याक्थुङ मुन्चइत् चोक सयङको महाधिवेसन सकियो 

काठमाडौ । याक्थुङ मुन्चइत् चोक सयङको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित् चुम्लुङहिममा असार ४ र ५ गते नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । जिल्ला र प्रदेशहरुद्वारा प्रस्तुत प्रतिवेदनहरु, महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रत...

मिलनलाई शैक्षिक सामाग्री वितरण

सखुवारा । पथरी शनिश्चरे वडा नं. ८ ले मिलन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक स्वरुप १/ १ थान ट्रयाकसुट निःशुल्क वितरण गरेको छ । नयाँ डेक्सबेन्च, बाल उधान (पिङ, चिप्लेटी, चाकलचुकुल लगायत) तथा खेलौनाका सामाग्रीहरु, मादल, गितार, पिटी ड्रमलगायत संगीत कक्षाका सामाग्रीहरु, डसना, सिरानी, कापी कलम, डस...

चट्याङ लागेर बालिकाको मृत्यु

रतुवामाई । मोरङको रतुवामाइ नगरपालिका-४ का झरीलाल महतोको १६ बर्षीया छोरी बिपना महतोलाई चट्याङले लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा पानी संगै परेको चट्याङले लागि विपना घाईते भएकी थिइन् । उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।...

श्रुतिसमभिन्नार्थक शब्द प्रतियोगितामा दुर्गा प्रथम

पथरी । दुर्गा माध्यमिक बिद्यालय पथरी शनिश्चरे -७ मोरङ ले मंगलबार श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको छ । ५ वटा सामुदायिक विद्यालयका १५ जना विद्यार्थीहरुको सहभागितामा श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा दुर्गा मावि प्रथम, जनता मावि द्धतिय, नमुना पञ्चायत माबि तृतिय भएको दुर...

जसपा बेलबारीको अध्यक्षमा मगर

बेलबारी । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)  बेलबारी नगर कमिटी पुनर्गठन गरिएको छ। शनिबार रुपान्तरण तथा पुनर्गठन कार्यक्रम मार्फत् मगरको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन भएको जसपा मोरङ जिल्ला सदस्य कमल गुरुङले जानकारी दिए । समितिको उपाध्यक्षमा लिला राई र सन्तोष तामाङ चयन भएका छ्न् भने सचिवमा शिवकुमार ...

जिल्लास्तरीय चित्रकला प्रतियोगितामा पथरीकी तामाङ र विराटनगरकी यादव प्रथम

पथरी । मोरङको पथरी शनिश्चरेमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता-२०८१ सम्पन्न भयो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङ जिल्ला कार्य समितिले सो प्रतियोगिता आयोजना गरेको हो। प्याब्सन पथरी शनिश्चरेकले आतिथ्यता गरेकाे साे प्रतियोगितामा कूल ४९ वटा विद्यालयका ८४ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए।...

याक्खालेन माग्दै याक्खा छुम्माको प्रदेश १ सम्मेलन सकियो

धनकुटा। नेपालको पूर्वी पहाडका आदिवासी याक्खा समुदायले प्रदेश नम्बर १ मा संगठन विस्तार गरेका छन् । धनुकुटामा दुई दिनसम्म भेला भएर उनीहरुले याक्खालेन माग गर्दै साङ्राङ्दाङ्मा लाक् (डोकेनी नाच) नाचे । संखुवासभाको पूर्व दक्षिण भेग र धनकुटा जिल्लाको उत्तर पश्चिम भेगमा थातथलो रहेको याक्खा समुदाय संगठित भएका हुन् । उनीहरुल...

नगरले अनधिकृत संरचना हटायो

पथरी । सिरिजङ्गा धार्मिक वन पथरी शनिश्चरे १० को क्षेत्रभित्रमा बग्ने पथरी खोलाको किनारामा अनधिकृत तवरले बनाईएका बंगुरका खोरहरू हटाईएको छ । शनिबार बिहान वडा नम्बर -१ को पथरी कृषि बजार पश्चिम पथरी खोलाको किनाराका संरचनाहरू हटाईएका हुन्। पथरी खोलाको मुल बहावलाई नै असर गर्ने गरी बनाई बंगुर पालन गर्न बनाईएका संरचनाहरू प...

पथरीमा खुला कविता प्रतियोगिता हुने

पथरी । मोरङको पथरी शनिश्चरेमा नगरस्तरीय खुला कविता प्रतियोगिता -२०८१ हुने भएको छ। कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेद्वारा नगरस्तरीय खुला कविता प्रतियोगिताको आयोजना हुन लागेको हो। असार ८ गते शनिवार हुने प्रतियोगिताको पहिलो/प्रथम चरणका लागि छनौटमा परेका उत्कृष्ट २० कविहरूले आ आफ्ना कविताहरू वाचन गरी प्रतियोगित...

श्रुति सम भिन्नार्थक शब्द प्रतियोगिता हुने

पथरी । दुर्गा माध्यमिक बिद्यालय पथरी शनिश्चरे ७ ले श्रुति सम भिन्नार्थक शब्द प्रतियोगिता गर्ने भएको छ । असार ३ गते सोमबारको दिन दुर्गा माबिको प्राङगणमा ६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागितामा श्रुति सम भिन्नार्थक शब्द प्रतियोगिता हुने भएको हो । विद्यालयका प्रधानाध्यापक यादव घिमिरेका अनुसार स्पर्धामा पथर...