पशु स्वास्थ्यकर्मीहरुसँग छलफल: कृत्रिम गर्भाधान शुल्क रु. ४ सय लिने निर्णय

पथरी । पशुपंक्षी तथा मत्य विकास शाखा पथरी शनिश्चरे नगरपालिकाले नगरका निजी पशु स्वास्थ्यकर्मीहरुसँग विभिन्न विषयमा छलफल गरेको छ । आज नगरपालिकामा भएको छलफलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राईको उपस्थितिमा भएको छलफलमा दुई वटा निर्णयहरू गरेको छ । नगरमा कृत्रिम गर्भ...

कृषकको सिचाई मोटरको महशुल वडा कार्यालयले तिर्ने

सखुवारा । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ का कृषकहरुले  सिंचाइ मोटर सञ्चालन गरे वापत बिजुलीको बिल तिरिरहनु भएको छ ? छ भने अब विद्युत महशुल भुक्तानी गर्नुपर्दैन । पथरी शनिश्चरे वडा नं ८ ले सिंचाई मोटरको बिजुलीको बिलमा अनुदान दिने भएको छ । वडा भित्र रहेको सिंचाइ पैनी नलाग्ने प्रकृतिको जग्गामा नजिकका खोलाबाट प...

आँखा शिविरबाट १ सय ४७ लाभान्वित

पथरी । दुर्गा मावि पथरी शनिश्चरे ७ मा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधक सहयोगमा दुर्गा मा अध्ययनरत १ सय ४७ जना विद्यार्थीहरुको आँखा चेक गरिएको थियो । शुक्रबार लायन्स क्लव, पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरीशनिश्...

पथरीका तामाङसहित ४ जना पक्राउ

बिराटनगर । मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका ४ जनालाई पक्राउ गरिएको छ । धनकुटा नगरपालिका-६ बाट मोरङ्ग पथरी शनिश्चरेका २१ बर्षीय मिलन तामाङलाई स्प्रासरेस्ट र ट्रामानिल १०२ ट्याव्लेट, गाँजा १०० ग्राम सहित नियन्त्रणमा लिएको छ । हिजो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर...

विशाल वनमा वृक्षरोपण कार्यक्रम

हसन्दह । विशाल सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे- ६ ले वृक्षरोपण गरेको छ । आज १० प्रजातिका विरुवाहरु रोपिएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले विरुवा रोेपेर उक्त वृक्षरोपण कार्यक्रमको उद्घाटन गरे । नगर उप–प्रमुख देविमाया काफ्ले, वडाअध्यक्ष कृष्णबहादुर बस्नेत, सामुदायिक वन उपभोक्ता महा...

नि:शुल्क आँखा शिविर सुरु

मोरङ् । दुर्गा मा.वि. पथरी शनिश्चरे ७ मा नि:शुल्क आँखा शिविर सुरु भएको छ। लायन्स क्लव पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरी शनिश्चरे र लियो पथरीले आयोजना गरेको शिविर सुचारु भएको हो । विद्यार्थी तथा अभिभावकहरुको आँखा चेक गर्ने र आवश्यक चस्मा वितरण गर्ने कार्यक्रम छ ।...

‘रिटिङ रिटिङ . . . ‘ गीतका लोक गायक एलपी जोशी रहेनन्

पथरी । दमक १ फाल्गुनन्द चोक झापा निवासी लोकगायक लक्ष्मीप्रसाद (एलपी) जोशीको बिहिबार साझ निधन भएको छ । केही समययता शारीरिक रूपमा कमजोर बन्दै जानू भएका जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो । पछिल्लोपटक साउन ६ गते  सुरभि कला केन्द्र दमकद्वारा सम्मानीत जोशीको ६६ वर्ष अघि रेकर्ड भएको 'रिटिङ रिटिङ . . . ' लगायत गीत चर्चित...

एकै दिनमा करेन्ट लागेर ३ जनाको मृत्यु

विरानटगर । उदयपुर र झापाको ३ छुट्टा छुट्टै स्थानमा करेन्ट लाग्दा हिजो ३ जनाले ज्यान गुमाएका छन् । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-६ ओदालेका २६ बर्षीय राजीव कुमार मगर आफ्नै धान बालीमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घरमा पंखा जोड्ने क्रममा करेन्ट लागि घाईते भएका पाँचथर घर भई झापाको मे...

केचनामा पनि प्रहरी चौकी स्थापना 

मोरङ । “प्रहरी इकाईहरूको स्थापना, स्तरवृद्धि तथा जनशक्ति व्यवस्थापन सम्बन्धी आधार तथा मापदण्ड २०७०” बमोजिम स्वीकृत भई प्रहरी कार्यालय स्थापना गरिएको छ । जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं. १ शुक्रबारे, केचनामा साउन ९ गते अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । सुनवर्षी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बिर बहादु...

डा . रजक को सहयोगमा अपाङ्गता पत्र वितरण तथा परामर्श

पथरी । महिला तथा बालबालिका शाखा पथरी शनिश्चरे नगरपालिकले अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण गरेको छ । आज डा. ओमशॉित रजकको सहयोगमा शाखाले हस्पिटलको रिपोर्ट हेरी परिचय–पत्र वितरण तथा परामर्श प्रदान गरेको हो । सो कार्यक्रममा कार्यपालिका सदस्य अन्जना दर्जी, सृजना भट्टराई, मनिता थापा लगायतको उपस्थितिमा परिचय पत्र वितरण त...