काठमाडौ । याक्थुङ मुन्चइत् चोक सयङको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित् चुम्लुङहिममा असार ४ र ५ गते नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । जिल्ला र प्रदेशहरुद्वारा प्रस्तुत प्रतिवेदनहरु, महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रत...






