माङसेबुङ (इलाम) । दुधे यूथ क्लब, झापा इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलवार आत्मानन्द रंगशालामा सम्पन्न खेलमा चुलाचुली स्पोर्टिङ क्लब, झापालाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै दुधे झापा सेमिफाइनलम...






