पवित्राहाङमा कप माघदेखि संचालन हुने

माङसेबुङ(इलाम) । १३ औं संस्करणको पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिता माङसेबुङ इलाममा आगामी २३ माघदेखि संचालन हुने भएको छ । किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६७ औं जन्मोत्सवको अवसरमा संचालन हुन लागेको प्रतियोगिताको तयारी सुरु भएको छ । स्थानीय आत्मानन्द खेलमैदानमा संचालन हुने प्रतियोगितामा नेपाल र भारतक...

स्वस्थानी ब्रतकथा आजदेखि सुरू

विराटनगर । शुक्रबारदेखि स्वस्थानी ब्रतकथाको पूजा आराधनादेखि सुरू भएको छ। पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घररमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको ब्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। सो अवसरमासाँखुको शालीनदीमा स्वस्थानीमा विशेष मे...

मन्त्रिपरिषद्ले के के निणर्य गर्‍यो ?

काठमाडौँ । मन्त्री परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । मन्त्री परिषद्को बैठकले गरेका निणर्य सार्वजनिक गर्दै शुक्रवार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनि...

जेष्ठ नागरिकलाई इलेक्ट्रिक जग

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ ले वडाका जेष्ठ नागरिकहरुQलाई इलेक्ट्रिक जग वितरण गरेको छ । शुुक्रबार वडा कार्यालयमा १ सय ५० जना ७९ वर्ष नाघेका वडाबासीहरुलाई १.८ लिटरको जग प्रदान गरिएको हो । जाडोको समयमा वृद्ध वृद्धालाई पानी तताएर पिउन सहज होस् भन्ने हेतुले जग बाढिएको वडा अध्यक्ष नैना राईले जानकारी दिए । नगर उप-...

चुलो वितरण

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा अपाङ्गता परिवारलाई चुलो वितरण गरिएको छ । तीन परिवारलाई बायो चुलोसँगै बस्नको लागि म्याट पनि वितरण गरिएको बाल बालिका तथा जेष्ठ शाखा प्रमुख गिता कट्टेल बताइन । नगर उप-प्रमुख देवीमाया काफ्लेले चुलो र म्याट वितरण गरेकी हुन् ।...

रैनादेवी छहरामा दुर्घटना ६ जनाको मृत्यु

पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका-८मा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ...

पशुपन्छी पालन तालिमको समापन

पथरी । मोरंगको पथरी शानिश्चरे नगरपालिकाको वडा नं. ७, ८ र १० पशुपन्छी पालन तालिमको समापन गरिएको छ । तीन वटै वडामा पुस १७ गतेदेखि १९ सम्म मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिम सञ्चालन भएको हो । पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको तालिममा वडा नड्ढ ८ मा प...

राहदानी वितरण बन्द

काठमाडौं । मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै राहदानी विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको विभागका प्रवक्ता दुरपदा सापकोटा...

जसपा तत्काल सरकारमा नजाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समिति बैठक आज सकिएको छ । हिजोदेखि ललितपुरमा जारी बैठकले सरकारको नीति तथा कार्यक्रम र शक्ति बाँडफाँटको आधारमा मात्रै सरकारमा जाने अन्यथा बाहिरबाटै समर्थन गर्ने लगायत निणर्य गरेको छ । जसपाले मुद्दा र विचार मिल्ने विभिन्न दलसँग एकता गर्न राजेन्द्र श्रेष्ठको संयोजकत्वमा त...

निर्मलाको घटनामा थप अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा आज गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब...