पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य पूरा हुने

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्माणाधिन प्रमुख प्रशासनिक भवन निर्माण कार्य अब पूरा हुने भएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान नरोकिने भएपछि निर्माण सम्पन्न हुने भएको हो । नगर प्रवक्ता नविन कार्कीका अनुसार नगरपालिकाको आन्तरिक बजेटबाट नै भवन निर्माण सुरु भइसकेको र अनुदान प्राप्तिका लागि आवश्यक कागजातहरू...

तमु बौद्ध गुम्बामा नयाँ नेतृत्व

पथरी । तमु बौद्ध गुम्बा पथरी शनिश्चरे मोरङको ११ औं वार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ। सोमबार भएको सभाले नयाँ कार्य  निर्वाचित गरेको छ । समितिको अध्यक्षमा कुल बहादुर गुरुङ (केबी), वरिष्ठ उपाध्यक्षमा गिरिराज गुरुङ, उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ(प्रेम),. महासचिवमा हेमभक्त गुरुङ, सचिवमा पर्शु गुरुङ र कोषाध्यक्षम...

सिरिजङ्गा बनको नवौं साधारणसभा

पथरी । सिरिजङ्गा स्मृति धार्मिक बन समूह पथरी शनिश्चरे १० मोरङको साधारणसभा सम्पन्न भएको छ। कार्तिक २९ गते शनिबार सस्थाको नवौं सभा सम्पन्न भएको हो । सभामा समूहका सचिब मानप्रसाद लिम्बुले वार्षिक प्रगति प्रतिवेदन, अध्यक्ष डम्बर बहादुर चोङ्बाङ्ले भावी कार्ययोजना प्रतिवेदन, कोषाध्यक्ष इन्द्रकुमारी लिम्बुले आर्थिक प्रतिवेदन ...

निक धिमालद्वारा सहयोग

दमक(झापा )। विदेशमा रहेर पनि मातृभूमि र समुदायप्रति सामाजिक उत्तरदायित्व वहन गर्ने उदाहरणीय व्यक्तित्वका रूपमा दुवईमा बसोबास गर्दै आएका निक धिमाल चर्चामा छन् । बिर्तामोड निवासी हरि नुनिया धिमालका माहिलाे छोरा निक धिमाल हाल दुवईमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। आफ्नो व्यवसायबाट हुने कुल आम्दानीको १० प्रतिशत रकम दुवई...

‘ए मेरी माया…’ म्युजिक भिडियो सार्वजनिक

पथरी । नेपाल पत्रकार महासङघ मोरङका जिल्ला सदस्यसमेत रहेका ईश्वर दुलालले तयार पारेको ‘ए मेरी माया...’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकोहो प्रेममा परेको युवकले मनमा दबिएका भावनाहरू आफ्नो प्रिय व्यक्तिसमक्ष पोख्ने कथालाई मार्मिक ढङ्गमा गीतले प्रस्तुत गरेको निर्देशक दुलालले जनाए छ । शब्द तथा आवाज प्रभात किरण खरेल...

पथरीकी सरु ५१ हजारसहित सम्मानित 

दुधे(झापा)। पथरी शनिश्चरे मोरङकी राष्ट्रिय महिला फुट्बल खेलाडी सरु लिम्बू (इजम) शिवसताक्षी (झापा)मा सम्मानित भएकी छिन् । शनिबार सरुलाई वाराबाहाङ(फोजिवा) थिकहुम सङ्जुम्भो इजम सयङले नगद ५१ हजार सहित सम्मान पत्रले सम्मानित भएकी हुन् । हाल सरु लिम्बु APF क्लबमा आवद्ध रहि मिड्फिल्डरको भुमिका निर्बाह गर्दै आएकी छिन । खेला...

दोस्रो पथरी शनिश्चरे गोल्ड कप: सलहेश सिरहाद्वारा उपाधि रक्षा

पथरी । मोरङ पथरीमा भएको दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको उपाधि सलहेश युवा क्लब, सिराहाले जितेको छ । शनिबार भएको फाइनलमा सलहेशद्वारा घरेलु टोली पथरी–११ फुटबल क्लब, मोरङलाई २–१ ले पराजित गर्‍यो । पहिलो हाफको २० औं मिनेटमा पथरीका धिरेन क्षेत्रीले गोल गर्न सफल भए । दोस्रो हाफमा पथरीले अग्रता कायम गर्न सकेन । सलहेशका ज...

दोस्रो पथरी शनिश्चरे गोल्डकप: आज फाइनलमा उपाधि कस्ले चुम्ला?

पथरी । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२ को उपाधिका लागि आज आयोजक पथरी ११ फुटबल क्लब र सिराहाको सहलेस युवा क्लबबिच प्रतिस्पर्धा गर्दैछ । बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक पथरी ११ फुटबल क्लबले एनआरटी फुटबल क्लब काठमाडौलाई १-० गोल अन्तरले जित्दै उपाधि नजिक पुग्यो । अर्को टिम सलहे...

झापा महिला गोल्डकप: आर्मीको फराकिलो जित

दुधे(झापा)। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी खेलमा त्रिभुवन आर्मी क्लब सेमी फाइलनमा प्रवेश गरेको छ । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज भएको खेलमा आर्मीले पोखरा एफसीलाई ६ –० गोल अन्तरले जित्यो । फराकिलो जित निकालेको आर्मी यो जितसङ्गै सेमिफाइनलमा प्रवेश गरेको छ।...