लिम्बु साँस्कृतिक परिषदमा सागर

धरान । किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको चौंथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । बुधबार धरानस्थित चुम्लुङ्हिममा सम्पन्न राष्ट्रिय महाधिवेशनले सागर केरुङ्लाइ निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ्म, महासचिवमा ...

लर्ड बुद्धको स्थापना दिवस: ७३ पिन्ट रगत संकलन, ३३ जना सदस्य थपियो 

पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरी शनिश्चरे २ मोरङ्ले आफ्नो स्थापना दिवस मनाएको छ । बुधबार सहकारीको मुख्य कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । नेपाल रेडक्रस सोसाईटी, उपशाखा कार्यालय, उर्लाबारीको प्राविधिक सहयोगमा भएको खुला रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन भएको छ । रेडस्टा...

हरियाली सामुदायिक बनको दोस्रो साधारणसभा

पथरी । हरियाली सामुदायिक वन लिमिटेड पथरी शनिश्चरे २ मोरङ्को दोस्रो वार्षिक साधारणसभा सप्पन्न भएको छ । बुधबार भएको सभामा लिमिटेडका अध्यक्ष अशोक कुमार राईद्वारा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । लिमिटेडले ३ लाख ५२ हजार ७ सय ९९ आम्दानी, ५ लाख ८८ हजार ८१ र  ९२ लाख ३५ हजार २ सय ८२ शुद्ध मुन...

सभामुख विष्टले सपथ लिए

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशबाट निर्वाचित सभामुख अम्बर बहादुर विष्टलाई  सपथ ग्रहण गराएका छन् । मङ्गलबर कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ८ बमोजिम विष्टलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । ...

एमाले निकट पत्रकार धिमाल, जसपा नेता लिम्बूसहित ७० जना माओवादीमा प्रवेश

उर्लाबारी । जनता समाजवादी पार्टी(जसपा)का नेता समशेर लिम्बूसहित ७० जना मङ्गलबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र उर्लाबारीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपाका नेता लिम्बूसहित ७० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । लिम्बु नेपाल आदिबासी जनजाति महासंघनग्र समन्वय परिषद् उर्...

ठुलो परिणाममा गाजा बरामद

इनरुवा । सुनसरीको कोशी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गए राती २ बजे कुम्याहीमा प्रहरी चौकी श्रीपुरजब्दी र अस्थायी प्रहरी पोष्ट कोशी कटानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उक्त घरबाट २ सय १६ किलो ४५ ग्राम गाँजा फेला पारेको हो । गाँजा बरमाद भएसगै ओसार पोसारमा संलग्...

तीन विधेयक प्रमाणीकरण

बिराटनगर  । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभा वैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । पुष २२ गते "स्थानीय सरकारी सेवाको गठन, सन्चालन र सेवाका सर्तहरूका सम्बन्धमा बनेको विधेयक, २०८०" र "कोशी प्रदेश सामयिक राजश्व संकलनसम्बन्धी विधेयक, २०८०" नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणी...

प्रहरी चौकीको माग गर्दै लगाएको ताला ४ घन्टापछि खुल्यो

सखुवारा । साबिक शनिश्चरे गाबिस वडा नम्बर ४ का स्थानीयबासीले पथरी शनिश्चरे वडा नम्बर ८ को कार्यालयमा लगाएको ताला खोलिएको छ । आइतबार सय बढी उपस्थित स्थानीयबासीले बिहान् १० बजे अघि नै कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी गरेको ४ घन्टापछि दिउँसो २ बजे ताला खोलिएको छ । वडा अध्यक्ष नबिनजङ्ग कार्कीले सखुवारामा स्थापना ...

प्रहरी चौकीको माग गर्दै वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी

सखुवारा । साबिक शनिश्चरे गाबिस वडा नम्बर ४ मोरङका स्थानीयबासीले पथरी शनिश्चरे वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरेका छन्  । आइतबार सय बढी उपस्थित स्थानीयबासीले बिहान् १० बजे अघि नै कार्यालयमा तालाबन्दी गरेका हुन् ।  प्रहरी चौकीको माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेको प्रहरी चौकी माग गर्न बनेको संघर्ष समितिका अध्य...

धिमाल महिला संघकाे छैठाै राष्ट्रिय अधिवेशन

उर्लाबारी । धिमाल जातीय विकास केन्द्रकाे भातृसंस्था धिमाल महिला संघकाे छैठाै राष्ट्रिय अधिवेशन धिमाल परियाेजना स्थल, मंगलबारे (माेरङ) सकिएको छ । अधिवेशनले अध्यक्षमा मिना धिमाल (ईटहरी), उपाध्यक्षद्वयमा रविना धिमाल (अठ्याबारी), जागिनि धिमाल (डाकिनि,) महासचिवमा रिना धिमाल (तिलाईझार), सचिवत्रयमा मनिता धिमाल (ठुलाे अर्नाखा...