दिन हेरें मैले, रात हेरें मैले।
अनेक थरी यौबनाको, जात हेरें मैले।
जब गोजी भुक्क, फुलिएको बखत
पछि लाग्ने उर्बर्सीको, तांत हेरें मैले।
लाग्थ्यो मै स्वर्ग हो, इन्द्र पनि मै हो
अघिपछि मेनका र उर्वर्शीको, जमात हेरें मैले।
जसै चुसे डाइनीले बगालीको रस
फेरि उता अप्सराको, दांत हेरें मैले।
त्यागिदिए अमृत पनि, तितो लागेपछि
आहा! मीठो सोमरसको, मात हेरें मैले


151 पटक हेरिएको 









