पथरी । एक हप्ते बौद्ध धर्म परम्परा अनुसार विभिन्न धार्मिक अनुष्ठानको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका छन् । आइतबर पथरी शनिश्चरे वडा नं. १० को ओम सियार जम्बुलिङ बज्र गुम्बामा नगर प्रमुख तुम्वापोले अनुष्ठानको उद्घाटन गरेका हुन्। नेपाल तामाङ लामा गेदुनको आयोजनामा मंसिर ८ गतेसम्म सो कार्यक्रम सञ्चालन हुनेछ ...






