साहित्य समाजको ऐना: प्रदेश प्रमुख खापुङ

बिराटनगर । साहित्य समाजको ऐना भएको र ऐनाले सधैँ सक्कल कुरामात्रै देखाउने प्रदेश प्रमुख माननीय परशुराम खापुङले बताएका छन् । आज बिराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आयोजित पुरस्कार तथा सम्मान समर्पण समारोहमा बोल्नुहुँदै प्रदेश प्रमुखज्यूले सो कुरा बताएका हुन् । आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तिको अवसर ...

पटके शुल्क बन्द गरि करमा एकरूपता बनाउनु पर्छ: महासङघ

पथरी । सामुदायिक बन उपभोक्ता महासङ्घ नेपाल पथरी शनिश्चरे मोरङ्ले स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार महासङ्घकी नगर अध्यक्ष मैनादेबी फुयाल नेतृत्वको टोलीले नगर प्रमुख मोहन तुम्बापोलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा फोहोर मैलालाई दीर्घकालीन रूपमा  समस्या समाधान गर्नुपर्ने र वडा कार्यालयबाट बनले तिर्दै...

हरियालीको प्रथम साधारणसभा

पथरी । हरियाली सामुदायिक वन लिमिटेड पथरी शनिश्चरेको प्रथम साधारणसभा बिहीवार  सम्पन्न भएको छ । लिमिटेडका अध्यक्ष अशोक साम्पाङले आ.व. २०७७/०७८, ०७९ को प्रगति प्रतिवेदनमा ३ लाख १ हजार ३ सय ७० रूपैयाँ प्रसासनिक खर्च, आय–व्यय अन्तर्गत क्रमशः बैंक ब्याज आम्दानी २ लाख ६७ हजार ८ सय ८८ रूपैयाँ, प्रसासनिक खर्च ४ लाख ६० हजार ८ स...

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालले पन्ध्रौं स्थापना दिवस

बिराटनगर । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालले पन्ध्रौं स्थापना दिवस मनाएको छ । बिहीवार, फोरमको कोशी अस्पताल इकाई समितिको आयोजना तथा मोरङ जिल्लाको सहयोग स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा  खुल्ला रक्त दान एवम बृक्षारोपन कार्यक्रम गरिएको थियो । कोशी अस्पतालको अर्थो ओपीडी प्राङ्गणमा वृक्षारोपण गरिएको कार्यक्रममा...

सहिद लाजेहाङको नाम प्रतिष्ठान बनाइयो

बेलबारी । कोशी प्रदेश नामाङ्करण विरुद्धको आन्दोलनमा सहिद भएका पदम लिम्बू लाजेहाङको नाममा प्रतिष्ठान गठन गरिएको छ । बिहिवार गठित अमर सहिद लाजेहाङ स्मृति प्रतिष्ठान, जीवन खेवाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो । प्रतिष्ठानको उपाध्यक्षत्रयमा चन्द्र कुमारी लिम्बू, डम्बर कुरुम्बाङ, देउमान पन्धाक, सचिबमा विजय सिङ...

नगरका उत्कृष्ट बने प्याराडाइजका निश्चल

पथरी । २०७९ सालको एस.इ.इ. परीक्षामा प्याराडाइज अंग्रेजी बोर्डिङ स्कुल पथरी शनिश्चरे ९ मा अध्ययनरत छात्र निश्चल काफ्लेले जीपीए ३.९५ ल्याई उत्कृष्ट भएका छन् । पथरी शनिश्चरे नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत नविन खुलालले नगरपालिकाको नतिजा हेर्दा प्याराडाइजका निश्चलले नै बढी जीपीए ल्याएको पुष्टि गर...

पथरी शनिश्चरेमा नापी कार्य सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिकामा नाप नक्सा तयारीको क्रममा राखिएका नियन्त्रण विन्दुहरुको प्रथम पटक निरीक्षण (नापी) कार्य सुरु गरिएको छ । मङ्गलबार पालिकाको वडा नं. ८ ब्लक नम्बर २ मा नगरपालिकाको प्राविधिक टोली र नापी कार्यालयको संयोजनमा निरीक्षण कार्य अघि बढाइएको हो । सो कार्यको उद्घाटन राष्ट्रिय भूमि आयोग जिल्ला  अध्य...

वडा कार्यालयको नमुना कार्यक्रम: कक्षा ११ र १२ का विद्यार्थीलाई पूर्ण नि:शुल्क शिक्षा

सखुवारा(पथरी)। `वडा नम्बर  ८ को इच्छा, छोराछोरीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा´ भन्ने कार्यक्रम पथरी शनिश्चरे वडा नम्बर ८ ले ल्याएको छ । कार्यक्रम अन्तर्गत बुद्ध माध्यमिक बिद्यालयमा सोमबारदेखि अभियान थालिएको छ ।  वडा कार्यालय र बिद्यालयले कक्षा ११ मा पूर्ण नि:शुल्क भर्ना अभियान आरम्भ गरिएको हो । आर्थिक वर्ष २०...

कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुस् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकमा कुलपतिको हैसियतले बोल्दै प्रधानमन्त्रीले क...

एमाले वडा अध्यक्षमा राई निर्वाचित

पथरी । नेकपा (एमाले) पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा निर्वाचन भएको छ । सोमबार भएको निर्वाचनमा १ सय ४१ मत प्राप्त गरि वडा अध्यक्षमा पुनः प्रदिपकुमार राई निर्वाचित भएका छन् । स्पर्धी सुनिल खत्रीले ६६ मत ल्याए । वडा पार्टीको दोस्रो अधिवेशन असार १८ गते खुल्ला सभा भएको थियो । अध्यक्षमा दुई जनाको उमेद्वार परेपछि आज ...