वडामा नागरिक सुनवाई

पथरी । इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका वडा नं. ७  को कार्यालयमा एक दिने नागरिक सुनवाई अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। शुक्रबार वडा अध्यक्ष उद्धव बस्नेतको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले सामाजिक विकृ...

विपन्न नागरिकलाई खाद्यान्न वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित ‘वडा अध्यक्ष मेरो साथी कार्यक्रम’ शीर्षक अन्तर्गत विपन्न परिवार खाद्यान्न सामग्री वितरण कार्यक्रम गरेको छ । बुधबार वडा कार्यालयले वडाका २५ जना विपन्न परिवारलाई खाद्यान्नसँगै विपन्न परिवार खाद्यान्न कार्ड वितरण गरेको हो । नगर प्रमुख ...

निःशुल्क योग शिविर सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ ले निःशुल्क योग शिविर आजदेखि सुरु गरेको छ। वडा नं. ७ को लामाटोलीमा अवस्थित गुम्बामा निःशुल्क योग शिविरको नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो । ‘योग गरौं, निरोगी बनौं’ भन्ने मूल नाराका साथ सुरु भएको शिविरमा वडा नं. ७ का वध्यक्ष उद्धवराज बस्नेत, व...

नगरमा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम 

पथरी । पथरी शनिश्चरे नगरपालिकामा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ । सबै वडाहरूमा क्याम्प सञ्चालन गरी बालबालिकालाई स्वयंसेविकाहरुले औषधि खुवाइएको छ । वैशाख ६ र ७ गते सञ्चालन हुने उक्त अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बाल...

सञ्चार क्लब उर्लाबारीको अध्यक्षमा पुनः घनश्याम

उर्लाबारी । सञ्चार क्लब उर्लाबारीको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। निर्वाचनमा घनश्याम भण्डारी अध्यक्ष र संगीता चाम्लिङ कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । भण्डारी क्लबका पूर्व अध्यक्ष समेत हुन् । निर्वाचनमा खसेको कुल ५० मतमध्ये अध्यक्ष पदका प्रत्यासी घनश्यामले ३२ मत प्राप्त गर...

पत्रकारद्वय केशव निरौला र सन्तोष राई सम्मानित

उर्लाबारी । सञ्चार क्लब नेपाल(उर्लाबारी, मोरङ) को २२ औं वार्षिक साधारणसभा तथा चुनावी सभाको अवसरमा पत्रकारद्वय केशव निरौला र सन्तोष राई पुरस्कृत भएका छन् । शनिबार भएको सभामा ‘दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार केशव निरौला सम्मानित भएका छन् भने ‘सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कार’ बाट प...

स्थानीय प्राइभेट पाराभेट प्राविधिकसँग अन्तरक्रिया

पथरी ।  पशुपंक्षी तथा मत्स्य विकास शाखा, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा स्थानीय प्राइभेट पाराभेट प्राविधिकसँग अन्तरक्रिया गोष्ठी तथा समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगर पशु अस्पताल(पथरी शनिश्चरे-३)मा भएको कार्यक्रममा स्थानीय प्राइभेट पारामेट प्राविधिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं. ...

खेलाडीहरुको दुर्घटना बीमा गर्ने तयारीमा नगरपालिका

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले नगरपालिकामा नै पहिलो पटक आफ्ना वडा भित्रका ३ बर्षदेखि १५ बर्षसम्मका सम्पूर्ण बालबालिका र १९ बर्षसम्मका खेलाडीहरुको दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । बालबालिका दुर्घटनापछि उपचारको अभाव हुने जोखिम कम गर्न र अभिभावकलाई आर्थिक भारबाट ...

साङधुङगे सेरेङ केदेम वंशावली पुस्तक विमोचन

धरान(सुनसरी) । साङधुङगे सेरेङ केदेम वंशावली पुस्तक विमोचन तथा केदेम समाजको साधारण सभा सम्पन्न भएको छ । गत शनिबार सुनसरीको धरान नगरपालिका वडा नं. ८ स्थित लाङघाली सामुदायिक भवनमा कार्यक्रम सम्पन्न गरिएको हो । साङधुङगे सेरेङ सङजुम्भोको अध्यक्ष तथा साहित्यकार सेसेमी से नाल्बोको प्रमुख आतिथ्यमा सम्पन्न पुस्तक विमोचन तथा ...

सहकारी पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया

पथरी । ‘उद्यमशिलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने मूल नाराका साथ नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको थियो । नगरको आर्थिक विकास सम...