पृष्ठभूमी
नेपालका आदिवासीमध्ये याक्थुङ लिम्बू जातिहरु प्राचिन जाति हुन् । आजको लिम्बुवान भूमिमा सर्वप्रथम यो ठाउँको भूमिको जल, जमिन र जंगलको उपभोग गर्ने, यहाँका भूमि प्रयोग गर्ने जति पनि पूर्वी लिम्बुवान भूमिमा परम्परादेखि बसोबास गर्दै आएका याक्थुङ लिम्बू जातिहरु नै रैथाने जाति हुन् । जब, यो भूमिमा आवदी गर्दै बस्दै आए, तब यहाँका सारा खोलानाला, ताल, पोखरी, डाँडाकाँडा, पाखापखेरा, गाँउबस्ती र धार्मिक, सांस्कृतिक रुपमा रहेको शक्ति पिठहरु सबै लिम्बू भाषाबाट राख्न थाले । हाम्रो पुर्खाहरु धेरै विद्वान थिए भन्न सकिन्छ । जहाँ चेङ तुम्याहाङ प्रथा थियो । आजको न्याय सम्पादन गर्ने सर्वोच्च अदालत (न्यायालय) जस्तो थियो, न्यायालय मानिन्थ्यो । तुम्याहाङहरुले सबै कुराको निर्णय गर्थे, मुन्धुम हाबेक, खाजोङ खाबान, माङथिम, हाङथिमको विषयमाहरुमा चोङ तुम्याहाङहरुको उच्च भूमिका रहेको देखिन्छ ।
व्धििवत वैज्ञानिक दृष्टी विश्लेषणात्मक हिसाबमा नामहरु राखेको देखिन्छ । जसमा केही ठाउँमा धार्मिक सांस्कृतिक मुन्धुमी आधारबाट राखे, केही भौगोलिक बनवट आधारमा राखे, केही नाम वा थरको आधारमा राखेको प्रमाण भेटिन्छ । केही उदारण लागि प्राचिन नाम चेया हो । सो ठाउँ छड्के परेको छ वा चेया भन्थे तर अहिले चाँगे भनिन्छ । त्यसरी नै माङयुङलाई मयाम त्यसरी नै जहाँ हाम्रो शक्ति नारी युमामाङको रुप प्रकट भयो पात्र स्वरुप दर्शन प्रकट भयो त्यस्ता स्थललाई धार्मिक मुन्धुमी पनामा रोखियो जस्तैः मुक्कुमलुङमा, फक्ताङलुङमा जहाँ युमा माङको रुप दर्शन प्रकट भयो युमा माङ माङ थान्छिङ गरेको कारणले मुक्कुमलुङमा राखियो । नाम वा थरगत फुरुम्बो, नाल्वो, लिमखिम, सावा, लिङतेप, जस्ता पाङभेहरु छन् । यस्ता उदाहरणहरु धेरै छन् ।
याक्थुङ (लिम्बू) भाषाबाट राखिएका मुख्य भूगोलहरुको नाम
याक्थुङ (लिम्बू) भाषाबाट राखिएका विभिन्न थाकथलोहरु कावामा , थाङवामा, सवुवा, हाङबाङ, फुङलेङ, तखु, निगीचेङ, थुवाचेङ, सेम्वु फावामा, खेजेक्नाम, सेरापमा, पाङभे, सावादेन युखावो, संङ्सङ्वो, पिपूथाप, ताप्मावा, तापेथक, सागु, लेलेप, लेप्चुङ, हिरुवादेन, हिरुवा यङघङ, थेचम्बो तुम्वुङवरक, माःवरक पाःवरक, सोधुङ वरक, मिक्वा वरक, पित्नु वरक सेवालुङ, फक्ताङ्लुङ, नाम्जङलुङ, सेसेलुङ, पेम्वेमलुङ काईलुङ, कोपीयक, पासाङगा, नेन्दुरी, लुङतरङ, हाङतरङ, मेरिङ्देन थिङलावु, तेल्लावुङ, फाक्कुम्बा जस्ता धेरै भूगोल, डाँडा, पर्वत र स्थलहरुको नाम याक्थुङ लिम्बू भाषाबाट राखिएको पाइन्छ ।
