लागू पदार्थ सेवन गर्ने १४ नियन्त्रणमा ।

बिराटनगर । प्रदेशको राजधानी  विराटनगर महानगरपालिका-१६ मा चेकजाँचको क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान अन्तरगत  ती व्यक्तिहरुले पक्राउ गरेको हो ।  सिमा क्षेत्रमा आवत जावत गर्ने सवारी साध...

आत्मनिर्भर बनाउन ब्युटी पार्लर तालिम सुरू

पथरी । युवा पुस्ताका महिलाहरुको क्षमता र सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले पथरीशनिश्चरे ७ को आयोजनामा सेल्फ मेक–अप सीप विकास (ब्युटी पार्लर) तालिम सुरु भएको छ । पथरीशनिश्चरे १ स्थित क्युट कट ब्युटी पार्लर एण्ड एकाडेमीको प्राविधिक सहयोगमा एक सातासम्म तालिम सञ्चालन हुने जनाइएको छ । तालिममार्फत सहभागीहरुलाई अन...

प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ सुरू

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा ‘प्रथम १० नवोदय खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३’ सुरू भएको छ । सोमबार वडा नं. १० को खेल मैदानमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगितााको उदघाटन गरि प्रतियोगिता सुरू भएको हो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्ले, इप्रका पथरीका प्रमुख व...

वस्तुको बिक्री वितरणबारे अभिमुखीकरण कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ सम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम भएको छ । कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्न उत्पादन गरिएको वस्तुहरुको बारेमा छलफल र अन्तरक्रिया भएको थियो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षताम...

११ जना प्रतिभालाई नगद सहित सम्मान

शनिश्चरे। पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले वडाको गौरव र प्रतिष्ठा बढाउन योगदान पुर्‍याउने विभिन्न विधाका ११ जना प्रतिभाहरुलाई नगद सहित सम्मान गरेको छ । बिहीबार आयोजना गरिएको कार्यक्रममा वडा नं. ४ मा अवस्थित भागीरथ माध्यमिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा ३.५ जीपीए भन्दा बढी ल्याउने ८ जना जेहेन्दार विद्यार्थीह...

बाली विमा सम्बन्धी अभिमुखीकरण

पथरी ।  पथरी शनिश्चरे नगरपालिकामा नगरस्तरीय बाली विमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/८३ अन्तर्गत कृषि विकास शाखाको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता आर्थिक विकास समितिका संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतले गरिएको कार्यक्रममा नगर प्रमुख म...

विद्युत कटौती बारे नगर प्रमुखद्वारा ध्यानाकर्षण

पथरी । अनियमित विद्युत कटौतीबाट उत्पन्न समस्याको समाधानका लागि नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नेपाल विद्युत प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख सागर पोखरेलको ध्यानाकर्षण गराएका छन्  । आज उर्लाबारीस्थित विद्युत प्राधिकरण कार्यालयमा नगर प्रमुख तुम्वापोसहित वडा नं. २ का वडाध्यक्ष नैना राई तथा वडा सदस्य चन्द्रकु...

घरेलुु हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम

पथरी । घरेलुु हिंसा न्यूनीकरणका लागि समुदायमा अभिमुखिकरण कार्यक्रम पथरी शनिश्चरे-७ वडा कार्यालयमा सम्पन्न भएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो। चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालय, दुर्गा माध्यमिक बिद्यालय, बालकल्याण माध्यमिक बिद्यालयका विद्यार्थी तथा लक्ष्यित वर्ग समुदायका तीन दर्जन भदा...

नगरमा सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम

पथरी । सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ । शनिबार एभरेष्ट आमाविको सभाहलमा सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा भएको सो कार्यक्रममा स्व. दिपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त सम्मान गरे...

ब्यूटीसियन तालिम सम्पन्न

शनिश्चरे । ‘सिप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा ब्यूटीसियन तालिम सम्पन्न भएको छ । वडाको महिला लक्षित कार्यक्रम अन्तर्गत तालिममा सहभागीहरुलाई शुक्रबार प्रमाण पत्र वितरण गरिएको वडाध्यक्ष वीरबहादुर राईले जानकारी दिए ।...