१. आमुख मुन्धुम अनुसार जुन दिन सर्वशत्तिमान इश्वर तागेरा निङवाभूमाङले डाँफे मुनालको विस्टा, मालिङगोको खरानी र शीतको पानीले मानवीय अस्तित्व निर्माण गरे । सृष्टिको त्यो पहिलो मानिस मुजिङना खेयङना हुन् भने उनको पुत्र सुसुवेङ लालावेङ अर्थात् सावायुक्पुङगेम्बा हुन् । यस धरतिमा सावायुक्पुङगेम्बाका सन्तानहरू सर्वत्र छरिदैं ग...