केही प्राचिन मौलिकताको आधारमै रहेको छन् । धेरै भन्दा स्थानहरुको नाम अपभ्रंश भएका छन् । यो कुराहरुलाई नियाल्दा यो भूमिमा आवादी गर्ने भोगचलन गर्ने बस्ती बसाउने राज्य संचालन गर्दै, हजारौँ वर्ष अगाडिबाट बस्दै आएका प्राचिन जाति लिम्बू याक्थुङहरु हुन् भन्ने कुरामा कुनै दुइ मत छैन । अस्वीकार गर्ने आधार पनि छैन । प्राचिन समयदेखि नै यहाँका तुम्याहाङ, येवा साम्बा, फेदाङमा, माङदेम्बा सेवासाबा, पाङभेसाबा, साप्चाबा साप्सकदाङ सबैले आफ्नो मुन्धुमी पानसँग जोडेर यहाँका सम्पूर्ण मुन्धुमी स्थलहरु बाचन गर्दै आएका छन् । जसमा मुक्कुमलुङ (मुक्कुमलुङमा) याक्थुङ लिम्बूरुको एक प्रमुख उच्चो शिर मुन्धुमसँग जोडिएको पबित्र धार्मिक पावन भूमि हो ।
यो पबित्र स्थलमा प्राचिन युगमा याक्थुङ लिम्बूहरुको मुन्धुमसँग जोडिएको सावायुक्फुङकेम्बाको पालामा उहीँ मेन्नीमाङ मेन्नधामाङ तागेरा निङवाभु युमा माङको एक रुप, एक पात्र थान्छीङमा (प्रकट) भएको र सो स्थलमा याक्थुङ लिम्बू जातिको सर्बशक्तिमान युमा माङ (नारी) प्रत्यक्ष प्रकट भई दर्शन दिएको र केही समयपछि युमा माङ त्यही अल्पीएको हुदाँ त्यही समयदेखि नै मुक्कुमलुङमा युमा माङयुक्नादेन भन्दै आएको पाइन्छ । भेटीन्छ मुक्कुमलुङको अर्थ मुक भन्नेको शक्तिमानलुङ भन्नाले बिशाल पहाड वा चट्टान भन्ने बुझिन्छ । समग्रमा मुक्कुमलुङ भनिएको हो । याक्थुङ लिम्बूहरुको शक्तिमानका नारी युमामाङको स्वरुप प्रकट भएको कारणले मुक्कुमलुङमा भनिएको हो । मूक शक्तिमानलुङ बिशाल पहाड वा चट्टानमा नारी आमा यो तीन ओटा शब्द जोडेर मुक्कुमलुङमा भएको हो । अर्थ त्यो विशाल पहाड वा चटानमा उहीँ तागेरा निङवाभुमाङ युमाको शक्ति सञ्चय भएको साथै युमा माङको दर्शन प्रकट भएको कारण सत्य मुन्धमी आधार भएकोले मुक्कुमलुङमा नाम भएको हो । प्राचिन नाम मुक्कुमलुङ हो, पाथीभरा होइन ।
यस मुक्कुमलुङ वरिपरी बस्ने प्राचिन रैथाने याक्थुङ तुम्याहाङ साम्बा, फेदाङमा येवा माङदेम्बा, सेवासावाहरुले पाँच ओटा नामले पुकार्ने गर्छन् जस्तैस् मुक्कुमलुङ, मुक्कुमलुङमा, मुक्तिबुङ, सेमुक्तिवुङलुङ, मुक्तुकोक्मा भनेर पुकार्ने गर्छन् । आफ्ना गुरु उठाउँदा मुक्कुमलुङमा फर्केर सेवा गरेर चिन्ता बस्ने गरेको पाईन्छ । यी सबै मन्धुमी पानसँग जोडिएको छ । तर ती मुन्धुमी शब्दमध्ये सबैको जनजीब्रोमा प्रचारप्रसारमा आएको लिम्बू र गैरलिम्बू साथै स्वदेश बिदेशसम्म सम्पूर्णलाई थाहा भएको शब्द वा नाम मुक्कुमलुङ नै हो । त्यसकारण अहिले मुक्कुमलुङ नाम पुर्नस्थापना हुनुपर्छ भनि आवाज उठिरहेको अबस्था छ । ताप्लेजुङमा रहेका सम्पूर्ण थरगत याक्थुङ लिम्बूहरुको माग हो । मुक्कुमलुङ वा मुक्कुमलुङमा स्थापित गर्दै अन्य बाँकी रहेको नामलाई दस्ताबेजीकरण गर्दै लानुपर्ने आवश्यकता छ । रैथाने याक्थुङहरुले मुक्कुमलुङ हुनुपर्छ भनि सङ्घर्ष र आन्दोलन मार्फत आवाज उठाई रहँदा अत्तालिनुपर्ने आबश्यक्ता छैन । अच्चम र उदेक लाग्नु पर्दैन, किनकी सत्य कुरा जति ढाकछोप गरे पनि छोपीन्न यहाँ प्राचिन याक्थुङहरुले हजारौँ वर्षदेखि मुक्कुमलुङ भन्दै आउँदाआउँदै भाषिक अतिक्रम गरि मुक्कुमलुङ हटाएर पाथीभरा राखियो, यहाँको स्थानीय भाषालाई नामेट गरियो भन्दा अन्याय हुन्छ ?
