युवाहरु कहिले गाउँ फर्कन्छ ?
थेट !
शहरको बन्द कोठामा
नितम्ब थ्याच्च राखेर कल्पकल्पान्तर कविता लेखिन्न
र ,यो कबिको धर्म पनि हुँदै होइन !
जब निधो गरे
झोलितुम्बी भिरेर
गोलिस्टार जुत्तामा
आफ्नु यात्रा तन्काउदै तन्काउदै
कहिले –हिमाल
कहिले–पहाड
कहिले –मधेस
एउटा चित्रकारले बनाएको चित्र हेरेर
कबिले कोरेको कबिता जस्तो कहाँ रहेछ त
युवाहरुको खडेरीले आकुलव्याकुल भएर
हिमपात सङै मरेतुल्य जिन्दगी ब्यतित गरीरहेका हिमालिहरु
बिकाशका नाउँमा स्काभेटरले जथाभावी चिथरेका पहाडहरु बर्खे झरी संगै इन्ट्री मारेका पहिरोहरुले बस्ती नै बगाएर आतंकित भएका पहाडीभेगका मन भाच्चिएका किसान कथाहरु
भित्री मधेसका गरिबी गाउँगाउँका सिंहदरबारले नदेखेका कथाहरु
दिनरात श्रम गरे पनि
बल्न नसकेका मजदुरको असीमित चुलाचौकाहरु रहेछन ।
तिनै वास्तविक दृश्यहरु यो गुच्चा जस्तो आँखामा
कैद भए पछी नियन्त्रण हुन नसकेको
आफ्नु हृदय लाई नियन्त्रण गर्न
एक बोतल रक्सी पिएको छु ।
मलाई आज पिउन देऊ
शाहाराबिहिन गाउँ , भोकमरी , मजदुर , दलित
एस्तैएस्तै यावत कथाहरु एउटै मालामा उनेर
जिन्दगीकै दुःखद घडिको यो काटामा चट्ट अल्झिएर
बेस्सरी गाली गर्न मन लागेको छ ।
अदालतले कुख्यात अपराधी घोषणा गरेको घोषित अपराधीहरु
कुनै प्रकारका शितलता प्रदान गर्न नसकेका सितलनिबास बाट महामहिम ज्युको मुखारावृन्द्व बाट
सपथग्रहण लिबक्सेर
सडकमा रातो झण्डा फरफराउदै
सवारी हुने देशका ठेकेदारहरु लाई ।
धत्
थोक्पेलाको फैलावटले
रङ्गिबिरङ्गी मनमोहक देखिने
हिमालहरु , पहाडहरु कसरी मरुभूमि भए ?
धत्
पालामको लयमा सुसाउने
खोला–खोल्साहरु
सम्झौताको अँध्यारो सुरुङ मार्ग हुँदै
सिमाना कसरी पार गरे ?
अहो !
झन् नारी सौर्न्दर्य
असुरक्षिरै असुरक्षितको
कारागारभित्र बस्न किन बाध्य छन ?
प्रश्नै प्रश्नको
कठघराभित्र बाट पुनः प्रश्न गर्छन गाउँहरु ।
मुग्लान छिरेका युवाहरू खै कहाँ छन ?
भबिस्य हराएको बालकहरुको आवस्था कस्तो छ?
मौन छन देशका ठेकेदारहरु ।
मात्रै एकहोरो
बृद्वा–बृद्वको भरमा
मुग्लान छिरेका युवाहरुको पर्खाईमा
अडिएर प्रश्न गर्छन शाहाराबिहिन गाउँहरु
सरकार !
युवाहरु गाउँ कहिले फर्कन्छ ?


220 पटक हेरिएको 









