँ सामाजिक जन– जागरण सहित फ्रण्ड लाईनमा मधेसी राजनीति मुद्वाहरुको चेतना जागृती गराउँने अभियाँनहरु पनि चलाउँदै आईरहेका थिए।

मधेसी आन्दोलनहरुको तापक्रमहरु बिस्तारै बढ्दो क्रममा थियो । त्यसबेलासम्ममा मधेसवादी दल÷पाटी भनेको वहीँ सदभावाना पाटी मात्र एक थियो।खैरःलोकतन्त्र बहालीपछि(२०६२÷०६३)सत्ता खान पल्केका मधेसवादी नेताहरुमा सत्ताको खिचातानी र लुछातानी खेलको मतभेदका कारण पाटी फुट्ने र टुट्नेक्रम जारी थियो।पाटीको विभाजनको त्यस्तो आन्तरिक कलहभित्र राज्य विरुद्ध विद्रोहताको आन्दोलन गर्नुपर्ने दबाब,सदभावाना पाटी (आनन्दीदेवी)समूहको प्यानललाई बढो गार्हो र कष्टकर थियो।पाटी संस्थापक सिंहको देहावसन(२०५८)पछी,यो उनको पाटी पटकपटक विभाजीत फुटको सामना गरि रहनु परेको थियो।(नोटः आनन्दीदेवी स्व.सिंहका जीवन सारथि हुन्।पाटी संस्थापंन पक्षका लागी आनन्दीदेवी नाम राखिएको हो।उनको पनि देहान्त भईसकेको छ।)उसो त पछी काँग्रेसका महन्थ ठाकुर,विजय गच्छादार, शर्वेन्द्रनाथ शुक्ल,जेपी.गुप्ता लगायतका भगौडा नेताहरु पनि मधेस केन्द्रीत मुद्वामा आईपुगेका हुन्÷थिए।तर यिनिहरु मधेसीवादको नामको कित्तामा उभेर आ–आफ्नै तालमा डम्फु बजाउँने गर्थे।जसको कारण यिनीहरु कतिठाँम् भाचिन्दा–भाचिन्दा,कति टुक्रा भए–भए के।अन्तःभाँचिन्दै टुक्राहरु हुदाँको र नयाँ स्थापना भएको जोडिन्दा,एकताका ११ वटा जत्ती मधेसवादी पाटीहरु अस्तित्वमा उभिएका थिए गाँठे..!

अझ थप ज्ञात होस् की,लोकतन्त्र बहालीपछीको तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईराला(स्व.२०६६)थिए।सशस्त्र विद्रोही माओवादीहरु युद्वविरामसंगै भुमिगत राजनीति देखि शान्ति सम्झौंता मार्फत भर्खरै सार्बजनिक हुँदै आउँदै थिए।२०४७ को संविधान खारेजीसंगै कोईराला बुढाले नयाँ अन्तरिम संविधान जारी भएको(१–माघ– २०६३)घोषणा गरे।मुलतःयहीँ नयाँ अन्तरिम संविधान जारी गरेको असन्तुष्टिलाई लिएर पहिलोपटक उपेन्द्र यादव नेतृत्वको मधेसी जनधिकार फोरम नेपालले पुनःसंशोधन मागहरु सहितको प्रेस–विज्ञप्त्ती जारी गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएथ्यो।उसले भोलि(२– माघ)पल्टबाटै यादवले काठमाडौको माईतीघर मण्डलाबाट अन्तरिम संविधान जलाउँने कार्य गरे।तत्कालै ऊनी सहित २८ जना आन्दोलनकर्मीहरुलाई प्रहरी प्रशासनले धरपकड गर्यो।र प्रदर्शनी मार्ग स्थित पुलिस क्लवमा लगेर राखिएको थियो।हस्तक्षेपकारी उक्त धरपकडको कारण मधेस आन्दोल चर्कियो।अतः भोली(३–माघ)बाट मधेस बन्दको अपील गरे।मधेस पुरै ठप्प हुन गयो।मधेस आन्दोलनको नेतृत्व गर्दा र यहाँसम्म मुखरित हुदाँताकसम्म,यादवको मधेसी जनधिकार फोरम उहीँ सामाजिक संस्थाकै रूपमा मात्र परिचालित थियो।मधेस ठप्प हुदैंजादा सप्तरीको लाहानमा धरपकड् र दमन गर्नेक्रममा आन्दोलनकर्मी र सुरक्षाकर्मीहरुवीच दोहोरो घम्साघम्सीमा आन्दोलनरत विद्यार्थी रमेश महत्तोको सुरक्षाकर्मीको गोलीवाट ज्यान गएपछी, मधेसमा झनै आगो बल्यो।र अनिश्चितकालीन सम्मको लागी बन्दको घोषणा नै भयो।