रैथाने याक्थुङहरुको सिंगो भाषा, संस्कृतिमाथि अतिक्रमण गरिएको छ, अन्यायमा परिएको छ । जिउँदो लास बनाएर जिउन बाध्य बनाइएको छ । याक्थुङको इतिहास सभ्यता र थाकथलो अस्तित्वहरुमा अप्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अतिक्रमण गर्नु हो । जानीजानी रैथाने आदिवासीको शिरमा कुल्चीनु हो । मुक्कुमलुङको विषयमा धेरै मिथक किंबदन्ति आएका छन् । कुन सत्य हो, साचो हो, भन्ने कुरा हामीले मध्यनजर गर्न जरुरी छ ।
गुरुङ भेडि गोठालोले पाथिभरा पत्ता लगाएको भन्ने भ्रम र वास्तविकता
गुरुङ भेडी गोठालोको मिथक आउनुभन्दा धेरै अगाडि त्यहाँ स्थानीय लिम्बूहरु भूमिवाला, किपटवाला सुब्बा, सुभाङगी लिम्बूहरु मध्ये तबेबुङको पनि गाई गोठसँग त्यसै घटना जोडिन्छ । तर जब, झाँक्री, बैद्य, जलपा चम्पाले देवीको पतालगाउनुभन्दा सयौँ वर्षअघिदेखि नै मुक्कुमलुङ भनिन्थ्यो । किनकी यो लिम्बुवान भूमिमा गुरुङ प्रवेश वि.सं.१८३१ पछि मात्र भएको देखिन्छ । त्यसअघि गुरुङहरुको इतिहास भेटिदैन । २८० वर्ष भएको इतिहास पाइन्छ ।
तर यहाँ लिम्बूहरु बस्न थालेको हजारौँ वर्षअघिदेखि खोरिया फडानी गरि बस्दै आएको प्रमाण र इतिहास पाइन्छ । बिभिन्न ऐतिहासिक मुन्धुमी आधारहरु छन् । त्यहीँ समयमै लिम्बूहरुले आफनो भाषबाट सबै स्थानहरुको नाम राखेका थिए । मुक्कुमलुङ त्यहि समयदेखि नै रहँदै आएको हो । अन्न भरेको पाथी जस्तो डाँडा देखेपछि पाथीभरा भनियो । तर प्राचिन नाम मुक्कुमलुङ हो । पाथीभरा पछिल्लो समयमा राखिएको नाम हो । मुक्कुमलुङ नाम प्राचिन हो ।
विभिन्न खोज, अनुसन्धानदाता र विद्वान लेखकहरु पनि मुक्कुमलुङ नाम स्वीकार्छन्
मुक्कुमलुङ, भन्ने सवालमा यहाँ धेरै विद्धवान खोजकर्ताहरुले पनि आफना अनुसन्धान खोज प्रस्तुत गरेको छन् । गोपीकृष्ण अधिकारीले २०६० सालको ‘रुपरेखा’ पत्रिकामा लेख्नु भएको छ, ‘किरात याक्थुङ लिम्बू जातिहरुले अगाडिदेखि मुक्कुमलुङ भन्थे तर पछिल्लो समयमा पाथीभरा भनियो र प्रचार प्रसार गरियो ।’ राजेश्वर थापाले लेख्नु भएको ‘पावन पबित्र मुक्कुमलुङमा’ भन्ने खोज पुस्तकमा ‘महाभारतको यद्ध ५११० मै युमा माङ मुक्कुमलुङमा अस्तित्वमा थियो ।’ भनि उल्लेख गर्नु भएको छ । उहाँको २ ओटा पुस्तकमा मुक्कुमलुङको विषयमा लेख्नु भएको छ, ‘यहाका आदिम रैथाने याक्थुङ लिम्बूहरुले मुक्कुमलुङमालाई आफ्नो युमा माङ नारीको रुपमा मान्छन् मुक्कुमलुङ भन्छन् । तर पछिल्लो समयमा पर्वते नेपाली भाषीहरुले पाथीभरा भनेर विश्वमा प्रचारप्रसार गर्दै आएका छन् ।’
