वडा कार्यालयले प्रगति विवरण प्रस्तुत गर्‍यो

पथरी । वडा कार्यालय पथरी शनिश्चरे वडा नं. १ ले सार्वजनिक सुनुवाई तथा प्रगति विवरण प्रस्तुत कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको सार्वजनिक सुनुवाई तथा प्रगति विवरण प्रस्तुत कार्यक्रममा वडावासीहरु बाक्लो रुपमा उपस्थित भएका थिए । वडाध्यक्ष भीम राईले प्रगति विवरण प्रस्तुत गरेको कार्यक्रममा  वडावासीहरुले प्रश्न र सुझाव...

दुई अध्यादेश जारी

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले बिहिवार दुई अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’, ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ जारी गरेका हुन् ।...

संस्थालाई कृषि सामग्री

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ को आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम बमोजिम ७५ प्रतिशत अनुदानमा विभिन्न टोल विकास संस्थाहरुलाई सामग्रीहरु वितरण गरिएको छ । बुधबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो र वडा अध्यक्ष नवीन कार्कीले ९ वटा टोल विकास संस्थालाई सामग्री वितरण गरेका हुन। मकै छड्याउने मेसिन १० वटा, मकै रो...

फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री

दाङ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको सुनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै...

सभापति देउवाद्वारा महिला संघको सदस्यहरु मनोनीत

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनीत गरेको छ । ५२ सदस्यीय समितिमा डा.अमिता  प्रधानलगायत रहेको आज जानी बिज्ञप्तिमा उल्लेख छ । मनोनीत सदस्यहरु ज्ञ डा. अमिता प्रधान काठमाडौं द्द अमृता थापा मगर मकवानप...

लिम्बु, सिटौला र राजभण्डारीलाई थप मन्त्रालयको जिम्मेवारी

बिराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ले तीन बहालवाला मन्त्रीहरुलाई थप मन्त्रालयको जिम्मेवारी दिएका छन् । मङ्गलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की गत जेठ ३० गतेको सिफारिसमा नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) को अवस्था परी रिक्त हुनआएको मन्त्रालयको जिम्मेवारी तोकिएको हो । ...

सुनाखनीमा सचेतना कार्यक्रम

पथरी। मङलबार साइबर अपराध विरुद्धको सचेतना कार्यक्रम बिद्यालयमा सञ्चालन भएको छ । पथरी शनिश्चरे वडा नं. १ सुनाखरी माध्यमिक विद्यालयमा सो कार्यक्रम भएको हो । त्रिवेणी युवा क्लब पथरीको आयोजनामा भएको सो कार्यक्रममा सहजीकरण नगरका कानुनी सल्लाहकार दिपक कुमार राईले गरिरहेका छन् । नगरको सहयोगमा भएको यस कार्यक्रम नगरका १० वटै...

कम्पोष्ट विन वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा शहरीकरणमा रुपान्तरित कौशी खेती कार्यक्रम अन्तर्गत कम्पोष्ट विन वितरण गरिएको छ । आज शाखाको आर्थिक वर्ष २०७९/०८० को शहरीकरणमा रुपान्तरित कौशी खेती कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा कम्पोष्ट विन वितरण गरिएको हो । वडा नं. १ लक्षित सो कार्यक्रम नगर प्रमु...

कमर्स क्याम्पसमा मञ्च

काठमाडौ । लिम्बू बिद्यार्थी मञ्चले नेपाल कमर्स क्याम्पस मिनभवनमा शाखा समिति बिस्तार गरेको छ । मञ्चकाे केन्द्रीय उपाध्यक्ष रेखा लाओतीकाे प्रमुख आतिथ्यमा भएको भेलाले बिबेक आङवोको अध्यक्षतामा शाखा समिति गठन गरेको हो । समितिको उपाध्यक्षद्वयमा समीर पन्धाक लिम्बु र रोमिका लिम्बू, सचिवमा जितेन इजम लिम्बू, सहसचिवद्वयमा आयुष...

लिम्बु भाषाको पाठ्यपुस्तक वितरण

पथरी । किरात याक्थुङ चुम्लुङ ईजरायलले पथरी शनिश्चरेका लिम्बु भाषा शिक्षण गर्दै आएका २ विद्यालयका विद्यार्थीहरुलाई  पाठ्य पुस्तक उपलब्ध गराएको छ । सोमबार पालिकाको वडा नम्बर ७ मा रहेको चन्द्र किरातेश्वर माध्यमिक विद्यालय र वडा नम्बर ४ मा रहेकोे भागीरथ  माध्यमिक बिद्यालयलाई पुस्तक उपलब्ध गराएको हो । चन्द्रमा कक्षा १ ...