आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

संखुवासभा । संखुवासभामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोेरा भोटखोला गाउँपालिका ५ लुङसुङ बस्ने २८ वर्र्षीय प्रेमकुमार राईलाई पक्राउ गरेको छ। शनिबार बिहान राईलाई आफ्ना ७३ वर्र्षीय बुवा गोठे राईको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कु...

माघ २३ मा प्रदेश सभाको बैठक

मोरङ । प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको माघ २३ गते दिउँसो १ बजेका लागि बोलाएका छन । उनले पुस ३० मा अर्को सूचना नहुन्जेलसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए । प्रदेशसभामा बिजनेस अभाव भएकोले लामो समय बैठक स्थगित हुदै आएको छ । अब चल्ने बैठक प्रदेश सभाको छैठौं बैठक हो ।...

येले तङ्वे मेला सुरु

पथरी । ‘अनेकतामा एकता, मुन्धुमीहरुको मौलिक’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे ३ मा येले तङ्वे मेला सुरु भएको छ । येले तङ्वे ५०८३ को अवसरमा लागेको मेला शुक्रबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोले रिवन काटेर उदघाटन गरे । येले मेला व्यवस्थापन समितिको आयोजना भएको मेला सुन्दरीचौकमा माघ १५ गतेसम्म लाग्ने आयोजकले जनाएको छ । ...

मनकामनाले स्थापना दिवस मनायो

पथरी । मनकामना वचत तथा ऋण सहकारी संस्था लि. पथरीशनिश्चरे मोरङको स्थापना दिवस एक समारोहका वीच सम्पन्न भएको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा जेष्ठ नागरिक सम्मान, एकल महिला सम्मान साथै उत्कृष्ट कर्मचारी सम्मान गरेको छ । सो अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो ।...

चैत १७ देखि चैत २९ गतेसम्म एसईईको परीक्षा हुने

काठमाडौं । चालु शैक्षिक सत्रको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ भने रीक्षा चैत्रको २९ गते सकिनेछ । माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डक...

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वतः खारेज

काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद स्वतः खारेज हुने भएको छ। नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य छ । लामिछानेको नागरिकता कायम नरहेपछि उनी दलको सभापति हुन अयोग्य भएका हुन् । उनी अब सदस्य पनि रहन अयोग्य भएको निर्वाचन आय...

सकियो दलित लक्षित कार्यक्रम

पथरी । दलित सेवा संघ नगर समितिको आयोजनामा सञ्चालित दलित लक्षित कार्यक्रम शुक्रबार सकिएको छ । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरमा दलित लक्षित कार्यक्रमको आयोजना गरी आफ्नो संस्कृति संरक्षणमा जुटेकोमा खुशी व्यक्त गरे । संघले नगर प्रमुख तुम्वापोलाई सम्मान पनि गर...

मानसिक तथा मनोसामाजिक अपाङ्गताको स्वास्थ्य उपचार

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा शुक्रबार मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका २७ जनाको स्वास्थ्य उपचार गरिएको छ । नगरपालिकाको अस्पतालमा अपाङ्गता तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको स्वास्थ्य उपचारमा सहयोय क्रियाकलाप अन्तर्गत सो उपचार गरिएको बालबालिका तथा जेष्ठ शाखा प्रमुख गीता कट्टेलले जानकारी दिइन् । उपचार ...

याक्थुङ युवा अधिवेशनको तयारीमा

शिवसताक्षी (झापा) । याक्थुङ युवा मञ्च झापाको दोस्रो अधिवेशन माघ १४ गते शनिवार शिवसताक्षी ८ मा हुने भएको छ । पहिचान र अस्तित्व वचाऔं, सम्पूर्ण याक्थुङ युवाहरु एक हौं भन्ने नाराको साथ हुने अधिवेशनमा जिल्लाको विभिन्न पालिकाहरुबाट प्रतिनिधिहरुले सहभागिता जनाउनेछन् । मञ्चकी केन्द्रीय अध्यक्ष प्रज्ञा इजमको प्रमुख आतिथ्यमा अध...

हिसान स्पोर्टस् मिटः होली चाइल्ड, विविएस र कोशी विजयी

विराटनगर । विहिबार विराटनगरको शहिदमैलानमा भएको फुटबलको पहिलो खेलमा विविएसले भानु कलेजलाई ५–० को गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । विविएसका म्यान अफ द म्याच सेमन्त थापार राहुल चौधरीले २–२ थोल तथा दिल्लीराम थारुले १ गोल गरे । दोस्रो खेलमा उर्लाबारीको होली चाइल्ड कलेजले बुढीगंगााको जेभिर्यस् कलेजलाई ...