उपसभामुखमा उदयपुरकी दनुवार निर्वाचित

विराटनगर । शनिबार भएको निर्वाचनमा उदयपुरकी ४६ वर्षीया सृजना दनुवार निर्वाचित भएकी छिन् । प्रदेश १ को उपसभामुखमा सत्तारूढ एमालेकी प्रदेश सांसद सृजना दनुवार निर्वाचित भएकी हुन् । दनुवारलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ५७ र विपक्षमा ३३ मत परेको छ । सत्तारूढ एमालेकी मिना श्रेष्ठ मत दिनबाट बञ्चित भइन् । स...

चुम्लुङका एजेन्डाहरू कार्यान्वयन गर्न सांसदहरूलाई आग्रह

ललितपुर । आफ्ना संस्थागत एजेन्डाहरू कार्यान्वयन गर्न किरात याक्थुङ चुम्लुङले याक्थुङ लिम्बु सांसदहरूलाई शुक्रबार आग्रह गरेको छ । आम लिम्बुहरूको आधारभूत साझा मुद्दा भन्दै चुम्लुङले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसदहरूलाई यस्तो आग्रह गरेको हो । चुम्लुङ सङ्घीय कार्यसमितिले चुम्लुङ हिम ललितपुरमा आयोजना गरेको बधाई तथ...

आँखाका कुरा: टाउको दुखाइमा आँखाको भूमिका के हुन्छ?

आँखालाई आत्माको ढोका पनि भन्ने गरिन्छ। आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाँउछ पनि भनिन्छ। कहिलकाँही त हो जस्तो पनि लाग्छ। आँखा नै त्यस्तो प्रकृतिको एक अमूल्य उपहार हो जसले प्रकृतिको महिमा झन बढाईदिएको छ। हुन त भित्री आँखा पनि हुन्छ जसले दृष्टिविहीनहरुले हेर्ने र महसुस गर्ने गर्छन भनीन्छ। आजको हाम्रो चर्चाको...

खेलकुद सामाग्री हस्तान्तरण

पथरी । वडा कार्यालय पथरी शनिश्चरे वडा नं. ८ ले क्रिकेट र ब्याडमिन्टन खेलाडीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष नवीन कार्कीले वडा कप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई ब्याट, बल, जर्सी लगायतको खेलकुद सामाग्री हस्तान्तरण गर्दै बिजयको शुभकामना ब्यक्त गरे । वडा कार्यालयमा भएको कार्यक्...

कांग्रेस मोरङले पायो पुणर्ता

विराटनगर । नेपाली कांग्रेस मोरङले पुणर्ता पाएको छ । बैठकले जिल्लामा १६ वटा विभाग गठन गरि जिल्ला सदस्यहरुलाई विभागीय प्रमुखको समेत जिम्मेवारी प्रदान गरिएको नेपाली कांग्रेस मोरङका सभापती डिग बहादुर लिम्बुले जानकारी दिए । बैठकले राजकुमार कोईराला, ,भुपनारायण चौधरी, प्रभु बिश्वास, सन्तोष ढुङ्गाना, बिष्णु कुमार लिम्बु, शैल...

उपसभामुखमा राई र दनुवारको उम्मेदवारी

विराटनगर । प्रदेश १ उपसभामुखमा नेपाली कांग्रेसकी ६२ वर्षीया लिलाकुमारी राई र सत्तारूढ एमालेकी ४६ वर्षीया सिर्जना दनुवारले उम्मेदवारी दर्ता गराएका छन् । दुबै जना उदयपुरबाट समानुपातिक सांसद बनेका हुन् । राईको प्रस्तावकमा कांग्रेसकी खगेश्वरी पौडेल र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की विद्या चाम्लिङ राई समर्थक रहेका छन् ...

पूर्वप्रहरी संगठनको प्रथम अधिबेशन

पथरी । नेपाल पुर्बप्रहरी संगठन पथरीशनिचरे नगर कार्यसमितिको प्रथम अधिबेशन शुक्रबार सम्पन्न भएको छ । समितिको अध्यक्ष नाराहाङ्ग राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पुर्बप्रहरी संगठन केन्द्रीय सदस्य नेत्र बरुवाल, नेपाल पुर्बप्रहरीसंगठन १ नं. प्रदेश प्रमुख बाबुराम श्रेष्ठ, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख बेद प्रस...

अव्यवस्थित पार्किङमा राखेको सवासी साधन नियन्त्रणमा

पथरी । अव्यवस्थित रुपमा पार्किङ गरेर राखिएका टेम्पु र मोटरसाइकललाई पथरी शनिश्चरे नगरपालिकाको नगर प्रहरीले नयन्त्रण गर्दै आफ्नो सक्रियता बढाएको छ । बिहिबार पथरी बजारमा जथाभावी पार्किङ गरी राखिएको मोटरसाइकल, टेम्पु र साइकलहरूलाई हटाइएको थियो । यसैगरी केही मोटरसाइकल, टेम्पो र साइकलहरू नियन्त्रणमा लिई सिक्री बाधेर चाबी...

माउण्डको बसको ठक्करबाट महिलाको मृत्यु

गौरादह(झापा) । माउन्ट एभरेष्ट बोर्डिङ स्कुल गौरादह झापाको बसको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौरादहस्थित जनता माध्यमिक विद्यालय अगाडि बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा स्थानीय ७२ वर्षिया महिलाको मृत्यु भएको हो। प्रहरीकाअनुसार वडा न.१ मा रहेको जनता माध्यमिक विद्यालय नजिक मे.१ ख २६७६ नम्बरको स्कुल बसले ...

मुख्यमन्त्री कार्कीको पक्षमा ५९ र विपक्षमा ३२ मत

विराटनगर । नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खस्या । कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई ...