प्रथम अन्तर स्कुलस्तरीय टिम बुद्धिचाल प्रतियोगिताको उपाधि एभरेष्टलाई

पथरी । प्रथम अन्तर स्कुलस्तरीय टिम बुद्धिचाल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । आज सम्पन्न बुद्धिचाल प्रतियोगितामा पथरी शनिश्चरे १ मा अवस्थित एभरेष्ट बोर्डिङ स्कुल च्याम्पियन बन्न सफल भएको छ। नेपाल बुद्धिचाल संघ पथरी शनिश्चरे नगर समिति मोरङको आयोजनामा भएको प्रतियोगिताको अन्तिम ३ राउण्ड आज सम्पन्न भयो । प्रतियोगिताभर ...

लुम्फुङ्वा कल्याणकारी समाज आसाम गठन

आसाम बसोबास गर्ने लुम्फुङ्वाहरुको भेलाले लुम्फुङ्वा कल्याणकारी समाज आसाम गठन गरेको छ । शनिबार भएको भेलाले अध्यक्षमा उदलगुरी खावरङका कृष्ण लुम्फुङ्वा र सचिवमा सोनितपुर गंगापुरका लुम्फुङ्वालाई चयन गरेको छ । कोषाध्यक्षमा दल बहादुर लुम्फुङ्वा (उदलगुरी) र सदस्यहरुमा जित बहादुर लुम्फुङ्वा(शिलापत्थर), दिल बहादुर लुम्फुङ्वा...

अनुसन्धान आयोगद्वारा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया

पथरी । अख्तियार  दुरुपयोग अनुसन्धान आयोग, इटहरीको आयोजनामा स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई, नगर कार्यप...

मकै खेती क्षेत्र विस्तार र कृषि यन्त्र उपकरणको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक विकास समिति संयोजक उद्धवराज बस्नेतको संयोजकत्वमा हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमको अनुगमन गरिएको छ । आज वडा नं. ३ मा कृषि विकास शाखा पथरी शनिश्चरेमा मकै रोप्नको लागि कृषि शाखाबाट प्राप्त हुने अनुदान रकम प्राप्तका लागि...

श्रमिक महिलाहरु सम्मानित

पथरी । ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अनौपचारिक श्रमिक महिला सम्मान कार्यक्रम गरिएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा नगरपालिकाको २५ जना श्रमिक महिलाहरुलाई सम्मान गरिएको हो । नगर उप–प्रमुख देविमाया का...

आदिवासी जनजाति महासंघ पुनर्गठन गर्ने 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको पुनर्गठनसहित राष्ट्रिय भेला आयोजना हुने भएको छ । जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार बसेको बैठकले पार्टी निकट समाजवादी आदिवासी जनजाति महासङ्घ पुनर्गठन कार्यलाई तीव्रता दिँदै राष्ट्रिय भेला गर्न लागिएको हो । जसप...

सदन र सडकलाई आन्दोलनको मोर्चाको रूपमा प्रयोग गर्ने जसपा नेपालको निर्णय

काठमाडौं । सरकारलाई समर्थित दल जनता समाजवादी पार्टी, नेपाल(जसपा नेपाल)ले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने भएको छ । पार्टीको तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । देशमा भ्रष्टाचार, बेथिति, अराजकता, कुशासन बढेको निष्कर्षसहित त्यसविरुद्ध पार्टीले सदन र सडकमार्फत खबरदारी गर्न...

 ब्राउन सुगरसहित ३ जना पक्राउ

मोरङ । बिराटनगर-१५ बाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १९ गते दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीले ३ जनालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री भारत बिहार अररियाका २८ बर्षीय अर्जुन मल्लिक, बिराटनगर-१७ का १९ बर्षीय साईनम गुरुङ...

लागुऔषध सहित ८ जना पक्राउ

पथरी । झापा र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १९ गते झापाको बिर्तामोड -१ बाट इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले भद्रपुर-४ का ३३ बर्षीय दिनेश माझीलाई चेकजाँच गर्दा उनको साथबाट ६५० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यस्तै ...

एक दिन हामी अवश्य उपाधि उचाल्नेछौं: कप्तान एन्जिला

बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा म्यानमारसँग हार व्यहोरेपछि कप्तान एन्जिला तुम्बापो सुब्बाले एक दिन अवश्य उपाधि उचाल्ने बताएकी छिन् । `पछिल्लो वर्षमा हामीले तीन वटा फाइनल खेलेका छौं। यदि यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्नेछौं।´ उनले सामाजिक संजालमा लेखेकी छिन...