पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले बाल साहित्य महोत्सव २०८० को उद्घाटन गरेका छन् । हिजो पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रमुख अतिथि तुम्वापोले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गरे । पथरीशनिश्चरेमा अहिले वृहत् रुपमा कला र साहित्यले स्थान पाइरहेकोमा खुसी लागेको उनले बताए । क...






