विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगरमा शनिबार भएको फाइनल खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ७...