फिरःबाहुनवादी कोईराला सरकारले मधेसी आन्दोलन दबाउँन पुरै दमन गर्न र गोली हान्न दिनेसम्मको आदेश सुरक्षाकर्मीहरुलाई दिईएको थियो।जसको कारण मधेस आन्दोलन(२०६३÷०६४ देखि ०६५)दुईपटक सम्म डरलाग्दो हिंसात्मक आन्दोलनमा परिणत भएको थियो।उक्त अनिश्चितकालीन बन्दको आन्दोलनले काठमाडौको मुल–जगको पिल्लर हल्लिन थालेसी,सरकारले वार्ता आव्हान गर्न बाध्य हुनु परेको थियो।अन्तःसरकार र मधेसी नेतृत्वहरुवीच २२ बुँदे सम्झौंता भएको थियो।तथापी मधेसी नेतृत्वहरुमा पनि सरकार संगको वार्ता सम्झौंता कोही स्वीकार्ने,कोही अस्वीकार गर्नेहरुवीच मतभेदको अन्तर–विरोधहरु गर्मागरम चर्केपछी अन्ततःयादव नेतृत्व फोरम विभाजीत हुनु परेको थियो।भलैःपछी फेरि सदभावाना पाटी,तराई मधेस लोकतान्त्रिक पाटी र फोरम नेपालवीच मोर्चाबन्दीमा एकाकार बनेपछी दोश्रो चरणको आन्दोलन झनै उत्सर्गमा भयानक डरलाग्दो भएथ्यो।जुन आन्दोलन निरन्तर ६ महिना भन्दा बढी लामो समय गुज्य्रो।पुनःसरकार र मदेसवादी नेतृत्वहरुवीच ८ बुँदे वार्ता सम्झौंता(१६–फागुन–२०६५)भयो।त्यसको साथ मधेस आन्दोलन पनि मत्थर र शान्त हुदैं गयो।त्यो सम्झौंताले अन्ततः मधेसी नेतृत्व कर्ताहरुलाई कुनै कुनै बहानामा सत्ताभोग गर्न जान पाउँने भर्याङ निर्माण गर्यो।जुन आन्दोलनको श्रेयले उनेरुँवीच सत्तामा मन्त्री खान पाईरहने मार्गदर्शन बन्यो।त्यस यताको सत्ता साझेदारमा मधेसी दलका नेताहरु छुटेका सायदै होलान्।

३ आन्दोलनको दिशाबोध र अडानको उपलब्धीः

नयाँ अन्तरिम संविधान जारी गर्नु नै मधेस आन्दोलनले निहुँ पाउँनु थियो।जसै आफ्नो मधेस आन्दोलनको मागहरु सम्बोधन नहुदां र नगरिंदा,कोईराला नेतृत्वको साझेदारी सरकारसंग निहुँ खोजी रहे।आखिर त्यहीँ नै राजनीति मुद्वाको सबैभन्दा ठुलो ईश्यु कारक बन्न पुग्यो।अन्तःदेशबासीका नाममा कोईराला बुढाले जुन अन्तरिम संविधान घोषणा (१७–माघ–२०६३)जारी गरे।त्यसमा गणतन्त्र,संघीयता र समानुपातिक समाबेशी प्रणाली हुने भन्ने, समेटेर सम्बोधन गरेका थिएनन्।जसको कारण मधेसमा आगो बाल्नु परेको थियो।सो घोषणाले यादव नेतृत्वको मधेसी जनधिका फोरमलाई चित्त नबुझेसी, कोईरालाले पुनःदोश्रोपटकको जारी घोषणामा देश संघीय लोकतान्त्रिक गणतन्त्रको संरचना सहितको हुनुपर्ने र समानुपातिक निर्वाचन प्रणाली पनि समेटिनु पर्ने मागहरु सम्बोधन गर्न बाध्य पारेका थिए।फ्ल्यास ब्याक सम्झौं की यिनै कोईराला हुन्,जसले लोकतन्त्र बहाली सहितको प्रतिनिधि साँसद÷सभा पुन–स्थापना सहितको तत्कालीन राजा ज्ञानेन्द्रले हुकुमीबक्स सम्बोधन(८– बैसाक–२०६३)नगर्दा,फेरि राजालाई सच्याउँनु लगाएर आफ्नो माग सहितको सम्बोधन बक्स(११–बैसाक–२०६३)गर्न लगाएका थिए÷हुन्।संयोग भनौं या राजनीति प्रतिशोधको बदलाव भए जस्तै यी कोईराला बुढा आफू शासक हुदांको हकमा जो लागू गर्न बाध्य हुनु पर्यो।त्यो एउटा संयोग या घटनाक्रमको मिलनविन्दु नै थियो सायद।त्यसताक राजा ज्ञानेन्द्रसंगै राजसंस्थाको चोला पनि(१४–भदौ–२०६ ३)सदाको लागी किनारा लागेको थियो।

