केन्द्रद्वारा आधुनिक तान वितरण

पथरी । धिमाल जातीय विकास केन्द्र पथरी शनिश्चरे नगर समितिले आधुनिक तान वितरण गरेको छ । बुधबार नेपाल आदिवासी जनजाति महासङ्घले विनियोजन गरेको ५० हजार रकमबाट तान वितरण गरेको हो ।  पथरी शनिश्चरे ९ को कुसेचौरी गाउँ टोल, वडा नम्बर ६ को भातेगौडा गाउँ टोल र वडा नम्बर १ को पथरी गाउँ टोल समितिलाई १/१ थान तान वितरण गरेको धिमाल ...

आन्दोलनरत पहिचान पक्षधर वार्तामा नबस्ने घोषणा

पथरी । कोशी प्रदेश नामाङ्कन विरुद्ध आन्दोलन गरिरहेको प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति वार्तामा नबस्ने भएको छ । मंगलबार उस्ले बिज्ञप्ति जारी गर्दै कोशी प्रदेश सरकार वार्ता समितिसङ्ग आज बुधबार बिराटनगरमा हुने भनिएको वार्तामा नबस्ने बताएको हो । उहीँ मिति, उहीँ स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि स...

पहिलो नागरिक लक्षित उद्घोषण तालिम सकियो 

पथरी ।  पथरी शनिश्चरे नगरपालिकाको सहयोग तथा पहिलो नागरिक धिमाल व्यवस्थापन समितिको आयोजनामा धिमाल समुदायका युवाहरूको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको समापन भएको छ । सोमबार भएको समापन कार्यक्रममा पथरीशनिश्चरे नगरकी उप–प्रमुख देबीमाय काफ्लेले नगरका सबै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्न र क्षमता वि...

आदिवासी जनजातिले सिके सिप

पथरी । नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा भएको ५ दिने सिप विकास तालिमको समापन भएको छ । शनिबार पथरी शनिश्चरे वडा नं. १ मा स्थापित श्रीजंघा वनको सभाहलमा भएको तालिममा आदिवासी जनजातिले नेतृत्व विकास, भाषण कला तथा माइन्युट लेखन सिप सिकेका हुन् । समापनमा नगरकी उपप्रमुख देबिमाया काफ्ले ता...

पहिलो नागरिक धिमाललाई उद्घोषण तालिम 

पथरी । पहिलो जाति धिमाल समुदायका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको उद्घाटन भएको छ । नगरपालिकाको सहयोगमा भएको तालिम पहिलो नागरिक धिमाल व्यवस्थापन समितिको आयोजनामा गरेको हो । तालिममा १० वटा धिमाल टोलका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा वडा नं. ८ का अध्यक्ष एवं नगरका प्रवक्ता नविन कार्क...

उपत्यकामा पनि पहिचानको लागि युवा दस्ता तयार

देबिबहादुर निङ्लेकु काठमाडौँ । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका शुक्रबार जहरमान थेवेको संयोजकत्वमा समिति घोषणा गरिएको छ । २०१ सदस्यीय पहिचानको लागि युवा काठमाडौँ उपत्यका समिति घोषणा गरिएको हो । समितिको सहसंयोजकहरुमा कुलदीप राई र तुलाराम मगर छन् । किरात राई यायोक्खाको ...

युमालाई धर्मको महलमा समेट्न माग

पथरी । धार्मिक सस्था युमा साम्यो महासभाले युमा धर्मलाई राष्ट्रिय तथ्यांकमा समेटन माग गरेको छ । आज साम्योले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउदै सो माग गरिएको हो । युमा धर्मलाई धर्मको महलमा र कोड सहित ल्याउनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको महासभाले जनाएको छ । युमा धर्मलाई राष्ट्रिय तथ्यांक क...

जनजातिलाई सीप विकास तालिम

पथरी ।नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा पाँच दिने सिप विकास तालिम सुरु भएको छ । आजबाट आदिवासी जनजातिहरुको लागि नेतृत्व विकास, भाषण कला तथा माइन्युट लेखन तालिम सुरु भएको हो । तालिम पथरी शनिश्चरे नगरपालिकाको सहयोग सम्पन्न भइरहेको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देबेन्द्र व...

वार्ता निष्कर्ष बिना नै सकियो

बिराटनगर ।  प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन गरेको साडे तीन महिनापछि भएको पहिलो वार्ता  सकिएको छ । वार्ता पाँच घण्टापछि कुनै निष्कर्ष बिना नै सकिएको छ।  सोमबार विराटनगरको विग होटलमा बसको वार्ता टोली निष्कर्षबिना नै उठेको हो। वार्ता सोहार्दपूर्ण रहेको सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार ...

प्रधानमन्त्रीद्वारा जनगणनाको त्रुटि सच्याउने सङ्केत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन् । भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले जनगणनामा भएको जातिहरु बारेका विषयमा स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिब...