नगरमा खोरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रम

पथरी । ‘स्वास्थ्य पशु स्वच्छ उत्पादन, निर्यातमुखि कृषि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरेमा खोरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रम पुनः सुरु भएको छ । शनिबार दोस्रो चरणको कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोले खोरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रमको व्यानर पढेर उद्घाटन गरेको हो । वडा नं. ...

राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रम सञ्चालन भइरहेको छ । वैशाख १५ गतेदेखि नगरपालिकाका १० वटै वडामा राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रम सञ्चालन भइरहेको हो । नगरका ४७ वटा टोलमा १ सय ३८ जना स्वास्थ्यकर्मी खटाई ३ हजार ७ सय ८६ जना बालबालिका तथा सुनौलो एक हजार दिनका आमाहरूमा कुपोषण स...

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको लागि अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको विक्री वितरण नियन्त्रणका लागि अनुगमन गरिएको छ । बिहिवार नगर क्षेत्रमा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने ल्याक्टोजन, हर्लिक्स, स्यारलेक्स, बोनभिटा लगायतका सामग्री खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुमति नलिई जथाभावी विक्री वितरण ...

उद्यमशिलता विकास तालिम सुरू

पथरी । पथरी शनिश्चरे वडा नं. १० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम उद्यमशिलता विकास तालिमको उद्घाटन गरिएको छ । सोमबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले तालिमको उद्घाटन गरेका छन् ।  कार्यक्रममा प्रमुख तुम्वापोले भने–‘तालिमको लागि तालिम मात्र नहोस्, तपाईहरु तालिम पश्चात् व्यवसायी भएको हेर्न र देख्न पाउ सहभ...

सिम्ले, तेह्रथुममा महानन्द निङ्लेखु सङ्ग्रहालय निर्माण

बैशाख २२, काठमाडौँ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्लेस्थित मयन्तापा टारीमा ‘महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र’को भवन निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । निङ्लेखु समुदायले पूर्खाको ऐतिहासिक तथा पुरातात्तिवक घुमाउने घर संरक्षण गर्ने उद्देश्यले पुनः मर्मत सम्भार गरी बैशाख १९ गते तेह्रथुम जि...

नगर श्रष्टा सम्मान दीपेन्द्र तिम्सिनालाई प्रदान गरिने निर्णय 

पथरी । खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गरेका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवर्द्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको पछिल्लो बैठकले नगरमा सबैभन्दा बढी पुस्तक कृति...

सार्वजनिक ९ स्थानमा सिसिटिभी जडान

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले विभिन्न चौकमा सिसिटिभी जडान गरेको छ । वडा कार्यालयले वडाको गुराँस चौक, सोमबारे, माथिल्लो मिलन चौक, तल्लो मिलन चौक, भेटघाट चौक कुशे, मंगलबारे, शुक्रबारे, शिवजी चौक, बतासेली चौक झोलुङ्गे पुल क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गरेको हो । क्यामेराले वडाभित्रका मुख्य सडकहरुको ...

पथरी नगर अस्पतालमा भौतिक पूर्वाधार सुधार गरिँदै

पथरी । पथरी नगर अस्पतालको नयाँ भवन परिसरमा वाल निर्माण, पेवल लगाउने तथा बाटो निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। पथरी शनिश्चरे नगरपालिकाको ५१ लाख रुपैयाँ बजेटबाट सञ्चालन भइरहेको उक्त योजनाअन्तर्गत अस्पताल परिसरको भौतिक पूर्वाधार सुधार गरिँदै आएको वडाध्यक्ष नैना राईले जानकारी दिए। निर्माण कार्य सम्पन्न भएपछि अस्प...

उर्लाबारीमा प्रेस स्वतन्त्रता दिवस मनाइयो

उर्लाबारी । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा उर्लाबारीमा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। सञ्चार क्लब नेपाल, उर्लाबारी मोरङको आयोजनामा कार्यक्रम गरिएको हो। क्लबका अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रवर्...

हाम्रो संस्कार संस्कृतिलाई जीवन्त राख्नुपर्नेमा नगर प्रमुख तुम्वापो जोड 

पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले हाम्रो मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबैको साझा जिम्मेवारी भएको बताएका छन् । शुक्रबार पथरी शनिश्चरे वडा नं. २ को होटल साल्पामा आयोजित पालाम भिडियो सार्वजानिक कार्यक्रममा सो कुरा बताएका हुन् । मुन्धुमी मा चुम्लुङ साँस्कृतिक विभाग प...