कीर्तिपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम

कीर्तिपुर । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे वडा नं. ७ स्थित कीर्तिपुरमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरिएको थियो । कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशास...

पथरी शनिश्चरेमा नाट्य कार्यशाला

पथरी । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा बिहीवार नाट्य कार्यशालाको उद्घाटन गरिएको छ । कार्यशालामा नगरका २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । काठमाडौंस्थित शिल्पी थिएटरका घिमिरे युवराजले प्रमुख प्रशिक्षकको जिम्मेवारी लिएका छन् । कार्यक्रममा वडा नं. २ ...

लागुपदार्थ सेवन विरुद्ध सचेतनामूलक कार्यक्रम

पथरी । “लागुपदार्थ सेवन विरुद्ध सचेतनामूलक कार्यक्रम”  बिहीवार पथरी जेसीजले सम्पन्न गरेको छ । वडा नम्बर १ को  “लागुपदार्थ सेवन विरुद्ध सचेतनामूलक कार्यक्रम” शीर्षकमा विनियोजित बजेटबाट प्रभावकारी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडाभित्र रहेका २ वटा सामुदायिक विद्यालय तथा ४ वटा संस्थागत विद्यालयका...

पथरीमा सहकारी निर्वाचन कार्यक्रम सम्बन्धी अन्तरक्रिया

पथरी ।  सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूका लागि निर्वाचन कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको सहकारी शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षता रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख तुम्वापोले तालिमले सहकारीका निर...

ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे-४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरी चौकी मेचीपारी झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालि...

वडा नम्बर ७ को कार्यालयद्वारा स्टेसनरी सामाग्री वितरण

पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ७ ले गरिब जेहेन्दार विद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरेको छ । वडा नम्बर ७ मा अवस्थित तीन सामुदायिक बिद्यालयका विद्यार्थी वर्गलाई स्टेसनरी सामाग्री वितरण गरिएको वडा अध्यक्ष उदबराज बस्नेतले जानकारी दिए । चन्द्रकिरातेश्वर मावि, बालकल्याण माबि र दुर्गा माबिका सामाग्री वितरण गरिए...

स्वः मूल्यांकन समन्वय समितिको बैठक

पथरी ।  पथरी शनिश्चरे नगरपालिकाको कार्यालयमा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि बमोजिम गठित स्वः मूल्यांकन समन्वय समितिको बैठक सम्पन्न भएको छ । बुधबार समितिका अध्यक्ष तथा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णय ...

४ जीपीए ल्याउने छात्रा स्वीकृति सम्मानित

पथरी । पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरेले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने छात्रा स्वीकृति निरौलालाई नगद ५० हजार सहित सम्मान गरेको छ । मङ्गलबार छात्रा निरौलालाई नगद ५० हजार सहित कक्षा ११ र १२ अध्ययनका लागि ७५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जानका...

नगरपालिकाद्वारा बजार अनुगमन

पथरी । नेपाल सरकारको  सुशासनका लागि सञ्चालन गरिएको ‘मूल्य पारदर्शिता सप्ताह’ कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे नगरपालिकाद्वारा निरन्तर बजार अनुगमन भइरहेको छ । आज पथरी बजारका डेरी पार्लर, सब्जी मन्डी, भाडा पसल, किराना पसल, फ्रेस हाउस, आयुर्वेद मेडिकल हल तथा स्पा सेन्टर लगायतका व्यवसायहरूको अनुगमन गरिएको हो । अनुगमनपछि व...

नगरपालिकाद्वारा औसधि पसलको अनुगमन

पथरी शनिश्चरे नगरपालिकाका नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको संयोजकत्वमा विभिन्न पसल तथा औषधि पसलहरुको अनुगमन गरिएको छ । आज नगरपालिकाका विभिन्न वडामा रहेका औषधि पसल तथा अन्य व्यवसायहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा किराना पसलहरुको दर्ता, दर्ता नवीकरण लगायत म्याद गुज्रिएका (डेट एक्सपायर भए...