युमा साम्यो ताप्लेजुङको प्रथम जिल्ला अधिवेशन

ताप्लेजुङ । युमा साम्यो महासभा ताप्लेजुङ जिल्लाको प्रथम ऐतिहासिक अधिवेशन बैशाख २५ गते सम्पन्न भएको छ । अधिवेशनले भवानी पालुङ्वाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षत्रयमा सनिता पालुङ्वा, रण बहादुर माबोहाङ, राजमाया पुङलाइङ सावादेन, सचिवमा...

`राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’प्रति असंतुष्ट बढ्यो

काठमाडौँ । सरकारले ८ औँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वितरण गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’प्रति आदिवासी जनजाति, मधेसी, दलित र मुस्लिम पत्रकारहरुको सस्थाहरुले बिमति जनाएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन ...

आज भाउन्नेमा `धिरज राई कन्सर्ट-२०८०´

बेलबारी । आज`बुद्ध वज बर्न इन नेपाल´भन्ने नाराको साथ `धिरज राई कन्सर्ट-२०८०´ हुदैछ । मगर बौद्ध गुम्बा भाउन्ने बेलबारीको आयोजनामा हुने कन्सर्टको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक अमीर मगरले जनाए। बुद्ध जयन्तीको पावन अवसर पारेर  बेलबारी १० भाउन्ने स्थित मगर बौद्ध गुम्बामा कन्सर्ट हुदैछ । गुम्बाको अध्यक्ष समेत रह...

भिक्टोरिया क्रस’बाट विभूषित बेघाको उच्च सम्मानको साथ अन्त्येष्टि

दमक नगरपालिकाले दियो आज शोक बिदा  दमक । बेलायती सैनिकको उच्च पदक भिक्टोरिया क्रस (भिसी)बाट सम्मानित दमकका रामबहादुर बेघा लिम्बूको पार्थिव शरीर आज अन्त्येष्टि गरिएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा  ८८ बर्षको उमेरमा गत बैशाख ९ गते बिहान ३:४५ बजे निधन भएका बेघाको ब्रिटिश राजकीय सम्मान को साथ द...

रतुवामाईमा पनि नामाङ्कन् संघर्ष समिति

रतुवामाई । १ नं. प्रदेश पुन: नामाङ्कन् संघर्ष समिति, रतुवामाई शनिबार गठन गरिएको छ । नगर संयाेजक बल बहादुर लिम्बू, सह संयाेजक प्रमिला माझी, सचिब बल बहादुर राई र काेषाध्क्ष सुहाङ आङबुहाङ रहने गरि समिति चयन गरिएको छ । ५१ सदस्यीय समितिको संगठन विभाग प्रमुखमा राजु चाेङवाङ, सदस्यहरुमा गाेपाल श्रेष्ठ, कृर्ति खापुङ, कविराम ...

झापामा संयुक्त संघर्ष समिति

झापा । जिल्लाको झापा गाउँपालिकामा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन भएको छ । नेपाल आदिवासी जनजाति महासंघ झापा गाउँसमितिले शनिवार भएको एक भेलाको आयोजना गरि हर्कराज खालिङ राईको संयोजकतामा अमृत भुजेल सदस्य सचिव रहने गरि ५१ सदस्य संयुक्त संघर्ष समिति गठन गरेका हो । कार्यक्रममा आदिवासी जनजाति महासंंघ झापा...

पङयाङगू समाजमा शिव

पथरी । पङयाङगू समाज पथरी शनिश्चरेको प्रथम अधिबेशन नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । तीन वर्षे कार्यकालको लागि शिव पङयाङगूको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मण, सचिबमा  लिला कुमार, कोषाध्यक्षमा सपना र सदस्यहरुमा राज, तिल बहादुर, भिम, लीला, किशोरमान, लक्ष्मी...

इलाममा पनि एमाले अध्यक्ष ओलीबिरुद्व प्रदर्शन, ९ जना पक्राउपछि रिहाइ

इलाम । कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेका पहिचान पक्षधरहरुले इलाममा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद प्रदर्शन गरेका छन् ।  इलाम बजारमा कालो झण्डा प्रदर्शनसहित नाराबाजी गर्ने क्रममा ९ प्रदर्शनकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिकाका अर्पण राई, राम लिङदम, बिक्रम फियाक...

प्रदर्शनको क्रममा पक्राउ परेका २ जनालाई रिहाइ गर्न माग

बुद्धशान्ति(झापा) । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्बाङविरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका २ जनालाई रिहाइ गर्न माग गरिएको छ । बुधबार नेकपा एमालेले बुद्धशान्ति ३ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम स्थल प्रवेश गर्ने क्रममा  पहिचान पक्षधरहरुले कालो झन्डासहित विरोध प्रदर्शन गरेको थ...

आन्दोलन यसरी अगाडि बढाउने हो कि ?

सागर सरगम चेम्जोङ अहिलेसम्म आन्दोलन जे जसरी चलिरहेको छ । यसको लागि नेतृत्वलाई धन्यवाद दिनै पर्छ, कुरा सन्दर्भमा आन्दोलनको नेतृत्व सामाजिक संघसंस्था भन्दा राजनैतिक दलहरुले लिनु अत्यन्तै आवश्यक पर्दछ । जसमा पहिलो प्राथमिकता प्रदेश नामकरणमा फरक मत राख्ने नेकपा एकीकृत समाजबादी र जनता समाजबादी पार्टीले लिनु पर्छ । त्यसमा...