दमक । पत्रकार मञ्च दमक झापाले तीन दिने मोबाईल जर्नालिजम (मोजो) तालिम सुरु गरेको छ । माङसेबुङ गाउँपालिकाको सहयोगमा दमकस्थित मञ्चको सभाहलमा एक कार्यक्रमका बीच शुक्रवारबाट तालिम सुरु भएको हो । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कागतीको बोटमा पानी हालेर तालिम उद्घाटन गरेका थिए । 'माङसेबुङवासी अधिकांशको ब्यापार, व्...