भने कोईरालाको हकमा देशको कार्यकारी प्रधानमन्त्री संगसंगै राष्ट्र प्रमुखको हैसियतमा पनि पदासिन हुन पुगेका थिए।यथार्थमा ऊनी देशको प्रधानमन्त्री र राष्ट्र प्रमुख दुबै हुदांखेरि,राजाले जस्तै नै मधेसी आन्दोलन बेगको सामनाहरु गर्दै सम्बोधन गर्नु परेको नियती उनले पनि भोग्नु परेको थियो।अन्ततःयथार्थ कहनुपर्दा मधेसी दलहरुको जनउभार आन्दोलनकै बलले मात्र देश संघीय लोकतान्त्रिक गणतन्त्रमा छ्लाङ मारेको हो।जसको अडान र बलले नागरिकजन र भुगोलसंगको जातीय पहिचान,धर्म निरपेक्ष, समानुपातिक प्रणाली आदि लगायतका राजनीति मुद्वाहरु राज्यको मुलधारमा समाहित हुन सकेको हो।यो देशकै ऐतिहासिक महान उपलब्धी र प्राप्ती पनि हो।की यो देश आमूल परिवर्तनतर्फ उन्मुख हुनुमा माओवादीको शसस्त्रपुर्ण विद्रोहताको क्रान्तिले उस्तै बलप्रदान गरेको हो।भन्नुपर्दा उसैको आन्तरिक बलको आवरणमा दोश्रो जनआन्दोलन(२० ६२÷०६३)सपÞmल बनेको हो।उहीँ हङगेक्छा आँखाले देख्दा जन– आन्दोलनको रापतापमा काँग्रेस एमालेहरु देखिएका मात्र हुन्।उनेरुँ आफैमा अति पुरातन बाहुनवादी शासकहरु न परे।नत्र तिनले के को आफ्नै नाक काटिने र शीर छेद्न हुने,अग्रगामी परिवर्तनको नेतृत्व गर्थे नि?गाँठे हो..!जो युगान्तकारी जन–विद्रोहताको क्रातिले बाहुनवादीहरुको हिन्दु अधिराज्य सापेक्षतालाई तोड्यो।भने त्यसको प्रतीक र मानकमा देवत्वकरण गरिएको शदियौंकालदेखि जरा गाडेको निरङ्कुश सामन्ती राजसंस्थालाई सदाको लागी विस्थापन गर्यो।यो काँग्रेस एमालेहरुको हकमा उति सह्य् र पच्ने विषय रत्ति थिएन नै।अन्तःदुर्भाग्य गर्ने के?आईलाग्यो बाबू,को संग लड्ने?आखिर भएको यथार्थ बाहुनवादी काँग्रेस एमालेलाई यहीँ नै हो।

