सुन र चाँदीको सहित एक जना पक्राउ

पथरी । घर कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गरगहना चोरी गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । हिजो सुर्योदय नगरपालिका-१० का ४७ बर्षीय हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका दार्जिलिङका ३० बर्षीय देवब्रत रायलाई पक्राउ गरेको हो । घरको कोठा भित्र गएर दराज खोली दराज भित्र रहेको सु...

बाह्र बुँदे घोषणपत्र जारी गर्दै फोनिजको २५ औं रजत वर्ष उदयपुरगढीमा सम्पन्न

बेल्टार/ साउन २८। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिको बाह्र बुँद्धे उदयपुरगढी घोषणापत्र जारी गर्दै २५ औं रजत वर्ष सम्पन्न भएको छ । आईतबार प्रदेशसभा सदस्य नारायण बुर्जा मगरद्वारा उद्घाटन भएको २५ औं रजत वर्ष उदयपुरगढीको सहयोग, फोनिज उदयपुरको समन्वय र प्रदेश समितिको आयोजनामा दुई दिने रजत वर...

नगरद्वारा विद्यालयहरुको अनुगमन

पथरी । नगरमा रहेको सामुदायिक विद्यालयहरूको पथरी शनिश्चरे नगरपालिकाले अनुगमन/निरीक्षण गरेको छ । आज दोस्रो चरणको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, शिक्षा शाखा प्रमुख नविन खुलाल, सव–इन्जिनियर रन्जित राजवंशीको उपस्थितिमा विद्यालयहरूको अनुगमन/निरीक्षण गरिएको हो । अनुगमन/निरीक्षणमा विद्यालयको भवन र टिनको छानोको अ...

‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु

सखुवारा । .पथरी शनिश्चरे वडा नं. ८ कार्यालयको आयोजनामा आइतबारदेखि ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको छ । वडाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई लक्षित गरी हरेक तीन /तीन महिनामा निरन्तर हुनेगरी विद्यालय स्वास्थ्य कार्यक्रम बुद्ध माविबाट सुरुवात गरेको ...

फोनिज मोरङले वृक्षारोपण गरी रजत वर्ष मनायो

पथरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले आइतबार वृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी रजत बर्ष मनाएको छ । आदिबासी जनजाति पत्रकारहरुको साझा संस्था फोनिज मोरङले पशुपति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे १० को वन क्षेत्रमा विभिन्न प्रजातिको विरुवा रोपेको हो । फोनिज मोरङका जिल्...

काँग्रेस निकट महिला संघको अध्यक्षमा लिम्बु 

पथरी । काङ्ग्रेस निकट नेपाल महिला संघले पथरी शनिश्चरे वडा नं १० मा वडा कार्यसमिति गठन गरेको छ । आइतवार वडा सदस्यको उम्मेद्वार समेत भएकी इन्द्रकुमारी लिम्बुको सभापतित्वमा नया कार्यसमिति चयन भएको हो । संघकी क्षेत्रीय सभापति मन्जु रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रम क्षेत्रीय सचिव अस्मिता सुवेदीले सञ्चालन गरेकी थिइन...

फोनिजले रजत वर्ष मनाउँदै

पथरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवस आज (श्रावण २७) गते । फोनिज २५ बर्ष पुरा गरि २६ बर्ष प्रवेश गरेको अवसरम सम्मान तथा पुरस्कारलगायत कार्यक्रम गर्दै रजत बर्ष मनाउँदैछ । फोनिज संघीय समितिले अनामनगर काठमाडौंमा कार्यक्रमको आयोजना गरेको छ । फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८१, ‘फोनिज राष...

१८ जनाले लिम्बू/याक्थुङ भाषा सिके

कमल(झापा) । लिम्बू/याक्थुङ् भाषाको सातदिने अनौपचारिक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । किरात के चुम्लुङ (कमल गाउँपालिका ४ किरात चोक)को आयोजनामा सञ्चालित कार्यक्रम एक कार्यक्रमका बिच समापन गरिएको हो । साउन २० गतेदेखि औपचारिक रूपमा सञ्चालन गरिएको लिम्बू/याक्थुङ भाषा तथा किरात सिरिजङगा लिपि प्रशिक्षण कार्यक्रमम...

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटचोक (मोरङ ) । जिल्लाको सुन्दरहरैचा नगरपालिका-७ स्थित पुर्व पश्चिम लोकमार्गमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत आसामका ५५ बर्षीय हुपेनर कठेत रहेका छन् । हिजो राती पौने ११ बजे को.१ च ५८७३ नम्बरको कारले पैदल यात्री कठेतलाई ठक्कर दिंदा घाईते भएका कठेतको उपचारको क्रममा कोशी अस्पताल विरा...

आखा शिविरबाट १ सय ५० लाभान्वित

पथरी । लायन्स इन्टरनेशनल सम्बद्ध ५ वटा संस्थाले मोरङको पथरी शनिश्चरे १० मा नि :शुल्क आँखा परिक्षण गरेको छ । शुक्रवार एलसी पथरी , एलसी पथरी योङ हार्ट, एलसी पथरी शनिश्चरे , एलसी पथरी क्रिएटिभ लेटिज र लिओ पथरीको आयोजनामा भएको कार्यक्रमबाट १ सम ५० भन्दा बढी लाभान्वित भएका छन् । एलसी पथरीका अध्यक्ष मुरारी आचार्यको अध्यक्षता...