बहर – मुजारे मुसम्मन अखरब
त्याग्ने भए मलाई त्याग्नू चिता सजाई !
जल्दै धुँवा उडौँला आफन्त चिन्नलाई !
गहिरो छ प्रेमको खत कहिले विसेक हुन्न
जस्ले चलायो खञ्जर सायद थियोे कसाई ।।
जो जे दिनू छ देऊ थाप्ने छु प्रेम पुर्वक
आए उचित समयमा तिर्ने छु पाई पाई ।।
माया मरेर जान्न मायालु छुट्न सक्छन्
डुब्दा छ प्रेम गहिरो लेख्दा भयो अढाई ।।
पोल्ने छ जल्न थाल्दा कालो चिसो छुँदामा
हर्कत छ कोइला झैं सम्बन्ध दाजु भाई ।।
अर्कान २२१ २१२२ २२१ २१२२
-मोरङ पथरी शनिश्चरे


176 पटक हेरिएको 









