चन्द्र मादेन आन्छन
उदयपुर (गाईघाट) । त्रियुगा नगरपालिकाको क्वाबर रिसोर्टको सभाहलमा डाक्टर रणशेर राई स्मृति प्रतिष्ठान र वाङमय साहित्य प्रतिष्ठानको आयोजनामा १ नं. प्रदेशस्तरीय १४ जिल्लाका साहित्य मार्फत तीनदिने “श्रष्टाहरुको लेखन शिविर“ सम्पन्न भएको छ । पहिलो दिन असार १६ गते शनिवार प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुमार राईको सभापतित्वमा प्रमुख अतिथि वरिष्ठ श्रष्टा गणेश रसिकद्धारा फूलको विरुवामा पानी चढाई समुद्घाटन गरिएको कार्यक्रममा वरिष्ठ श्रष्टाहरु वुलु मुकारुङ, धरानका पूर्व प्राध्यापक एवं दिग्गज कवि शरण कुमार राई, राममणि पोखरेल लगायत विभिन्न जिल्लाको आमन्त्रित कविहरु र स्थानीय साहित्यकारहरुको वाक्लो उपस्थित वीच चिना परिचय साथै सृजनाहरु वाचन भएको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानकी कोषाध्यक्ष एवं निवर्तमान जिल्ला समन्वय समितिकी उपप्रमुख गंगा राईले गरिन् । प्रमुख अतिथि वरिष्ठ श्रष्टाहरु रसिक र मुकारुङले मन्तव्य सहित केहि कालजयी गीतहरु पस्किनु भई उपस्थित स्रोताहरुलाई मुग्ध पारेका थिए ।
दोश्रो दिनमा वाङमय साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार कौशल चेम्जोङको सभापतित्वमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, विशिष्ट अतिथिहरु गणेश रसिक, वुलु मुकारुङ, त्रियुगा नगरपालिका प्रमुख वसन्त वस्नेत, प्राज्ञ चेतनाथ धमला, गायिका रश्मी राईलगायतको उस्थिति रहेको थियो । साहित्यकार पुन्य कार्कीले सञ्चालन गरेको कार्यक्रममा कुलपति राईलाई मेयर वस्नेत सामु सर्जकहरुले विभिन्न जिज्ञासा र प्रश्नहरु राखिएको थियो । कुलपति राई र मेयर बस्नेतले प्रतिउत्तर दिएका थिए ।
सामाजिक विकास मन्त्रालयको सहयोगमा संचालन गरिएको कार्यक्रमको सुरुवात स्व. रणशेर राईको समाधिस्थल र प्रतिमा मुर्तिमा गई श्रष्टाहरुले धुप र फूलका गुच्छाहरुले श्रद्धाञ्जली माल्यार्पण गरिएको थियो । कार्यक्रमको अन्तिम दिन चौदण्डी गढीको भ्रमण गरी आमन्त्रित श्रष्टाहरुद्धारा कविता वाचन गरिएको थियो ।
को हुन्, राई ?
डाक्टर रणशेर राईः जस्ले खोटाङ हलेसीमा २०११ सालमा विध्यालय स्थापना गरे । २०२० सालमा गाईघाटका बासिन्दा भएका राईले सो बेला औलोको उपचार गरी धेरै रोगीहरुलाई उपचार समेत गरे । राईकै नेतृत्वमा खोरिया समाधिस्थल स्थापना गरे । २०२३ सालमा त्रियुगा मावि गाईघाटको संस्थापक सदस्य भई विद्यालयको विकासमा भुमिका निर्वाह गरे । हालको त्रियुगा नगरपालिका सदरमुकाम वनाउन महत्वपूणर् भुमिका निर्वाह गरे । वि. सं. १९८२ मा जन्मिएका राईको २०३७ सालमा ५५ वर्षको अल्पायुमै देहावसान भए ।


185 पटक हेरिएको 









