आगोलागीबाट १९ वटा घर जली नष्ट १ जना नाबालिकाक

मोरङ । धनपालथान गाउँपालिका-७ का अमित मियाँको घरमा बिधुत सर्ट भई आगलागी हुँदा घर भित्र रहेकी उनको ४ बर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यू भएको छ । चैत्र ५  गते दिउँसो साढे १२ बजे विधुत सर्टभई घरमा आगलागी भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल उद्धारका लागी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव तथा जिल्ला प...

 क्षयरोग सम्वन्धी मोडुलर तालिम

पथरी । राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुको लागि क्षयरोग सम्वन्धी मोडुलर तालिम आजबाट सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा गरिएको मोडुलर तालिम चैत ८ गतेसम्म सञ्चालन हुनेछ । नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको अध्यक्षतामा भएको तालिममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य बारे स्वास...

नगरपालिकामा जग्गाको सट्टा सम्वन्धमा छलफल

पथरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको जग्गाको सट्टा सम्वन्धमा पथरी शनिश्चरे नगरपालिकामा छलफल भएको छ । मोरङ जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको संयोजकत्वमा छलफल भएको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, वडा नं. १० का वडाध्यक्ष जीव...

जरायो टोलमा पहिचानको लागि एक महिने अभियान

शनिश्चरे।मंगलबार पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य केन्द्र वडा नं. ९ ले जरायोटोलमा अभियान सञ्चालन गरेको छ । वडा नं. ९ वासी आमा बुबा दिदी बहिनी लगायतले सो अभियानको लाभ लिएका छन् । अभियानमा उप–प्रमुख देविमाया काफ्ले र वडाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । पथरी शनिश्चरेमा समुदायमा स्तर नसर्ने रोगहरु मधुमेह, उच्च ...

पथरीमा बोटिङ आकारको पोखरी खाजा घर बन्ने

पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले शान्ति भुल्के सिमसारको पोखरी खाजा घरको शिलान्यास गरेकी छिन् ।बिहीवार शान्ति सामुदायिक वन उपभोक्ता समूह(पथरी शनिश्चरे-१)को पोखरीको बीचमा अवस्थित पोखरी खाजा घरको काफ्लेले शिलान्यास गरेकी हुन् । पोखरी खाजा घर संघीय सरकार पर्यटन मन्त्रालयको ९० लाख लागतमा निर्माण ...

एकै दिन प्रतिबन्धित लागूऔषध सहित १० जना पक्राउ

बिराटनगर ।  मोरङ, सुनसरी र झापाका विभिन्न स्थानहरुबाट प्रतिवन्धित लागूऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१५ बाट चैत्र ४ गते लागू औषध नियन्त्रण व्यूरो विराटनगरले मोरङ सुन्दर हरैचा-६ का २४ बर्षीय निश्‍चल तामाङ र २३ बर्षीय गोबिन्द नेपालीको साथबाट खैरो हिरोईन १ ग्राम ३१ मिलिग्राम, बेलबारी...

चार सहकारीको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाको सहकारी शाखाद्वारा नगरका चार वटा सहकारीमा अनुगमन गरिएको छ । हरियाली वचत तथा ऋण सहकारी संस्था(पथरी शनिश्चरे-३), सुचारु कृषि सहकारी संस्था लि(पथरी शनिश्चरे-३)मा अनुगमन गरिएको हो। त्यस्तै वडा नं. ८ को जिविकोपार्जन बचत तथा ऋण सहकारी र सिद्धेश्वर वचत तथा ऋण सहकारी संस्था लि.को अनुगमन गरिएको ...

पथरी शनिश्चरे नगरपालिकाको योजना तथा कार्यक्रमको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको अगुवाईमा नगरको विभिन्न योजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको छ । आज पथरी शनिश्चरे वडा नं. ६ को किर्तिपुरबाट सिंहदेवी हुँदै बुद्ध मार्ग जोड्ने बाटोको स्तरोन्नति, वडा नं. १ को शान्ति सामुदायिक वनमा पर्यटन पूर्वाधर निर्माण, वडा नं. १०...

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

हसन्दह । मोरङको सुनवर्षी नगरपालिका १ भित्री सडकमा  स्कुल बसको ठक्करबाट आइतबार साझ बालिकाको मृत्यु भएको छ । प्याराडाइज बोर्डिङ स्कुलको बसको ठक्करबाट सुनवर्षी नगरपालिका–१ कमलपोखरीकी ९ वर्षीया सन्जु परियारको मृत्यु भएको हो । साइकलमा यात्रा गरिरहेकी बालिकालाई केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको ना ४ ख ८८४...

एम्वुलेन्स  चालकको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर पञ्चावती-४ घर भइ मोरङको बुढिगंगा-२ मा बस्दै आएका २४ बर्षीय आशिष राई रहेका छन । चैत्र २ गते राती पौने ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को. १ च ४७७४ नम्व...