पुर्व मन्त्री सीतदेबीलाई मातृशोक

पथरी । नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री सीतादेवी यादवकी ममतामयी माता ८७ वर्षीया शीलादेवी यादवको जेठ २२ गते निधन भएको छ । उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।...

समाजबादीका केन्द्रीय नेताहरुद्वारा सामुहिक राजीनामा

पथरी। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका  २३ जना नेता कार्यकर्ताहरुले सामुहिक राजीनामा दिएका छन् । ११ बुदामा असहमति जनाउदै बुधबार संयुक्त राजीनामा दिदै पार्टीबाट अलग भएको जनाएको हो। पहिचानको आन्दोलनमा पार्टीको झण्डा र प्रतिनिधित्व सहभागिता गर्न नसक्नु, प्रदेश र केन्द्र पार्टीले १ नम्बर प्रदेशका आन...

पहिचानबादीसंग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

विराटनगर । कोशी प्रदेश सरकारले तीन सदस्यीय वार्ता टोली गठन भएको छ । बुधबार प्रदेश सरकारले पहिचानवादी समूहसँग वार्ता गर्नका लागि खानेपानी, सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङ्वाेकाे नेतृत्वमा  तीन सदस्य वार्ता टाेली गठन गरेको हो । समितिको सदस्यमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत...

माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्‍यो

बिराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश सभा संसदीय दलको कार्यालय कोशी प्रदेश बिराटनगर बैठकले प्रदेश सरकारबाट बाहिरिने भएको छ। जेठ २३ गते बसेको बैठकले मुख्य मन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।यस अघि आजै बसेको केन्द्रको प्रदेश बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्...

५ दिने सहकारी लेखापालन 

पथरी । पथरी शनिश्चरे नगरपालिकामा नगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुका लागि ५ दिने सहकारी लेखापालन तालिम सञ्चालन भइरहेको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको  तालिम जेठ २६ गते समापन हुनेछ । ५ दिने तालिमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बेलबारीका सल्लाहकार हरिप्रसाद सुवेदीले गरिरहेका छन् ।...

भुल्केमा वृक्षारोपण

पथरी । विश्व वातावरण दिवसको अवसरमा पथरीशनिश्चरे १ भुल्के मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । सोमबार स्थानीय रेडस्टार माध्यमिक विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसले बृक्षारोपण गरेको हो । मन्दिर परिसरमा ५० बढी विभिन्न प्रजातिका विरुवाहरू विभिन्न प्रजातिका फलफूल तथा बिरुवाहरू रोपिएका हुन् ।...

तीन वटा डेन्टल क्लिनिकमा शिलबन्दी

पथरी । नगरपालिकाको कार्यालय पथरीशनिश्चरेले क्लिनिक तथा अस्पतालको अनुगमन गरिएको छ । सोमबार नगरका अनुगमन समितिका संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा चापागाई मेडिकल, ॐ जनसेवा डेण्टल क्लिनिक, मेची डेण्टल, कोशी डेण्टल, पथरी हस्पिटल, ॐ शान्ति डेण्टल हस्पिटल, सयपत्री डेण...

सर्वोच्च अदालतको आदेशविरुद्ध दुहबीमा प्रदर्शन

दुहबी(सुनसरी) । समाजवादी विद्यार्थी युनियन दुहबी नगर समितिले सर्वोच्चको आदेशको विरोधमा दुहबी सुनसरीमा प्रदर्शन गरेका छन् । सर्वोच्चको आदेशको विरोधमा युवाहरूले आइतबार साँझ  टायर बालेर, प्लेकार्ड, नाराबाजीसहित  प्रदर्शन गरिएको युनियनका प्रदेश सदस्य चन्दन बैठाले जनाए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण...

जेठ २४ गतेसम्म बिद्यालयमा बिदा

पथरी । केहि दिनदेखि अत्यधिक गर्मी बढेकाले पठनपाठनमा समस्या आएकाले गरिएको बिदा पथरी शनिश्चरे नगरपालिकाले पुनः थप गरेको छ । बर्खे बिदा कट्टा हुने गरी दोस्रोपटकमा ३ दिन बिदा थप गरेको हो । अब २४ गतेसम्म पालिकाका सस्थागत तथा सामुदायिक बिध्यालयहरुमा बिदा दिएको हो । नगरपालिकाले यस अघि जेठ १९ गतेदेखि २१ गतेसम्म बिदा दिइएको ...

सिलाई मेसिन मर्मत तालिम सुरु

पथरी । सिलाई कटाई र ब्यागका उद्यमीहरुका लागि सिलाई मेसिन मर्मत तालिमको सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजना गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो तालिम सुरुवात गरिएको हो ।  आजदेखि ७ दिनसम्म सञ्चालन हुने सो तालिममा वडा नं. ८, ९, ४...