कक्षा १२ मा अध्ययनरत बिद्यार्थीलाई बारिस्टा तालिम

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का कार्यालयले १२ कक्षामा अध्ययनरत जेन–जी उमेर समूहका विद्यार्थीलाई बारिस्टा तालिम सम्पन्न भएको छ । सिप विकास कार्यक्रम अन्तर्गत वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने जम्मा ३६ जना सहभागीहरूले उक्त तालिममा सहभागिता जनाएका थिए । एक महिने तालिम वडा कार्यालयको आर...

आज पथरी शनिश्चरे नगरपालिकाको १९ औँ नगरसभा

पथरी । पथरी शनिश्चरे नगरपालिकाको १९ औं नगरसभा सम्पन्न भएको छ । बुधबार  नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न नगरसभामा विभिन्न समितिका प्रतिवेदन तथा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । नगरसभामा नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष नविन कार्कीले आर्थिक वर्ष २०८३/०८४ का...

पथरी नगर अस्पतालको विशेषज्ञ सेवा पुनः सञ्चालन

पथरी । पथरी नगर अस्पताल (पथरी शनिश्चरे २)मा केही समयदेखि रोकिएको विशेषज्ञ सेवा आजदेखि पुनः सञ्चालन हुने भएको छ । मङ्गलबार नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको समितिको बैठकपछि उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका चिकित्सकहरूसँग भएको छलफलबाट विशेषज्ञ सेवा पु...

मोरङ मेरिगोल्डद्वारा कक्षा १२ मा सतप्रतिशत नतिजा

शनिश्चरे । मोरङ मेरिगोल्ड बोर्डिङ स्कुल पथरी शनिश्चरे ९ ले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको छ । विद्यालयका अनुसार यस वर्ष कक्षा १२ मा सहभागी ३६ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् । प्रकाशित नतिजाअनुसार विद्यार्थीहरूले उत्कृष्ट जीपीए ल्याउदै विद्यालयको शैक्षिक...

स्वास्थ्यकर्मीलाई प्रमाण–पत्र 

पथरी । प्रजनन स्वास्थ्यसम्बन्धी आङ खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसव फिस्टुला तथा निःसन्तान समस्याको एकीकृत व्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिएको तालिमको समापनसँगै प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिक...

चन्द्र किरातेश्वरले स्काउट दिवस मनायो

किराँती चोक । मोरङको पथरी शनिश्चरे ७ मा अवस्थित चन्द्र किरातेश्वर माध्यमिक बिद्यालयले शुक्रबार स्काउट दिवस मनाएको छ । र्‍यालीबाट सुरु भएको कार्यक्रम हाजिरी जवाफ प्रतियोगिता र चित्रकला प्रतियोगितासमेत गरिएको थियो ।...

धार्मिक संस्थाहरुलाई साउण्ड सेट वितरण

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ कार्यालयले धार्मिक संघ संस्थाहरुलाई साउण्ड सेट वितरण गरेको छ । शुक्रबार  वडा कार्यालयमा आर्थिक वर्ष २०८२/०८३ को ‘वडाध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट वडामा अवस्थित तमु बौद्ध गुम्बा र  रामजानकी भजन किर्तन मण्डली र  शालिग्राम भजन किर्तन मण्डलीलाई १/१ थान सा...

आर्थिक वर्षको नीति तथा कार्यक्रम संशोधन सहित पारि

पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ । बुधबार सम्पन्न बैठकले आगामी असार १० गते नगरसभा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरी आवश्यक संशोधन सहित पारित, बुद्ध माबिको भव...

मेडिक मोबाइल कार्यक्रमको वार्षिक समीक्षा

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित मेडिक मोबाइल कार्यक्रमको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको समीक्षा कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा लेखा अधिकृत विकास पोख्रेल, जनस्वास्थ्य अधिकृत...