बुहारी संयुक्त बाराको समिति गठन

बारा । चंद्रिका मगरको अध्यक्षतामा मेची महाकाली बुहारी संयुक्त आवाज बाराको कार्य समिति सर्वसम्मत चयन गरिएको छ । १९ सदस्यीय नव गठित समितिको उपाध्यक्षमा सकुन्तला कुमारी लामा (सगुन), शान्ति लामा, सचिवमा उषा थापा मोक्तान, कोषाध्यक्षमा लक्ष्मी लम्साल, सह कोषाध्यक्षमा रुपा घलान र सहसचिवमा शारदा विष्ट चयन भएका छन् । समितिको...

सामाग्री वितरण  कार्यक्रम

पथरी । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे नगरपालिकाले सामाग्री (सहयोगी सामाग्री, शैक्षिक सामाग्री, खाद्यान्न) वितरण कार्यक्रम भएको छ । आज करुणा फाउण्डेसन र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहकार्यमा वितरण कार्यक्रम गरेको हो । सामाग्री, शैक्षिक सामाग्री र खाद्यान्न वितरण...

गाउँका जनतासँग प्रधानमन्त्री प्रचण्ड 

पोखरा। अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गरेका छन् । शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वड...

कोशी प्रदेश सभाको बैठक भोलि बस्ने

विराटनगर । कोशी प्रदेशसभाको  बैठक भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएपछि बैठक सारिएको हो । प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा विशेष कारणवश आज राति ८ बजे प्रदेशसभाको बैठक बस्न...

कार्यक्रमलाई बिथोल्न खोज्नु लज्जाको बिषय हो: नेता भट्टराई

ईलाम । एमाले सचिब एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कार्यक्रम बिथोल्न खोज्नु लज्जाको बिषय भएको बताएका छन् । आज मदन भण्डारी फाउण्डेसन ईलामले ७२ औ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा जाँदै गर्दा ईलामबजारमा पहिचानबादीहरुले प्रदर्शन गरेपछि नेता भट्टराईले त्यसको प्रतिक्रिया फेसबुकमा लेखेका हुन् । `...

मुख्यमन्त्री कार्कीलाई जसपाले विश्वासको मत नदिने

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ । सो कार्यसुचिमा जनता समाजबादी पार्टी (जसपा)नेपालले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । जसपा प्रदेश अध्यक्ष दिपक याख्खाले विज्ञप्ति जारी गर्दै विश्वासको मत ...

तरुण दलको केन्द्रीय अध्यक्षमा विद्वान(सबै सदस्यहरुको विवरण सहित)

काठमाडौ । नेपाली काङ्ग्रेसले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यहरुको मनोनयन गरेको छ । आज पार्टीले  प्रेस विज्ञप्ति जारी गर्दै सातै प्रदेशलाई  समेटेर मनोनयन गरेको हो । मनोनयन भएका सदस्यहरू कोशी प्रदेश नाम जिल्ला अशोक झा सोलुखुम्वु नविन थापा सोलुखुम्वु पोष कुमार...

युमा साम्यो महासभा कतारले पहिलो स्थापना दिवस मनायो

तिलविक्रम थेवे दोहा (कतार) । गत ०९ जुन २०२३ शुक्रबार युमा साम्यो महासभा कतारले एक कार्यक्रमको आयोजना गरी संस्थाको पहिलो स्थापना दिवस (वार्षिक उत्सव) भव्यताको साथ मनायो । आयोजकले जानकारी दिएअनुसार विदेशमा छरिएर रहेका याक्थुङ लिम्बु जातिहरु विचमा याक्थुङ लिम्बु समुदायको मौलिक धर्म संस्कार संस्कृतिको अपनत्व बढोस्, अन्य ...

केन्द्रद्वारा आधुनिक तान वितरण

पथरी । धिमाल जातीय विकास केन्द्र पथरी शनिश्चरे नगर समितिले आधुनिक तान वितरण गरेको छ । बुधबार नेपाल आदिवासी जनजाति महासङ्घले विनियोजन गरेको ५० हजार रकमबाट तान वितरण गरेको हो ।  पथरी शनिश्चरे ९ को कुसेचौरी गाउँ टोल, वडा नम्बर ६ को भातेगौडा गाउँ टोल र वडा नम्बर १ को पथरी गाउँ टोल समितिलाई १/१ थान तान वितरण गरेको धिमाल ...

आन्दोलनरत पहिचान पक्षधर वार्तामा नबस्ने घोषणा

पथरी । कोशी प्रदेश नामाङ्कन विरुद्ध आन्दोलन गरिरहेको प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति वार्तामा नबस्ने भएको छ । मंगलबार उस्ले बिज्ञप्ति जारी गर्दै कोशी प्रदेश सरकार वार्ता समितिसङ्ग आज बुधबार बिराटनगरमा हुने भनिएको वार्तामा नबस्ने बताएको हो । उहीँ मिति, उहीँ स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि स...