चिहानबाट ब्युँझिएको योद्धा हुँ म,
समयले गाडेको होइन
संघर्षले जन्माएको मान्छे हुँ म।
मलाई ढलाउन
आँधीहरू आए,
मलाई रोक्न
पर्खालहरू उठे,
तर मेरो पाइला रोकिएन
किनकि मेरो रगतमा
विद्रोहको आगो बलेको छ।
म हारसँग सम्झौता गर्दिनँ,
अन्यायसँग झुक्दिनँ,
झुटका दरबारमा
सत्यको टाउको झुकाउँदिनँ।
हिजो मलाई
समाप्त भएको ठान्नेहरू हो
सुन!
म फर्किएको छु।
अब मेरो आवाज
केवल आवाज होइन,
परिवर्तनको हुंकार हो।
मेरो पाइला
केवल पाइला होइन,
नयाँ इतिहासको सुरुवात हो।
म चिहानबाट ब्युँझिएको योद्धा हुँ
ढलेको होइन, फेरि उठेको हुँ;
हारेको होइन, अझ बलियो भएको हुँ;
र अब मेरो संघर्ष
मेरो लागि मात्र होइन
समय बदल्नका लागि हो
युग बदल्नको लागि हो ।


18 पटक हेरिएको 










