मधेश प्रदेशमा सांसद बनाउने जसपाको निर्णय

ललितपुर । जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशसभाको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय सोमबार गरेको छ । समानुपातिक सांसद विन्दुकुमारी यादवको भदौमा निधन भएपछि रिक्त पदमा यादवलाई पठाउने निर्णय भएको नेता प्रकाश अधिकारीले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बसेको पार्टीको केन्द्र...

यात्रामै रोइन आनी र रुवाइन सबै यात्रीलाई

देश चाडपर्वमय बन्दा मानवसेवा आश्रमका अभियान्ताहरु घरपरिवार र समाजबाटै अपहेलित र परित्यक्त भएका सहयोगापेक्षीहरुको उद्धारका लागि मेचि महाकाली यात्रा गरिरहेका छन् । ३८ दिनसम्म चल्ने यात्रामा ४० यात्रीहरु छन् । दिनभरको सेवा सकेर यात्रीहरु वीरगंज आइपुगे । मानवसेवा आश्रमलाई माया गर्ने स्थानीय अभिभावकहरुले यात्रीलाई वीरगंज...

याक्थुङ्बाको निधनमा चुम्लुङ्द्वारा आज शोक विदा

ललितपुर । किरात याक्थुङ चुम्लुङले सस्थाका पूर्व अध्यक्ष मन्जुलकुमार सिं याक्थुङबा को निधनमा आज शोक बिदा दिएको छ  । ४ दिनसम्म कार्यालयमा झण्डा झुकाई औपचारिक कार्यक्रम नगर्ने चुम्लुङद्वारा जारी सूचनामा जनाएको छ । लेखक, शोधकर्ता एवं पूर्व अध्यक्ष मंजुलकुमार सिंह याक्थुङबाको कार्तिक १२ का गते ८८ बर्षको उमेरमा निधन भएको ...

स्वीमिङ पुललगायतको पूर्वाधारको अनुगमन

पथरी । हरियाली सामुदायिक वन लि. पथरी शनिश्चरेमा निर्माण भएको स्वीमिङ पुल, पार्किङ, किचन लगायतको पूर्वाधारको अनुमगन गरिएको छ । नगरपालिकाको उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देवीमाया काफ्ले, नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई र नगरका प्राविधिकहरूको टोलीले अनुगमन गरेको हो । बन र संघीय पर्य...

जसपाले बोलायो बैठक

ललितपुर । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । कात्तिक १३ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बोलाइएको पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार आगामी बैठकमा मधेस प्रदेशसभाका समानुपा...

मरङ्लुङ माङ्खदेनमा चासोक मनाइयो

पथरी । मुन्धुमीहरुको तीर्थ स्थल मोरङ्को पथरी शनिश्चरे ३ स्थित मरङलुङ माङ्खदेनमा सामुहिकरूपमा चासोक तङ्नाम मनाएको छ । शनिबार मुन्धुमी चुम्लुङ्ले चासोक तङ्नाम सेवा सम्पन्न गरेको हो । नयाँ फलेको अन्नबाली चढाएर, पुजाआजा गरेर चासोक मनाएको चुम्लुङका अध्यक्ष मौसम परिवर्तन याक्थुङ्वाले जनाए । चुम्लुङ्ले २०७३ सालदेखि सिसेक्प...

पथरीशनिश्चरे प्रिमियर लिग: डिफेन्डिङ च्याम्पियन सातबाघ पराजित

पथरी । चौथो पथरीशनिश्चरे प्रिमियर लिग अन्तर्गतको उद्घाटन खेलमा डिफेण्डिङ च्याम्पीयन सात बाघ पराजित भएको छ । सातबाघलाई ३४ रन अन्तरले पराजित गर्दै रोयल किङ विजयी भएको हो । लिगको प्रथम संस्करण विजेता रोयल किङले टस हारेर ब्याटिङमा उत्रिदा २० ओभरमा ८ बिकेट गुमाएर १ सय ३४ रन बनाउन सफल भएको थियो । रोयलको तर्फबाट शिवम यादबल...

पत्रकार महासंघ मोरङको कार्यबहाक विवाद टुङ्गियो, भट्टराईलाई जिम्मा

विराटनगर । नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो । विधानमा जिल्लामा रहेका खुल्ला उपाध्यक्ष बरिष्ठ हुने कि समावेशी उ...

माटो उपचार शिविर

पथरी । ‘सत्य तथ्य विवरण दिउ, किसान सुचिमा आवद्ध बनौं’ भन्ने मूल नाराका साथ माटो उपचार शिविर तालिम अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । आज पथरीशनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं. २, ७ र ८ मा माटो उपचार शिविर तालिम अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो । विशेषतः माटोको नमूना कसरी लिने भन्ने विषयमा सैद्धान्...

पथरीमा यामाहाको नयाँ शोरुम संचालनमा

पथरी । मोरङको पथरीमा पीएमसी अटो ट्रेडर्सले यामाहाको सोरुम आजबाट सञ्चालनमा ल्याएको छ । अटोट्रेडर्सले सेवा सञ्जाल विस्तारका क्रममा पथरी बजारमा सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले पीएमसी यामाहाको नयाँ सोरुम उद्घाटन गरेका छन् । उद्घाटन गर्ने क्रममा नगर प्रम...