३ मार्गदशक सिद्धान्त÷श्रेयको लडाइँं र कमजोरीहरुः

मधेस क्षेत्रलाई आफ्नो आईडेन्टिटीको मुल–राजनीति मुद्वा निर्माण गर्ने हक उनै स्व.गजेन्द्रनारायण सिंहलाई जानेछ।देशको संघीयतामा मधेस राज्यको मार्गदशक सिद्धान्तको प्रतिपादन गर्ने दुरदर्शी नेता उनै सिंह हुन्।देशमा मधेस प्रदेश स्थापीत भएपनि,उनले देखेको सपनाहरू जस्तो मधेसले न्याय पाउँन सकेको छैन।उनले प्रतिपादन गरेको मार्गदशक सिद्धान्तको नमुना ड्राफ्टको रोडम्यापमा एक मधेस,एक प्रदेश छ।देशको दक्षिण भु–भागमा रहेको समथर भुमी÷जगालाई एकमात्र मधेस स्वयत्त राज्यको रूपमा राज्यले सम्बोधन गरिनुपर्छ भन्ने उनको अडान र माग थियो।अपितुःउनले कोरेको रोडम्यापमा अहिले प्राप्त मधेस प्रदेशमा झण्डैं दुईतिहाई मधेस भु–भागलाई समेट्न सकेको छैन।मतलव मधेस पहिचान बोकेकै १४ जील्लालाई कित्ताकाट गरेरै अलग्यायो।जसको कारण मधेसी पहिचान बोकेका सम्बद्ध नागरिकजन र भु–भागको चीर– हरण गरेको छ।त्यसले मधेसीजनसामु चर्को विवादलाई सतहमै ल्याई दिएको छ।मधेसलाई सधैं एकठाँममा समाहित गर्न नचाहेको संघीय बाहुनवादी शासकहरुले नै हो।उनेरुँले मधेस राज्य र मधेसीजनको कहिल्यै हित चाहेनन्।खाली दमन र शोषण गर्नमा मात्र काठमाडौका नश्लीय शासकहरु उद्वेलित रहि रहे।मधेसी जनता उनेरुँको सत्तामा पुग्ने केवल भोट बैंकमात्र बनी रहे।तथापी प्राप्त मधेसको उपलब्धीहरुलाई संस्थागत जोगेर्ना र संरक्षण गर्दै,थप आन्दोलनहरु मार्फत कित्ताकाट भएका मधेसी पहिचानलाई एकैठाँममा उभ्याउँको कुनै विकल्पै छैन।

ञहम्रा देश नेपाल की मधेस महान कहोझ।भन्ने अवधारणाका दिग्दशक स्व.सिंह नै मुल–पथ–प्रदशक हुन्।भने उनेरुँको (मधेसवादीजन र दलहरु)ञआईडोलोजी पर्शनझपनि ऊनी नै हुन्।परन्तुः शदियौंकाल देखि मधेस सुनिने तर नदेखिने।देखिने तर नसुनिने उपेक्षित बर्ग र जातीको रूपमा अपहेलना अनि दृष्टिगोचर गरि रहे।अन्तःसदा भारतीय उपनिबेशको कित्ताकाटबाट मधेस भुमीमा बसोबास गरेको कथित नाङगो राष्ट्रवादको पहाडिया शासकीय आँखाहरुले हेरेको हुन्।र राज्यको मुलधारबाट सदा दोश्रो अनागरिक मान्छेको रूपमा बाहिरै राखिएको हो÷थियो।फलतःअब त्यो हिजोको शदियौंकाल देखिको थिचोमिचोको असह्य् राजनीति ईतिहासको निरन्तरता आजबाट क्लोज हुँदै गएको छ।तथापी मधेसी उत्पीडनको यो कालजयी ईतिहासको अध्यायन र रिसर्चेज गर्न भने कवै छोड्नु हुन्न।हिजो हारेको ईतिहास लेखियो÷लेखाए।भने अब शनैःशनैःजीत्दै गएको ईतिहास लेख्दै परपरसम्म जानू छ।हिजोको मधेस अहिले सुनिने र देखिने दुबै खुलस्त हुँदै गएकोछ।अबचेन् बाहुनवादी शासकहरुको आँखाले देख्ने र सुन्न सक्ने हुँदै गएकोछ।यसको पहिलो श्रेयको मुल–हकदार उनै स्व.सिंह हुन्।मदेशवादीजनको हकमा ऊनी मधेस दर्शनदाता नै हुन् भन्दा फरक नहोला।

