पर्यटकको रोजाईमा मि–लुङ झरना

मि–लुङ झरना पान्थरको हिलिहाङ गाउँपालिका ३ र ४ को सिमानामा रहेको छ । पछिल्लो समय सडक पुगेसँगै मनमोहक मि–लुङ झरना पर्यटकको रोजाईमा पर्न थालेको छ । र दैनिक जसो स्थानीय पर्यटकहरु पुग्ने गरेको छन् ।

मि–लुङ नाम कायम हुनुपर्ने माग
स्थानीयबासी लगायत लिम्बूजन्य संघ संस्थाले पहिलाबाटै राखिएको नाम, भन्दै आएको र सुनि आएको नाम ‘मि–लुङ’ हुनुपर्ने दबाब सिर्जना गरेको छ ।
लिम्बू भाषामा ‘मि’ को अर्थ ‘आगो’ र ‘लुङ्’ को अर्थ ‘ढुंगा’ हुन्छ । अस्ताउने बेलाको सूर्यको किरण झरना सँगै रहेको ढुंगामा पर्दा ढुंगा आगोको ज्वाला जस्तै देखिन्छ । यसैबाट झरनाको नाम मि–लुङ रहन गएको भनेर स्थानीय बुढापाकाले भन्ने गरेको छन् ।
झरनालाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न डीपीआर तयार पार्न लागिएको हिलिहाङ गापाले जानकारी गराएको छ ।
सदरमुकाम फिदिमदेखि भालुचोकसम्म मेची राजमार्ग प्रयोग गरेपछि निर्माणधिन तमोर करिडोरको कच्चि बाटो प्रयोग गरी मि–झरना पुग्न सकिन्छ ।
गैर लिम्बूहरुले भने यो मृदङ्ना झरना नामकरण हुनुपर्छ भने लागेका र गैर आदिवासी पत्रकारहरु पनि लागि परेका छन् ।

वास्तविकता के हो ? स्थानीयहरुकै आवाजमा सुनौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार