बन्ध्याकरणको अनुगमन

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका स्वास्थ्य चौकी हसन्दहमा परिवार नियोजनको स्थायी/अस्थायी बन्ध्याकरणको अनुगमन गरिएको छ । नगर प्रमुख मोहन तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य संयोजक मुरारी आचार्य र सह-संयोजक जगत मगरले लगायतले अनुगमन गरेका हुन् । स्वास्थ्य चौकीमा हाल पुरुषको भेसक्टोमी र महि...

सरस्वती र बुढानिकण्ठ विजयी हुँदै सेमिफानलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगितामा सरस्वती स्कूल र बुढानिलकण्ठ स्कूल विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । बुढानिलकण्ठ स्कलले बाल्मिकी स्कूललाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बुढानिलकण्ठले ३ खेलमा २ ...

एभरेष्टको ३७ औं वार्षिकोत्सब

पथरी । एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुल पथरी शनिश्चरे मोरङले सोमबार ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ भव्य रुपमा मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एभरेष्ट स्कुलले नगरपालिकालाई चिनाउन मद्दत गर्दै आएको बताए । संस्थागत विद्यालयहरू मध्ये जेठो एभरेष्ट रहेको र यहाँ...

सत्यनारायण र पोखरियालाई सफलता

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कूल र पोखरिया स्कूल विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायण स्कूलले विनायक स्कूललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए ...

मनकामना र वुढानिलकण्ठ स्कूल विजयी

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा आइतबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा मनकामना स्कूल र वुढानिलकण्ठ स्कूल विजयी भएका छन् । पहिलो खेलमा मनकामनाले पोखरीया स्कूललाई २५ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ । मनकामनाले २ खेलमा एक खेलमा जित र एक...

बालबालिकामा सुतेका बेला पिसाब चुहिने समस्या: आमाबाबुले थाहा पाउनुपर्ने कुरा

डा अनिल पुकार शाह सामान्यतया: मानिस सुतेको बेला दिमागबाट पिसाबको थैलीलाई अबरोधात्मक संकेत जाने गर्छ, जसको कारण सुतेको बेला प्राय: पिसाब लाग्दैन। बालबालिकाले सुतेको बेला पिसाब नियन्त्रण गर्न नसक्दा पिसाब स्वस्फुर्त चुहिने गर्छ, जसलाई ओछ्यान भिजाउने समस्या अर्थात् नक्चर्नल एनुरेसिस भनिन्छ। यस्तो समस्या हुने लगभग ५० प...

अलौकिकलाई स्ववियु सभापतिको उम्मेदवारमा सिफारिस

धरान । आसन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा समाजबादी विद्यार्थी युनियनले उम्मेदवारहरु सिफारिस गरेको छ । शनिबार बसेको इकाई समितिको पूणर् बैैठकले महेन्द्र बहुमुखी क्याम्पस धरानका लागि सभापतिमा युवराज राई (अलौकिक)लाई सिफारिस गरेको छ । त्यस्तै सचिबमा बिनिता मादेन लिम्बू र सदस्यहरुमा प्रदिप ओझा र बिमला...

सरस्वती र सत्यनारायण सेमिफाइनल नजिक

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा शनिबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विजयी हुँदै सरस्वती स्कूल र सत्यनारायण स्कूल सेमिफाइनल नजिक पुगेका छन् । पहिलो खेलमा सरस्वतीले राइजिङ नेपाल स्कूललाई १ रनको कठिन जित निकाल्दै सेमिफाइनल नजिक पुगेको हो । सरस्वतीले लगातार ...

विनायक र राइजिङ विजयी

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विनायक स्कूल र राइजिङ नेपाल स्कूल विजयी भएका छन् । पहिलो खेलमा विनायकले वाल्मीकि स्कूललाई ११ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २२ ओभरमा ४ विकेट गुमाई १ स...

लामा र श्रेष्ठ सम्मानित

काठमाडौं । ‘फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार’ पत्रकार रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठलाई शुक्रबार प्रदान गरिएको छ । फोनिज युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको हो । संघीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान तथा पुरस्कार सामान्य प्रशास...