पुनश्चःदोश्रो श्रेयका हकदार उपेन्द्र यादव हुन्।मधेस आन्दोलनलाई सुनामीबेगको रूपमा तरंगीत उच्छाल जनसागर उराल्ने कार्य यिनैको नेतृत्वले गरेको हुन्।उनकै अडान र निरन्तर आन्दोलनको बलशाली लडाईंले मधेससंगै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको हो।यसको मुख्य जस् उनै यादव र उनको मधेसी जनधिकार फोरम संगठनलाई जान्छ।भने तेश्रो श्रेयको हकदारचेन् लालबाबु रावत हुन्।ऊनी आफै मधेस कित्ताका प्रदेश न.–२ कै मुख्यमन्त्री हुन्।आज उनकै विशेषःसंयोजनकारी भुमिका र राजनीति सुझबुझको दुर्दर्शिताले मधेस प्रदेश नामकरण स्थापीत गर्न÷राख्नमा मुख्यमन्त्री रावतको अहंम भुमिकाको कारण मधेसले पहिचानको मुद्वा जीत्न सफल बनेको हो।अतःआजभन्दा एकबर्ष अघि पनि नामकरणको हकमा प्रदेश सभामा मधेस प्रस्ताव गरिएको थियो।दुर्भाग्य दुई तिहाईमत नपुगेको र विभाजीत भएको कारण अनुमोदन हुन सकेको थिएन।यसपटक भने काँगेस, एमाले,नेकपा.(एकीकृत समाजवादी), राप्रपाले साथ नदिए पनि मधेसले दुईतिहाई बहुमत पुर्याउँन सफल बनेको हो।

मधेसलाई सदर स्टाम्प छाप हान्नेहरुमा मधेसी घटक दलहरु लगायत अन्य पहिचानवादी(जसपा.÷ससपा.÷नेकपा. माओवादी केन्द्र÷संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)दलहरु सप्पोई नै एकठाँममा उभेका हुन्।भने काँग्रेस र माकुने.सम्बद्ध एकीकृत समाजवादीका केही साँसदहरुले क्रसफ्लोर गरेका हुन्।आफ्नो पाटीको ह्वीप जारी विपरित पनि उनेरुँले मधेसलाई सघाएको हुन्।

अझै पनि यी काँग्रेस,एमाले, माकुनेहरुले मधेसलाई हेय र घृणाको दृष्टिले हेर्ने मानसिकतामा एक्सचेञ्ज कति पनि आको देखिएन।मधेसवादीजनले अझै पनि उनेरुँको राजनीति तथा सामाजिक ब्याबहार नबुझे कहिले बुझ्ने हो नि?यति बुझ्न सके आगामी दिनहरुमा काँग्रेस एमालेलेहरुले मधेसमा बहुत चर्को मूल्य चुकाउँनु पर्ने छ।भलैःउसो त केपी. ओलीको पिछलग्गु हुने मधेसवादी दल र नेताहरु पनि यो भिडमा कमी छैनन्।मधेसी स्वाभिमानी राजनीतिमा उनै मधेसी नेताहरुले गरेको कु–कृत्य मानहानी र बेईमानीको अन्तिम पराकाष्ठा हो।त्यो लाजै नभा राजनीति बेश्यागमनको अवसरवादी चरीत्र÷प्रवृत्ति पनि थियो÷हो।

स्मरण रहोस् की,लोकतन्त्रको वहालीको लागी दोश्रो जनआन्दोलनमा सात दलीय पाटीहरुको सह–कार्यमा नेपाल सदभावाना पाटी(आनन्दीदेवी)सहभागी एवं सम्मिलित थियो।अतःजारी अन्तरिम संविधानमा गणतन्त्र,संघीयता र समानुपातिक प्रणालीलाई नसमेटिएपछी, पाटीको तर्फबाट प्रतिनिधित्व गरेका नेता भरतविमल यादवले नोट अफ डिसेन्ट लेखेका थिए।त्यो समयकाल नयाँ अन्तरिम संविधान निर्माणको उठान् हुदैंगर्दा मधेसमा सदभावाना पाटी बाहेक अन्य मधेसी दलहरु कुनैपनि अस्तित्वमा आई सकेको थिएन।मधेस मुद्वालाई एक्लै बोकी रहेथ्यो।त्यहीँ अवस्थामा उपेन्द्र यादवको मधेसी जनधिकार फोरमचेन् सामाजिक संस्थाको रूपमा संगठन विस्तार गर्नेक्रममा जागरुक भईरहेको थियो।भने उसले राजनीति मुद्वाको एजेण्डाहरुलाई पनि जोड्तोडका साथ उठाई रहेथ्यो।किन्तुःशान्ति प्रकृयामा आएका विद्रोही माओवादी सहितका अन्य दलहरुसंग अन्तरिम संविधानको निर्माणबारे बैठक सभामा सदभावाना पाटी हाजीर हुन्थ्यो।अतःपाटीले फरकमत राखेको कारण ऊ एक्लो जस्तै बन्यो।उसको मागदावी अन्तरिम संविधान मै देश संघीय लोकतान्त्रिक गणतन्त्र उल्लेख गरिनु पर्ने र समानुपातिक निर्वाचन प्रणालीमा लैजाने राख्नुपर्ने थियो।उक्त पाटीको माग दावीमा काँग्रेस,एमालेले लगायत अन्य दलहरुले पनि एकरत्ति साथ दिएनन्।विद्रोहबाट सत्ताभोग्न आएको माओवादीहरु उसै दंग थिए।उनेरुँलाई मधेसवादी मुद्वामा कुनै चासो र चिन्तन नै थिएन।

