जसपाको प्रदेश अध्यक्षमा याक्खा

इटहरी । जनता समाजवादी पार्टी नेपाल(जसपा)को प्रदेश-१ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् । प्रदेश कार्यालय इटहरीमा मंगलबार बसेको प्रदेश समितिको पूणर् बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो । उनले यस अघि समितिको उपाध्यक्ष रहेर कार्य गरेका थिए । प्रदेश अध्यक्ष प्रविन चाम्लिङले पार्टी परित्याग गरेपछि अध्यक्ष पद रित्त थियो...

खेलकुदका माध्यमबाट देशहरुमा राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रलाई सबल बनाउन सके समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित गर्न सकिने बताएका छन् । मंगलबार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा पनि गरे । प्र...

सरस्वती र बुढानिकण्ठ विजयी हुँदै सेमिफानलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगितामा सरस्वती स्कूल र बुढानिलकण्ठ स्कूल विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । बुढानिलकण्ठ स्कलले बाल्मिकी स्कूललाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बुढानिलकण्ठले ३ खेलमा २ ...

एभरेष्टको ३७ औं वार्षिकोत्सब

पथरी । एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुल पथरी शनिश्चरे मोरङले सोमबार ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ भव्य रुपमा मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एभरेष्ट स्कुलले नगरपालिकालाई चिनाउन मद्दत गर्दै आएको बताए । संस्थागत विद्यालयहरू मध्ये जेठो एभरेष्ट रहेको र यहाँ...

दुर्घटनामा मृत्यु भएका दुईजना पुरुषको पहिचान हुन सकेन

बुढीगंगा । मोटरसाईकल दुर्घटनामा मृत्यु भएको दुईजनाको शव पहिचान हुन नसकेपछि जिल्ला प्रहरीले कोशी अस्पतालको शव गृहमा राखेको छ । सोमबार विहान ९ बजे मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित दक्षिणबाट उत्तर जाने क्रममा बा ६३ प ४२७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठक्कर हुदा सक्त घाइते भएको थियो । मोटर साईकलमा सवार...

सत्यनारायण र पोखरियालाई सफलता

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कूल र पोखरिया स्कूल विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायण स्कूलले विनायक स्कूललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए ...

दुई विधेयक प्रदेश प्रमुखद्धारा प्रमाणीकरण

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा बैठकबाट पारित दुई बिधेयकलाई सोमबार प्रमाणीकरण गरेका छन् । ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ र ‘केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको अध्यादेशलाई प्...

थिन्दोलुङ खोयाहाङको दोस्रो साधारण सभा

दमक( झापा)। किरात लिम्बू थिन्दोलुङ खोयाहाङ उत्थान संघको दोस्रो साधारणसभा सम्पन्न गरेको छ । सभाले रविनकुमार खोयाहाङको अध्यक्षतामा २५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । शनिबार झापाको दूधेस्थित भूपू सैनिक संघको सभाहलमा आयोजित साधारण सभाको बन्दसत्रले पुनः रबिनकै अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समिति...

१८ विधामा अवार्ड प्रदान गर्दै सकियो उदयपुर म्युजिक अवार्ड २०७९

गाईघाटमा पहिलो पल्ट आयोजना गरिएको म्युजिक अवार्ड कार्यक्रममा उदयपुरका विभिन्न १८ विद्याका कलाकारहरुलाई उदयपुर म्युजिक अवार्ड प्रदान गरेको छ । शनिवार बोक्सेको सत्न होटल सिमल डाडामा आयोजित विशेष समारोहका बीच जिल्लाका १८विद्यामा उत्कृष्ट कलाकारहरुलाई अवार्ड प्रदान गरिएको हो । कला र संस्कृतिको पहिचान अग्रजलाई सम्मान नया...

मनकामना र वुढानिलकण्ठ स्कूल विजयी

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा आइतबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा मनकामना स्कूल र वुढानिलकण्ठ स्कूल विजयी भएका छन् । पहिलो खेलमा मनकामनाले पोखरीया स्कूललाई २५ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ । मनकामनाले २ खेलमा एक खेलमा जित र एक...