दुषित पानी विक्री वितरण गरेको सूचना पाएपछि भुल्के जल उद्योगको अनुगमन

पथरी । भुल्के जल उद्योग पथरी शनिश्चरेले उत्पादन गरेको पानी दुषित भएको जानकारी प्राप्त गरेपछि पथरी शनिश्चरे नगरपालिकाले अनुगमन गरेको छ । आज उपप्रमुख एवं नगरस्तरीय अनुगमन समितिकी संयोजक देवीमाया काफ्लेको अगुवाईमा बजार अनुगमन समितिले श्री भुल्के जल उद्योगको अनुगमन गरेको हो । वडा नं. २ का एक उपभोक्ताले उद्योगले उत्पादन ...

नगरको शान्ति सुरक्षा विषयमा छलफल

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा शान्ति सुरक्षा विषयमा बुधबार छलफल गरिएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको कार्यकक्षमा भएको छलफलमा चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने विषयमा छलफल गरिएको थियो । छलफलमा उप–प्रमुख देविमाया काफ्ले, इलाका प्रहरी पथरीका प्रमुख डीएसपी मोहन विक्रम दाहाल, वड...

मुन्धुमी चुम्लुङले ३ सय ५० विरुवा रोप्यो

सिरिजंगा चोक । स्वास्थ्य र वातावरणीय सुन्दरताको लागि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ । मुन्धुमी चुम्लुङ पथरी शनिश्चरे ३ को आयोजनामा येले मेला परिसर बक्राह खोलाको डिलमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो। सब डिभिजन कार्यालय पथरी र सब डिभिजन कार्यालय मंगलवारे बाट प्राप्त बिरुवा रोप्न करिव दुई सय भेला भएका थिए।...

बाटोमा राखिएको सामाग्री बरामत

पथरी । पालिकाको मुख्य बजार पथरीमा अटेर गरी बाटो ओगटेर राखिएका सामग्रीहरु बरामद गरिएको छ । नगर प्रहरी र ई रिक्सा व्यवस्थापन समितिको संयुक्त टोलीले सो सामानहरु बरामद गरेको हो । बजारमा बारम्बार सूचना गरेपनि, पार्किङ एरिया र बजार लाग्ने मार्किङ गरिएपनि अटेर गरी केही व्यापारीहरुले सामान जथाभावी राखेपछि बरामद गरिएको ई रिक...

अमेरिकाले पथरी नगर अस्पताललाई नयाँ एम्बुलेन्स प्रदान

पथरी । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अमेरिकाले पथरी नगर अस्पताललाई प्रदान गरेको एम्बुलेन्स आजबाट विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । पथरी शनिश्चरे नगगरपालिका परिसरमा आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोले रिवन काटेर चाबी चालकलाई प्रदान गरी सो एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । कार्यक्रममा नगरका ...

वडा नं. ३ मा पनि ‘खोज र नष्ट पार’ कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ३ ले डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट पार’ कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडाको मुख्य चौक चौकमा डेंगु रोकथाम लागि खोज र नष्ट पार कार्यक्रम सम्पन्न भएको हो । अभियानमा वडाका जनप्रतिनिधि, नगर प्रहरी, स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि, ...

विराटनगरमा ३० औँ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउदै

विराटनगर । प्रदेश राजधानी विराटनगरमा १८ वटा जातीय सस्थाहरुले ३० औं विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् मा आबद्ध संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको बैठकले झाँकी, बृहत र्याली सहित सास्कृतिक कार्यक्रम गर्ने निर्णय भएको हो। नेपाल आदिवासी जनजाति ...

पालिकाद्वारा सामुदायिक विद्यालयहरुको अनुगमन

पथरी । आफ्नो क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूको निरीक्षण पथरी शनिश्चरे नगरपालिकाले गरेको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नविन खुलाल, इन्जिनियर सन्तोष केसी र प्राविधिकको उपस्थितिमा विद्यालयहरूको अनुगमन/निरीक्षण गरिएको हो । एउटा धार्मिकसहि...

स्कुल बसको ठक्करबाट एकको मृत्यु

रंगेली (मोरङ) । जिल्लाको रंगेली नगरपालिका-२ मा स्कुल बसको ठक्करबाट आइतबार विहान पौने १० बजे साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका-३ का ६० बर्षीय जगरनाथ ठाकुर रहेका छन् । घटनामा संलग्न बस र चालक कन्काई नगरपालिका-१ झापाका ५७ बर्षीय ईन्द्र प्रसाद मिश्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ...

आफ्नै घरमा बोलाएर हत्या गर्ने व्यक्ती पक्राउ 

उर्लावारी । आफ्नै घरकोठामा बोलाई लगी लाठी, धारिलो हतियार खुकुरी, चुप्पी लगायतले शरिरको विभिन्न भागहरूमा प्रहार गरी हत्या गरेको आरोपमा एक त्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउन १६ गते जिल्ला मोरङ उर्लाबारी न.पा. वडा नं.-५ व्यापार संघ लाईनका सुभास तामाङ पक्राउ परेका हुन् । उर्लाबारी न.पा. वडा नं.-४ आईतबारे बस्...