अहिले भन्ने गर्छन् की,गणतन्त्र,संघीयता, धर्म निरपेक्षता र समानुपातिक निर्वाचन प्रणाली माओवादीको जनयुद्व नामक क्रान्तिले ल्याएको रे।त्यसको उपज पो हो रे। उसबेला मधेसवादी पाटीको मुद्वामा मौंन फड्के साक्षी बस्ने,अनि अहिले त्यसको जस् र श्रेयचेन् हामेरुँ (माओवादी)हौं भनी टोपल्ने?लाज शरम नभएका आत्माघाती छेपारे मनुवाहरु।उफ..!उसताक सदा एक्लो निरिहय बन्न पुगेका पाटीका नेता भरतविमल यादवले,गणतन्त्र,संघीयता र समानुपातिक प्रणाली हुनुपर्ने,यी तीन बुँदे नोट अफ डिसेन्ट लेखेका थिए।जो अन्तरिम संविधानमा सुनिश्चितता हुनुपर्ने अडान राख्दै आफ्नो पाटीको मागदावी पेश अघि सारेका थिए।भलैःत्यो सम्बोधन नहुने भएपछी,सडक आन्दोलनमा पाटी निस्केको हो÷थियो।बस्तुतःप्रस्तुत तीनबुँदे मागहरु सहितको नेपालगञ्ज बन्द(६– पुस–२०६३)आव्हान÷अपील गर्यो।जुन आन्दोलनमाथी राज्यले निर्मम र बर्बतापुर्वक दमन गर्न प्रहरी प्रशासनलाई आदेश दियो।त्यसले थुप्रै धनजनको क्षति पुर्यायो।जसले मधेसी आन्दोलनलाई झनै थप उत्तेजीत पार्न उक्सायो।र आन्दोलन साम्प्रदायिकतातिर ढल्कन्दैं गएको थियो।अन्तःत्यो वेला पाटी सत्ता घटकको रुपमा उभेको थियो।सत्तामा हृदयेश त्रिपाठी, उद्योग,बाणिज्य तथा आपुर्ती मन्त्री थिए।भन्नुपर्दा यो मन्त्रालय मधेसवादी पाटी र नेताहरुको हकमा उनेरुँको ठेक्का जस्तै भएको हो।मन्त्रीलाई पाटीले सत्ताबाट बाहिरिन निर्देशन दिंदा पनि जुके प्रवृत्तिका त्रिपाठी सत्ताभोग्न मै लिप्त भए।

खैरःमधेसको मुद्दासंग सत्ता साट्ने र भोग गर्नेहरु त्यसो त यी त्रिपाठी मात्र एक्ला होईनन् के।ऊनी जस्ता सत्ता चास्ने मधेसी नेताहरुको नामसुचीहरु तयार पार्ने हो भने कर्णाली नदीको झोलुंगे पुल भन्दा लामो होला सायद।अतःसरकारको नेतृत्व नि गर्ने,अनि आन्दोलन पनि आफै गर्ने?भन्ने नौतिक दवाव पाटीलाई पर्न गएपछी, आफैले नेतृत्व गरेको आन्दोलनको त्यत्रो रापको तापक्रम शनैःशनैःघट्दै सेलाउँदै गयो।र पाटी आन्दोलनबाट ब्याक सर्यो।अन्ततगोत्वः त्यहीँ माईनस डिग्री सेल्सियसको तापक्रममा झरेको आन्दोलनलाई बोल्ड भोल्टेजमा उर्जा दिने नेतृत्वको बागडोर उपेन्द्र यादवको मधेसी जनधिकार फोरमले लियो।यादव नेतृत्वको मधेस आन्दोलनले सिंगो मधेसलाई जुरुक्कै उचाल्यो।दुर्भाग्य सदभावाना पाटीले नेपालगञ्ज आन्दोलनलाई निरन्तता दिदैं लगेको भए,आज मधेस आन्दोलन सफलताको जस् उपेन्द्र यादवको पोल्टामा पर्ने थिएन।जुन त्यो जस् हिजो मधेस आन्दोलनको नेतृत्व सम्हाल्ने(सिंह÷आनन्दीदेवी) सदभावाना पाटीले लिएको भए,उपेन्द्र यादव र उनको पाटी आज अस्तित्वमा आउँन सक्थेन सायद।अफसोंच विडम्बनाचेन् के रहयो भने,त्यहीँ मधेसको मार्गदशक सिद्धान्त बोकेको पथयात्री पाटी सदभावाना अहिले नेपाली÷मधेसी राजनीतिमा गुमनाम बेपत्ता झैं बेखबर बन्न पुगेको छ।कठै..!

