याक्खालेन माग्दै याक्खा छुम्माको प्रदेश १ सम्मेलन सकियो

धनकुटा। नेपालको पूर्वी पहाडका आदिवासी याक्खा समुदायले प्रदेश नम्बर १ मा संगठन विस्तार गरेका छन् । धनुकुटामा दुई दिनसम्म भेला भएर उनीहरुले याक्खालेन माग गर्दै साङ्राङ्दाङ्मा लाक् (डोकेनी नाच) नाचे । संखुवासभाको पूर्व दक्षिण भेग र धनकुटा जिल्लाको उत्तर पश्चिम भेगमा थातथलो रहेको याक्खा समुदाय संगठित भएका हुन् । उनीहरुल...

नगरले अनधिकृत संरचना हटायो

पथरी । सिरिजङ्गा धार्मिक वन पथरी शनिश्चरे १० को क्षेत्रभित्रमा बग्ने पथरी खोलाको किनारामा अनधिकृत तवरले बनाईएका बंगुरका खोरहरू हटाईएको छ । शनिबार बिहान वडा नम्बर -१ को पथरी कृषि बजार पश्चिम पथरी खोलाको किनाराका संरचनाहरू हटाईएका हुन्। पथरी खोलाको मुल बहावलाई नै असर गर्ने गरी बनाई बंगुर पालन गर्न बनाईएका संरचनाहरू प...

पथरीमा खुला कविता प्रतियोगिता हुने

पथरी । मोरङको पथरी शनिश्चरेमा नगरस्तरीय खुला कविता प्रतियोगिता -२०८१ हुने भएको छ। कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेद्वारा नगरस्तरीय खुला कविता प्रतियोगिताको आयोजना हुन लागेको हो। असार ८ गते शनिवार हुने प्रतियोगिताको पहिलो/प्रथम चरणका लागि छनौटमा परेका उत्कृष्ट २० कविहरूले आ आफ्ना कविताहरू वाचन गरी प्रतियोगित...

श्रुति सम भिन्नार्थक शब्द प्रतियोगिता हुने

पथरी । दुर्गा माध्यमिक बिद्यालय पथरी शनिश्चरे ७ ले श्रुति सम भिन्नार्थक शब्द प्रतियोगिता गर्ने भएको छ । असार ३ गते सोमबारको दिन दुर्गा माबिको प्राङगणमा ६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागितामा श्रुति सम भिन्नार्थक शब्द प्रतियोगिता हुने भएको हो । विद्यालयका प्रधानाध्यापक यादव घिमिरेका अनुसार स्पर्धामा पथर...

कीर्तिपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ कीर्तिपुर बजारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार नगरपालिकाले नगरपालिकाप्रति चासो, गुनासो, विभिन्न विषयमा प्रश्न र सुझाव लिने उद्देश्यले आयोजना गरेको सो सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण भुल्के मिडिया प्रा.लि.पथरीले गरेको हो । कार्यक्रमको सुरुवा...

आन्दोलनरत मुकुम्लुङ सड्घर्ष समिति २० हजार बिरुवा रोप्ने अभियानमा

ताप्लेजुङ । जिल्लाको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ । आन्दोलनरत मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा अभियानमा २० हजार बिरुवा रोप्ने अभियान बिहीबार देखि सुरु भएको हो । अभियानका क्रममा गुराँस, धूपी, चिमल, रौट सल्लाहा, चाप प्रजाति लगायतका बिरुवा रोपिने समितिले जनाएको छ । केबलकार निर्माणका लागि रुख...

अन्नपुर्णको ‘बुक फ्रि’ शिक्षासंग सीपमूलक कार्यक्रम

पथरी । अन्नपूर्ण माध्यमिक विद्यालय  पथरी शनिश्चरेले हरेक शुक्रबार 'बुक फ्रि डे' को रुपमा विभिन्न परम्परागत सीप सिकाउदै आएको छ। पछिल्लो समयमा यस विद्यालयले हरेक शुक्रबार 'बुक फ्रि 'शिक्षासंग सीपमूलक कार्यक्रम गर्दै आएको हो । विद्यालयमा हप्तैपिच्छे फरक नयाँ नयाँ सीपमूलक सिकाइ उपलब्ध गराई रहेको छ । बाँसको चोयाबाट बन्ने ड...

तीन छात्रालाई साइकल वितरण

पथरी । मोरङक पथरीशनिश्चरे १ नंं. वडा कार्यालयले तीन जना छात्रालाई साइकल वितरण गरेको छ । छोरीबुहारी शिक्षा कार्यक्रम अन्तरर्गत सुनाखरी मावि कक्षा १० मा अध्ययनरत सुमित्रा गुरुङ, ९ मा अध्ययनरत गंगा राई र ५ कक्षामा पढदै आएका झर्ना राईलाई साइकल वितरण गरिएको हो । सुनाखरी माविको सभाहलमा बुधबार साइकल वितरण कार्यक्रमको आयोजना ...

धिमाल युवा प्रतिभा पुरस्कार २०८१ बाट नृत्यङ्गना सरस्वतीलाई सम्मान गरिने

उर्लाबारी । धिमाल जातीय विकास केन्द्र, केन्द्रिय समितिले यस वर्ष “धिमाल युवा प्रतिभा पुरस्कार २०८१” बाट नृत्यङ्गना सरस्वती धिमाललाई सम्मान गर्ने भएको छ । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सचिवालय सदस्य माेहनकुमार धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको बैठकले बेलबारी-१०, माटिगाउँ, मोरङकी सरस्वती धिम...

माओवादी केन्द्र ढुलमुले र अवसरवादी : जसपा नेपाल

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेकपा माओवादी केन्द्रलाई कम्युनिष्ट–माओवादी नामको खोलभित्र रहेको विकृत निम्न पुँजीवादी चरित्रको पार्टी भएको आरोप लगाएको छ । नेकपा माओवादी केन्द्रको चिन्तन र व्यवहार माक्र्सवाद–लेलिनवाद र माओवाद नभई ढुलमुले, अवसरवादी चरित्रको रहेको भन्दै जसपा नेपालले आफ्नो राजनीतिक प्रतिव...