नगरपालिकाद्वारा योजना तथा कार्यक्रमको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा नगरको विभिन्न योजना तथा कार्यक्रमको अनुगमन गरिएको छ । आज पथरी शनिश्चरे वडा नं. ९ को अमृत धिमालको घर उत्तर खोलामा कल्भर्ट निर्माण, वसन्ती धिमालको घर निर्माण, वडा नं. ७ को मंगलबारेदेखि सहिद मार्ग जोड्ने बाटोको दुवैतर्फको ड्रे...

जसपा नेपालले एमालेलाई भन्यो, ‘अँध्यारो सुरुङभित्र यात्रा गरिरहेको पार्टी’ 

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले नेकपा एमालेलाई एकै साथ संसदवादी र कम्युनिष्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा हिँडेको भन्दै ‘अँध्यारो सुरुङभित्र यात्रा गरिरहेको’ भनेको छ । जसपा नेपालको जारी एकताको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा एमाले बारे जसपा नेपालको यस्तो विश्लेषण उल्लेख भए...

जसपा नेपालको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश, समूहगत छलफलपछि सुझावसहित पारित हुने

जनता समाजवादी पार्टी नेपालको एकताको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पेश भएको पार्टीको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सुरु भएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द यादवले १९ बुँदामा समेटिएको ३१ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेसँगै समूह विभाजन गरेर खाना सम...

जसपा नेपालले केन्द्रीय समिति संख्या २०१ हुने, हट्यो दुई अध्यक्षात्मक प्रणाली

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समिति संख्या वृद्धि गर्ने भएको छ । जसपा नेपालको विधानमा व्यवस्था भएको १७ पदाधिकारी सहित १५१ संख्या रहेको केन्द्रीय समितिलाई वृद्धि गरी २० जना पदाधिकारीसहित २०१ पुर्याउन लागिएको हो । जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले दिएको जानकारी...

बेलायतको साेसाइटीमा पुग्यो याक्थुङ सँस्कृति

लन्डन । नेपालका पूर्वी आदिवासी याक्थुङ समुदायको सँस्कृति बेलायतको प्रतिष्ठित राेयल जियाेग्राफिकल साेसाइटीसमक्ष पुगेको छ । साेसाइटीकाे सेन्ट्रल लन्डनस्थित सङ्ग्रहालयकाे भवनमा याक्थुङ लिम्बु समुदायका विविध सँस्कृतिहरू प्रदर्शन भएका छन् । गत मे ३१ तारिखका दिन 'इन्डिजिनाइजिङ दि हिमालयज' कार्यक्रमअन्तर्गत भएको एक दिने का...

जसपा नेपालको एकताको पहिलो महाधिवेशन सुरु

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकतको पहिलो महाधिवेशन आज (सोमबार)बाट सुरु हुँदैछ । मधेश प्रदेश जनकपुरधामको तिरहुतीया गाछीस्थित खुला प्राङ्गणमा दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु हुने महाधिवेशनको उद्घाटन समारोहमा...

लागु औषध विरूद्ध डोजाङको अभियान संचालन

पथरी । मोरङको पथरी शनिश्चरे तेक्वान्दो डोजाङले लागु औषध विरूद्ध अभियान शनिवार संचालन गरेको छ। "से नो टु ड्रग्स "भन्ने मूख्य नाराका साथ पछिल्लो समय बढ्दो रूपमा रहेको लागु औषध दुर्व्यवसनी विरूद्ध सो अभियान संचालन गरेको हो। डोजाङका प्रमुख कैलाश राईले अहिलेको समयमा युवा वर्गहरूमा बढ्दै गएको लागू औषध दुर्व्यवसनी विरूद्ध ...

भाषा विधेयक ल्याउन अभियन्ताहरूकाे दबाब

विराटनगर । याक्थुङ(लिम्बु) भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गराउन तत्कालै भाषाको विधेयक ल्याउन अभियन्ताहरूले दबाब दिएका छन् । याक्थुङ भाषा कार्यान्वयन सराेकार समूहले अर्थमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय नेताहरूसँग भेटेर बजेट अधिवेशनमा पारित हुने गरी भाषा विधेयक ल्याउन माग गरेका छन...

लिम्बु भाषा कक्षा १२ को परीक्षा सकियो

मोरङ । इलाम र मोरङमा लिम्बु भाषाको परीक्षा सकिएको छ । इलाम माङसेबुङ ५ मा अवस्थित सरस्वती माध्यमिक बिधालयमा शुक्रबार लिम्बु भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । सरस्वती माबि परीक्षा केन्द्रमा २८ जना रहेकोमा २४ जना बिद्यार्थीले परीक्षा लेखेका थिए । परीक्षामा ७ जना पुरुष सहभागी रहेका थिए । १७ जना महिला परीक्षार्थी...

आजदेखि पथरीमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी सञ्चालनमा

पथरी। हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे २ मोरङले सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी सञ्चालनमा ल्याएको छ। सुकवार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले पौडी पोखरीको गेटमा रहेको रिवन काटेर पोखरी उदघाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा हरियाली वन पब्लिक लि.का अध्यक्ष दिलबहादुर तामाङ, नौ...