विशेष तःमधेसी दल र नेताहरुको सबैभन्दा ठुलो कमजोरी भनेकै सत्ता हो।भनिन्छ कुनैपनि पुरुष वा नेताको(अपवाद बाहेक)कमजोरी भनेकै सत्ता,पोईसा र स्त्री हुन् रे।यिनीहरुमा पनि यहीँ आचरण र प्रवृति लागू भएको हो÷देखिन्छ।यी नेतृत्व गर्ने नेताहरुमा जहिले विरोधाभाष देखियो ।सत्ताभोग्न पाउँदा आफ्नो मुल–मुद्वा नै बेवास्ता गर्ने।अनि सत्ताबाट पाखा लागेको दिन देखि मुद्वामा ब्रुकब्रुक उफ्रने हुन्।कहिले सत्तामै हुदैं यता सडक आन्दोलन पनि हाँकी टोपल्छन्।फेरि सत्तामै जुका झैं टासी रहन्छन्।पहिलो संविधान सभा निर्वाचनमा यी मधेसी दलहरुले अत्याधिक सभासद सिट संख्या जीत हासिल गरेका हुन्।जुन संविधान सभा यिनीहरुले राम्ररी सदुपयोग नगर्दा एकात्मक बाहुनवादी शासकहरुको चक्रब्युहमा फस्यो र भंग(२०६९)भयो।पुनःदोश्रो संविधान सभा निर्वाचन (२०७०)सम्पन्न भयो।दुर्भाग्य मधेसी दलहरु थोरै सिट संख्यामा खुम्चिन पुगे।अन्ततःत्यसले नयाँ संविधान– २०७२ जारी गर्यो।

तथापी फरकमत र विचार अनि फरक –फरक प्रदेश राज्यहरुको माग गर्ने र प्रस्ताव राख्नेहरु सप्पोईको हार्दिक सम्मान गर्दै,तिनलाई(नामहरु)उप– स्वयतको रूपमा समान सम्बोधन गर्दै, मधेस प्रदेशले रुपान्तरणमा बदल्नु सक्नु,युगानुकुल आजको निर्विकल्प शर्त जस्तै हो।अन्ततःत्यसोरी हार्दिक सम्मानार्थ सम्बोधन गर्दै रुपान्तरणमा बदल्ने हो भने, सप्पोई आम–नेपाली जाती र बर्गहरुले आफ्नो देशप्रति अपनत्व भएको फिल गर्न सक्नेछन्।सप्पोईलाई एकसाथ समेटेर लैजानुको विकल्पै छैन।यसो गरे संघीयताले देश टुक्रने होईन,बरु झन् राष्ट्रिय एकताको रूपमा बलियोचेन् बनाउँदै लैजान्छ।काठमाडौको सिंहदरबारका शासकहरुले अहिले यतिचेन् हेक्का राखुन् र बुझुन् भन्ने हो।फेरि–फेरि मधेसले आन्दोलनको आगो बाल्न नपरोस्।

