गेलावारीमा राष्ट्रिय धान दिवस मनाइयो

पथरी । साना किसान कृषि सहकारी संस्थाको आयोजनामा २१ औं राष्ट्रिय धान दिवस २०८१ मनाएको छ । आज पथरी शनिश्चरे वडा नं. ६ को गेलाबारीमा सामुहिक धान रोपेर २१ औं राष्ट्रिय धान दिवस मनाइएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापो, कृषि शाखा प्रमुख सविना राई लगायत सहकारीका पदाधिकारीहरु र जनप्रतिनिधिहरुले सामुहिक रोपाइ गरेका हुन्...

अन्नपूर्णले ल्यायो एसईईमा उत्कृष्ट नतिजा

पथरी । अन्नपूर्ण माध्यमिक विद्यालय पथरी शनिश्चरे १ ले राष्ट्रिय परीक्षा बाेर्डद्वारा २०८० चैत्रबाट सञ्चालित एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयकाे नतिजा समग्रमा उत्कृष्ट भएको जानकारी विद्यालयका प्राचार्य वीरेन्द्र गुरूङले दिए। विद्यालयबाट क्रमशः फूलकुमारी चाैधरीकाे ३.८६ जीपीए, परिना खड्का ३.७९ जीपीए, कञ...

नगरस्तरीय खुला कविता प्रतियोगितामा लोक सागर साम्बा प्रथम

पथरी । मोरङको पथरी शनिश्चरेमा नगरस्तरीय खुला कविता प्रतियोगिता -२०८१ मा लोक सागर साम्बा प्रथम भएका छन्। शनिवार भएको १० स्पर्धीलाई पछि पार्दै कवि साम्बा प्रथम भएका हुन्। त्यस्तै प्रसुना तिम्सिना दोस्रो, लाजिमा सुन्दास तेस्रो, पवित्रा खनाल सान्त्वना भएका छन् । प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई क्र...

प्रेस मञ्च नेपालद्वारा तालाबन्दी

काठमाडौ । नेपाल पत्रकार महासंघले शुध्दिकरणका नाममा मधेशी पत्रकारलाई मात्र सदस्यताबाट बञ्चित गराइ एक तर्फिरूपमा जारी गरेकाे सदस्यता नामावली प्रेस मञ्च नेपाललाई स्विकार्य नहुने बताएको छ । आज विहान ८ः३० बजे मञ्चले चेतावनी स्वरूप पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको मञ्चका कार्यवहाक अध्यक्ष मनोज यादवले बत...

नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको संयोजक नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा आज बैठक सम्पन्न भएको हो । चैतदेखि नगर भित्र चट्याङ, आगजानी, असिना पानीबाट भएको क्षतिको अनुदान वापत ५ लाख ४८ हजार अनुमोदन गरेको सूचना...

प्रेस मञ्चद्वारा पत्रकार महासंघको कार्यालय घेराउ

काठमाण्डौं । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार काम नगरेको भन्दै प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको कार्यालय घेराउ गरेको छ। महासचिव अवधेश झाको अगुवाईमा पुगेका मञ्च आवद्ध पत्रकारहरुले कार्यालयमा नारावाजी गर्दै आज निर्वाचन समितिका सदस्यहरुको राजिनामा मागेका छन्। कार्यतालिका अनुसार आज अन्तिम मतद...

४९ बोरा गाजा बरामत

विराटनगर । मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह मोरङको धनपालथान गाउँपालिका-७ स्थित गोठ बाट खानतलासी गर्दा ४९ बोरामा १ हजार ५ सय ४८ किलो ग्राम गाँजा बरामद गरेको हो । लागु औषध गाँजा बरामद भए संगै गोठ धनी राज कुमार सिंह समेतलाई प्रहरीले नियन्त्रणम...

एसईई परीक्षाफल: पथरीबाट पञ्चायत र रेडस्टारको उत्कृष्ट नतिजा

पथरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ । नतिजाअनुसार पथरी शनिश्चरे स्थित पञ्चायत मावि सामुदायिक विद्यालय तर्फ उत्कृष्ट भएको छ । पञ्चायतकी छात्रा निकिता राईले ३.९६ अंक ल्याइ जिल्ला प्रथम भइन्। त्यस्तै पथरी शनिश्चरे वडा नम्बर २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयका सतीश आचार्य तथा अजय लिम्ब...

नगरपालिकाको फेलर कार्यक्रम बन्यो, ‘प्लाष्टिक मुक्त क्षेत्र घोषणा’

फिपराज बेघा पथरी शनिश्चरे नगरपालिकाले २०७१ साल चैत २६ गते नगरको शरणार्थी शिविरमा तामझामका साथ प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको थियो । फोहोरमैला न्यूनीकरण गर्दै स्वच्छ वातावरण कायम राखी जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर न्यूनीकरण गर्न आवश्यक भएको भन्दै नगरपालिकाले प्रथम परिषद् गरी ‘पथरी शनिश्चरे नगरपालिका प्लाष्टिक...

खोलाले बगाएर र पानीमा डुवेर २ जनाको मृत्यु

मोरङ । जिल्लाको रंगेली नगरपालिका-४ स्थित घाँगी खोलाले बगाउँदा १ जनाको मृत्यु भएको छ । हिजो बिहान स्थानीय ४५ बर्षीय नागेन मण्डल खोला तर्ने क्रममा खोलाले बगाइ बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजतलास गर्ने क्रममा बगेको स्थानबाट करिव १५० मिटर दक्षिण खोला किनारमा मण्डल मृ...