‘माङतोक राष्ट्रिय सहिद हुन् ‘

सिरिजंगा चोक । सहिद राजकुमार आङ्देम्बे 'माङ्तोक'को १७ औ स्मृति दिवस मोरङको पथरी शनिश्चरे ३ को सावाहाङ जोङ सिरिजंगा चोकमा मनाइएको छ। असोज २० गते लिम्बुवान सर्वपक्षीय गोलमेल सम्मेलन आयोजक समितिले माङतोक स्मृति दिवस-५०८४ मनाएको हो। समितिका संयोजक हाङसा पालुङवाले सहिद माङतोक लिम्बुवान भूमिको मात्र होइन, देशको राष्ट्रिय ...

पशुपतिद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री र पूर्व पदाधिकारीलाई सम्मान

पथरी । जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र पूर्व पदाधिकारीलाई सम्मान गरेको छ। मोरङको पथरीशनिश्चरे—१० स्थित पशुपति सामदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारण सभामा सो कार्यक्रम गरिएको हो। उपभोक्ताका २५ जना जेहेन्दार छोराछोरीलाई शैक्षिक सामाग्री स्वरुप स्कुल व्याग र विद्यालय पोषाक स्वरुप जनही १५ सय रुपैयाँ प...

विद्यालय टोली सुझाव संकलन गर्न घरघरमा

पथरी । दुर्गा माध्यमिक विद्यालय पथरी शनिश्चरे ७ को टोलीले सुझाव संकलन गर्न घरदैलो अभियान गरिरहेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, अभिभावक र सरोकारवाला सेवा क्षेत्र भित्रको प्रत्येक घरमा हिंडिरहेको हो । असोज ११ गतेबाट सुझाव संकलन गर्न सुरु गरेको घरदैलो अभियान दैनिक...

नव निर्मित कार्यालय प्रमुख निवासको डीआईजी खापुङद्वारा समुद्घाटन

पथरी । इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको नव निर्मित कार्यालय प्रमुख निवासको समुद्घाटन गरिएको छ । आज प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले सो नव निर्मित कार्यालय प्रमुख निवासको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख खापुङले १८ लाखमा चार कोठे पक्की भवन बनाएकोमा प्रहरी, स्थानीय ...

विजेता सुनुवारद्वारा भोटको अपिल

याक्थुङ स्टार सिजन २ को टप १६ सहभागी मध्ये बिजेता सुनुवार पनि एक हुन् । गैर लिम्बू भएर पनि लिम्बू सस्कृतीलाई बचाउन मौलिक लिम्बू भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको मन जित्न सफल छिन् विजेता सुनुवार । याक्थुङ स्टार सिजन २ को विजेताका लागि सबैलाई भोट गर्न उनले अपिल गरेकी छिन् । (more…)...

वडा नम्बर ४ को शिशु स्वागत कार्यक्रम

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले विधिवत रुपमा नव आगन्तुक शिशुलाई स्वागत कार्यक्रमको सुरुवात गरेको छ । बिहिवार वडामा नवआगन्तुक शिशुलाई स्वागत कार्यक्रमको विधिवत रुपमा शुभारम्भ गरिएको वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण)ले जानकारी दिए।वडाको शुक्रबारेका बाबुराम राई र कविता राईको शिशुलाई वडाले स्वागत गरेको हो...

लर्ड बुद्धले २ करोड ५४ लाख आम्दानी गऱ्यो

पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी शनिश्चरेले २ करोड ५४ लाख ७० हजार ६ सय २२ रुपैया आम्दानी गर्न सफल भएको छ । आज सम्पन्न २२ औँ वार्षिक साधरण सभामा सो आम्दानी भएको बताइएको हो । संस्थाका कोषाध्यक्ष दोर्ण खडकाले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा २ करोड २० लाख २९ हजार ६ सय ५१ खर्च भएको र ३४ लाख ४० ह...

लेटाङमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त

लेटाङ (मोरङ) १६ अशोज । लेटाङ नगरपालिका अन्तर्गत श्री सूर्य प्राथमिक विद्यालय, लेटाङ ५, मा खुला प्रतिस्पर्धाबाट राजु गौतम प्रधानाध्यापकको रुपमा नियुक्त भएका छन्। 'लेटाङ नगरपालिका प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि २०८०' अनुसार विद्यालयमा रिक्त पदमा गौतमको नियुक्ति भएको यो पहिलो हो। मोरङ जिल्लामा प्रधानाध्याप...

सुनाखरी माविमा शुभकामना प्रदान

पथरी । सुनाखरी मावि पथरी शनिश्चरेले बुधबार विद्यार्थीहरुलाई चक्लेट र दक्षिणा स्वरुप नगद दिएर शुभकामना व्यक्त गरेको छ । विद्यालयमा दशैको शुभकामना आदान प्रदानसँगै विद्यार्थीलाई चक्लेट र अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवी मगरले दक्षिणा स्वरुप हरेक विद्यार्थीलाई नगद वितरण गरेका थिए । विद्यालयका शिक्षक बलरा...

करेन्टबाट माछा मार्ने क्रममा १ जनाको मृत्यु

झापा । जिल्लाको गौरीगंज गाउँपालिका-३ का ३६ बर्षीय राम कुमार गिरीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । असोज १५ गते घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न पानी तान्ने मोटरको तार खोलेर खोलामा लगाउदा करेन्ट लागेर मृत्यु भएको हो । घाईते भएका गिरीलाई उपचारको लागि लाईफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटैमा नै ...