नलेख्नेहरू पनि छन् यहाँ लेख्नेहरू पनि छन्
लेख्नेहरूकै बाटो यहाँ छेक्नेहरू पनि छन्
शास्त्रीय बहरभित्र योे उन्मुक्त आवाज उराल्दा
गजलमै गजलको आयाम नदेख्नेहरू पनि छन्
के जित्नु छ आज जुधेर लानु खै के छ भोलि
एउटै गजलको ओजले गजल थेग्नेहरू पनि छन्
साउन बनेर कैले, कैले शिशिर खपेर बाँच्छ
गजलकै न्यानो ओडी काँडा टेक्नेहरू पनि छन् ।।