फिरःनामकरणको बसाईँ प्रदेश न.–१ मा सरेको छ।जसको मुख्यमन्त्री राजेन्द्र राईले नामकरण राख्ने कार्यदल समिती पनि केहीदिन अघि(…..माघ–२०७८) गठन गरि सकेका छन्।ऊनी हिजोका मुख्यमन्त्री शेरधन राई भन्दा केही उदार देखिन्छन्।यी दुबै राईबन्दुहरु आदिवासी जनजाती कित्ताकै अनुहारका भएपनि, पहिचानको मुद्वामा शेरधन अनुदार देखिए भने राजेन्द्र उदार देखिएका छन्।उसो त यी दुई बन्दुहरु हिजो एउटै पाटी कित्तामा उभिए थिए÷हुन्।दुर्भाग्य आज शेरधन ओली गुट्मै रहे।भने राजेन्द्र माकुने. प्यानलमा गए।र कित्ताकाट गरेका छन्।खैरःयी राजेन्द्र राई मधेसका समकक्षी लालबाबु राउत(मुख्यमन्त्री)को कित्तामा उभिन सक्लान्?उनको जोड त जसै छदैंछ।आशा गरौं की,राउतले जस्तै यिनले पनि जस् र श्रेय पाउँन सक्ने हकदार बन्न यत्न प्रयास गर्ने छन्।ताकी उनलाई मधेसको मनोगत प्रभाव र असरले अप्ठ्याएकै छ।सदर मधेस भए जस्तै यिनी पनि यो प्रदेश न.–१ लाई जरुर पहिचान सहितको नामकरण स्थापित गर्नमा ऊनी पनि जोडतोड्ले लागी परेकाछन्।जुन त्यो किरात सगरमाथा÷किरात कोशी÷किरात मेची नामाकरणमा पेश हुने बलियो सम्भावाना देखिएको छ।जसै किरात नामसंग अघीपछी फुर्का लगाउँने÷झुण्ड्याउँनेमा यत्न प्रयासरतमा अन्य गैर–पहिचान विरोधी दलहरु देखिएका छन्।अतःकिरात नामसंग कथित काँग्रेस,एमालेहरु अझै नि उस्तै सशंकित छन्।जो उनेरुँ आदिवासी जनजाती नामसंगको पहिचान फोवियाहरु हुन्।अझ त्यसमा पनि अन्य जोडिने पहिचानवादी नामहरु काफी छन्।जो सुन्दा र भन्दा मात्र पनि उनेरुँको श्वास रोकिने गर्छ।त्यो लिम्बुवान हो।यो प्रदेश न.–१ को नामकरण हुन नसक्नुको मुख्य बाधक नै लिम्बुवान हो।

प्रदेश न.–२ को गाँठो फुकुवा बनेपछी,अब १ नम्बर प्रदेशको गाँठो फुकाउँने पालो आएको हो।अहिले यसलाई लिम्बुवान विकल्पको रूपमा किरात नामलाई अघि सारेर समग्र आम–आदिवासी जनजाती र गैर–जाती र बर्गहरुको सेन्टिमेन्ट बटुल्ने मनोगत प्रयासमा लागेको देखिन्छ।भलैः अहिलेको हकमा किरात प्रदेश नै सम्बोधन भए पनि,लिम्बुवान नामेट् र उसको भोलुम÷आवाज सानो हुने होईन।बरु त्यो भोलुमको स्केल अझ बोल्ड हुँदै जानेक्रम भने जारी नै हुनेछ ।अन्तःमधेसले जस्तै कुनै दिन लिम्बुवानले पनि सफलता प्राप्ती गर्नेछ ।जो किरात प्रदेश नै बनेपनि, एकदिन उसैको कित्ताबाट लिम्बुवान अलग्गिनुको विकल्पै हुने छैन।जसरी भारतको हरियाणा राज्य प्रदेशबाट तेलंगु उछिट्टियो।र थप अर्को प्रदेश राज्य बन्यो।पुनःभारत २८ संघीय राज्यहरुबाट २९ बन्न पुगेको हो । नेपालको हकमा पनि यो ७ प्रदेशबाट क्रमश प्रदेश राज्यहरु थपिन्दै जानेछन् । भारतमा अझै वोईष्ट÷पश्चिम बंगालबाट गोर्खाल्याण्ड छुट्टिने भगीरथ प्रयत्नमा छ । जो त्यो पनि कुनैदिन छुट्टिने नै छ । अतःलिम्बुवान पनि वहीँ गोर्खाल्याण्ड जस्तै नै हो।जो प्रदेश न.–१ बाट(किरात प्रदेश नै भएपनि)अलग्गिने नै छ।र छुट्टै आफ्नो लिम्बुवान अस्तित्व निर्माण गर्नेछ । पहिचान विरोधी अति बाहुनवादी शासके फोवियाहरुले हेक्का राखुन्÷बुझुन् भन्ने हो ।

मधेस प्रदेश राज्य स्थापीत भएकोमा भारी बधाई ।

bikramphago5080@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार