तास खेल्दै गर्दा १२ जना पक्राउ

झापा । जिल्लाको शिवसताक्षी नगरपालिका-९ दुधेबाट जुवा तास खेल्दै गर्दा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २८ गते बेलुका शिवसताक्षी-९ सगरमाथा होटलमा जुवा जन्य तास खेल्ने क्रममा इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिहरु लाई पक्राउ परेका हुन् । होटल संचालक ३९ बर्ष...

निषेधित औषधिसहित पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुने स्थितबाट ठुलो परिमाणमा निषेधित औषधिसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट धरानतर्फ आउदै गरेको को १ ख ७४५१ नंम्बरको मोटरसाईकल सवार मोरङ बिराटनगर महानगरपालिका -१२...

विपन्न परिवारलाई खाद्यान्न सहयोग

पथरी । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले ५० अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। आज बिहिबार वडा कार्यालयको परिसरमा "विपन्नसँग वडाध्यक्ष कार्यक्रम" अन्तर्गत वडाभित्रका अति नै विपन्न परिवारलाई खाद्यान्नवापत २५ केजीको एक बोरा चामल र २ केजी तौलको सिंगो कुखुराको मासु वितरण गरेको हो । अरुको जस्तै यी विपन्नह...

पथरीमा नागरिक सुनुवाई कार्यक्रम

पथरी । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे वडा नं.१ मा पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीको सं...

हरियाली बनको आगामी आर्थिक वर्षमा ४० लाख नाफा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य

पथरी । हरियाली सामुदायिक वन लिमिटेड पथरी शनिश्चरे २ ले आर्थिक वर्ष २०८०/०८१ मा १३ लाख ३६ हजार ९ सय ८५ नोक्सान व्यहोरेको छ । आज सम्पन्न भएको वन लिमिटेडको तेस्रो साधारण सभामा सो रकम बरावरको नोक्सान भएको बताइएको हो। कुल ९ लाख ८ हजार ९ सय ९२ रुपैयाँ आम्दानी रहेको लिमिटेडको २२ लाख ४५ हजार ९ सय ७७  खर्च भएको प्रतिवेदन मा ...

विराट राजवंशी शिक्षक समितिले शुभकामना आदानप्रदान कार्यक्रम गऱ्यो

राजेश कुमार राजवंशी बिराटनगर । बिराट राजवंशी समाज उत्थान समिति र बिराट शिक्षक तथा कर्मचारी समिति बिराटनगर मोरङले वडा दशै शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा  शुभकामना आदानप्रदान गरेको छ। आज कटहरी वडा नम्बर १ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै  शुभकामना आदानप्रदान गरेको हो। कार्यक्रमको वक्ताहरुल...

हत्या संलग्न श्रीमान पक्राउ

उदयपुर । खुकरी प्रहार गरी हत्या गर्ने श्रीमान उदयपुरको ताप्ली गाउँपालिका-४ का ३५ बर्षीय जंग बहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ६ जलजलेमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका तामाङले असोज २२ गते बेलुका सामान्य घरायसी वाद बिवादको क्रममा आफ्नै श्रीमती २८ बर्षीया प्रमिला लामालाई खुकुरी...

नगरद्वारा म्याद गुज्रेका सामग्री नष्ट

पथरी । पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रभित्रका बजारहरूको अनुगमन तीव्र पारेको छ । आज पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा रहेको अनुगमन टोलीले वडा नं. १ को दामली स्टोर कोकाकोला डिलर, वडा नं. ७ को किर्तिपुर बजार, भातेगौडा, हसन्दह र शनिश्चरे बजारका किराना पसलहरूमा अनुगमन गरेको छ । अनुगमनक...

रेडस्टार माविद्वारा नयाँ आगन्तुक विद्यार्थीहरूलाई स्वागत 

पथरी । रेडस्टार माध्यमिक विद्यालय पथरी शनिश्चरेले मंगलवार नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ। कक्षा- १२ मा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र-२०८१ का लागि कक्षा ११ मा भर्ना हुने नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका छन् । कार्यक्रममा कमेडी च्याम्पियनका संस्थापक निर्णायक ( जज ) समेत रहेका नेपाली हाँस्य ...

किराना पसल तथा माछा पसलको अनुगमन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आज पसलहरु अनुगमन गरेको छ । पालिकाकी उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको हो । नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको छ। ३५ वटा किराना पसल तथा माछा...