मुहानै जब धमिलो हुन्छ खोलालाइ के दोष दिनु र पृये
तीर्खा छ खाउँ कसरी मैले पोखौं को माथी रोष र पृये !
…………
गर्जियो मेघ वर्षियो झरी कमिला वेहाल धरती भरी
पसीना छर्ने ढिकुटी भर्ने कहाँबाट ल्याउनु जोश र पृये !
………..
वुद्धिको विर्को खुलेन कहिल्यै समय घर्की गइसके पछि
वाँकी छ केवल वदनामी मात्र के गर्नु खोसाखोस र पृये !
…………
नैतिकता इमान आचार खोक्रो पत्याउने होला नाटक कसले
केस पाकिसक्यो दाँत फुक्लिसके वुढेसमा फिर्ला होश र पृये !
………..
—-२०८० जेठ १ , विराटनगर


125 पटक हेरिएको 









