माछा पसलबाट माछा बरामद 

पथरी । पथरी शनिश्चरे नगरपालिकाले माछा पसलको अनुगमनलाई तीव्रता दिएको छ । नगरपालिकाले वडा नं. १ को बजार क्षेत्र र वडा नं. २ को बुद्ध चौकलाई क्षेत्र गरी २ क्षेत्रमा विभाजित गरेर नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको हो । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौल, माछाको गुणस्तर लगायत हेर्ने गरिएको पथरी शनिश्चरे नगरप...

माघेनी तेम्दा सार्वजनिक

पथरी। गायिका दुर्गा तुम्सा र राजु आङ्देम्बेको स्वरमा माघेनी तेम्दा गीत सार्बजनिक गरिएको छ । सामाजिक अभियान्ता सान्ता केरुङको शब्द रहेको पालामलाई गायिका दुर्गा तुम्साले लय सङ्कलन गरेकी छिन् । लिम्बू संस्कृतिमा आधारित पालाम ‘माघेनी तेम्दा’को म्युजिक भिडियो लिम्बू कल्चर क्रिएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको ...

पथरी शनिश्चरे नगरपालिकाले के निर्णय गर्‍यो ?

पथरी । पथरी शनिश्चरे नगरपालिका नगर कार्यपालिकाको १ सय ८० औं कार्यपालिका बैठक सम्पन्न भएको छ । आज कार्यपालिका बैठकमा गत बैठकको समीक्षा सम्वन्धमा, आन्तरिक बजेट सम्वन्धमा, शिक्षा समितिको निर्णय सम्वन्धमा र विविध विषयमा व्यापक छलफल र निर्णयहरू भएका छन् । प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको बैठकले शिक्षा समितिको...

धिमाल समुदायको मौलिक तथा माहान जातिरि/सिरिजात पर्व सुरु

विजय धिमाल मोरङ । नयाँ वर्षकाे सुरुवात संगै नेपालका आदिवासी धिमाल जातिको महान पर्व “जातिरि/सिरिजात” सुरु भएको छ । नयाँ बर्षको आगमनसंगै प्रत्येक वर्ष वैशाख २ गतेबाट सुरु हुने याे पर्व असार २ गते दुई महिनासम्म मनाइने गरिन्छ । यस पर्वको प्रारम्भ मोरङको लेटाङ–१ स्थित भोगटेनीको राजारानी महाराजस्थान पवित्र थलोबाट गरिन्छ, ज...

सिंहबाहिनी जाने बाटो अनुगमन

पथरी । पथरी शनिश्चरे वडा नं. ९ को शनिश्चरे दुर्गा मन्दिर उत्तरबाट सिंहवाहिनी मावि जाने बाटो कालो पत्रेको लागि तयारी गरिदै गरेको बाटोको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनुगमन गरेका छन् । शुक्रबार विहान सो बाटोको सव बेश, कल्भर्ट र वाल निर्माणको अनुगमन निरीक्षण गरेका हुन। अनुगमनमा वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, ...

अभिमुखीकरण तथा समीक्षा बैठक

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा एम.पी.डी.एस.आर. कार्यक्रमको अभिमुखीकरण तथा समीक्षा/ बैठक सम्पन्न भएको छ । २०८१/ ८२ को ससर्त कार्यक्रमबाट सो कार्यक्रम गरिएको हो । स्वास्थ्य अधिकृत जगत प्रसाद मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका मिलन घिमिरे र नगरका अनमि तुलसा लकान्द्रीले सहजीकरण गर...

अनाधिकृत रकम असुल्ने टहरा भत्काइयो

पथरी । पूर्व पश्चिम लोकमार्गमा अनाधिकृत असुली गर्ने टहरा पथरी शनिश्चरे नगरपालिकाले भत्काएको छ । पथरी शनिश्चरे वडा नं. १० मा अवस्थित टहरा नगर प्रहरीले भत्काउनुका साथै सामाग्रीहरु सोमबार जफत गरेको छ । सो स्थानमा बसी युवाहरुको जमातले निजी सवारी साधनहरूबाट समेत बिल काटी रकम असुली गर्दै आएको स्थानीयहरुले बताएका छन् । क...

वडा खेलकुद महोत्सव

पथरी । रैथाने खेल संरक्षण गर्ने उद्देश्यले पथरी शनिश्चरे वडा नम्बर ३ को कार्यालयको मुख्य प्रायोजनमा वडा खेलकुद महोत्सव-२०८१ को आयोजना गरिएको छ। सिरिजङ्गा स्पोर्टिङ क्लबको आयोजनामा चैत २९ गतेदेखि सुरु भएको महोत्सव आइतबार सकिएको छ । महोत्सवमा महिला विशेष लुङ्गी कप, डन्डिबियो, बाघ चाल, डोरी तान्ने, म्युजिक चेयर, पुरुष ...

पहिलो पटक लुङ्गी कप प्रतियोगिता 

तस्वीर: पीएल टिभी। पथरी । सिरिजङ्गा स्पोर्टिङ क्लबको आयोजनामा मोरङ्को पथरी शनिश्चरे ३ मा महिला विशेष लुङ्गी कप खेल भएको छ । आइतबार वडा खेलकुद महोत्सव-२०८१ को अवसरमा लुङ्गी कप फुटबल प्रतियोगिता भएको हो  । थोक्फेला र सिरिजङ्गा स्पोर्टिङ क्लबबीच भएको लुङ्गी कपमा सिरिजङ्गाले जित हासिल गर्‍यो । उस्ले बिपक्षी थोक्फेलाल...

रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता: को को विजेता बने ?

पथरी । सहिद रत्नकुमार बान्तवा चौथो रास्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता-२०८१ को स्पर्धामा पाँचथरका रिसन थापाले जितेका छन् । रिसनले ७ जीत र २ बराबरी खेल्दै ८.०/९.० अङ्क सहित नगद रू. ५१,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र जितेका हुन् । रिसनले पहिलो चरणमा वाल्मीकि स्कुल पथरीका सम्राट बस्नेत (१५८५), बिर्तामोडका क्षितिज लि...