प्रा. पुर्वकुलपति बैराँगी काइँला तिलबित्रम नेम्बाङले पनि नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको ‘नेपाली–लिम्बू–अंग्रेजी शब्दकोष’मा पनि मुक्कुमलुङमा लेखिएको छ । प्राज्ञ अमर तुम्याहाङको ‘आनि पान’मा मुक्कुमलुङमारे खेदा मुक्कुमलुङमाको कथा भनेर लेख्नु भएको छ । डा. कमल तिगेला, गोविन्द आङबुङ, गोविन्द तुम्बाहाङ र येहाङ लावती जस्ता बिद्वानहरुले पनि मुक्कुम्लुङमा बारे स्पष्ट लेखेका छन् । धेरै आधारहरु छन् । स्थानीय बृद् तुतुतुम्याहाङहरुले आज पनि मुक्कुमलुङ भन्थ्यौं, भन्थे भनेर भन्नुहुन्छ । फुङलेङ नगरपालिका वडा नं.८ निवासी ९० वर्ष पार गरिरहेका लाल बहादुर पालुङवाबाट पनि लिन सकिन्छ । मुक्कुम्लुङ नामको प्रमाणहरु प्रस्ततै भेटिन्छन् । स्थानीय स्रोत आधारहरु लुकेका र लुकाइएका छन् । त्यसैले सम्पर्ण याक्थुङ आदाङवा हो, सत्य कुरालाई बुलन्द गर्न अब एक मार्ग एकताको विचार आजको दिनमा अति आवश्यक छ ।
अन्तिममा,
हामी इतिहासमा पटपट मरिसकेका छौँ हरेक पल लोभलालचामा फसी सकेका छौँ । विष दिए पनि पिएर हाँसीहाँसी मरिरहेका छौँ । आफ्नो लागि आफूले पकाएको भाँडाको भात अरुले खाई दिँदा पनि सहेका छौँ । गोरु झैँ घाँटीमा डोरीले बाँधेर डढालोमा कोर्रा हान्दा पनि हामी हाँसेर हलो तानिरहेका छौँ हाम्रो भाषा, लिपी, संस्कार सस्कृति, थाकथलो इतिहास सभ्यता, नामथर सबै कुराहरु नामेट हुँदा खेसिमासि दिँदा पनि हामी घाम तापेर बसिरहेका छौँ । रमिता हेरीरहेका छौँ । सबै किसिमबो दमन सहेर कति दिन बस्ने ? हजारौँ, लाखौँ डलर कमाएर के गर्नु ? जब तिमी जन्मिने माटो, जन्म दिने आमाको अस्तित्व नै रहेन भने त्यसको औचित्य हुँदैन । अब एकपटक सोँच्ने दिन आएको छ । हामी कति जिउँदो साल भएर जिउने ? आखिर तपाइँ संसारको जुनसुकै सानदार कम्पनी वा कार्यायलमा जागिर खानुहोस् या राज्यको उच्च ओहदामा बस्नुहोस तर, जब तपाइँलाई जन्म दिने आमा, भाषा, लिपी, तपाइएँ बस्ने घर टेक्ने ठाउँ, माटो समाउने सिँढि, अक्सिजन दिने विरुवा नै रहेन भने, कुनै अर्थ रहँदैन । त्यसैले हामी जुनसुकै क्षेत्र, आस्थामा रहे पनि आफनो षष, थाककथलो अस्तित्वलाई माया गरौँ । संरक्षण गरौँ । अब, सम्पूर्ण याक्थुङहरु मुक्कुमलुङ नाम पुर्नस्थापना र पुर्नप्रप्तिको लागि एक होऔं । जय मुक्कुमलुङ ।००