आईटी स्रोत शिक्षकहरुको क्षमता विकास तालिम

पथरी । शिक्षा, युवा तथा खेलकुद शाखा पथरी शनिश्चरे नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत आईटी स्रोत शिक्षकहरुको पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । पञ्चायत माध्यमिक विद्यालयमा वैशाख १० गतेदेखि सञ्चालन भएको तालिम सोमबार समापन गरिएको हो । समापन कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, शिक्षा, युवा तथा खे...

वडामा नागरिक सुनवाई

पथरी । इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका वडा नं. ७  को कार्यालयमा एक दिने नागरिक सुनवाई अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। शुक्रबार वडा अध्यक्ष उद्धव बस्नेतको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले सामाजिक विकृ...

निःशुल्क योग शिविर सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ ले निःशुल्क योग शिविर आजदेखि सुरु गरेको छ। वडा नं. ७ को लामाटोलीमा अवस्थित गुम्बामा निःशुल्क योग शिविरको नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो । ‘योग गरौं, निरोगी बनौं’ भन्ने मूल नाराका साथ सुरु भएको शिविरमा वडा नं. ७ का वध्यक्ष उद्धवराज बस्नेत, व...

नगरमा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम 

पथरी । पथरी शनिश्चरे नगरपालिकामा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ । सबै वडाहरूमा क्याम्प सञ्चालन गरी बालबालिकालाई स्वयंसेविकाहरुले औषधि खुवाइएको छ । वैशाख ६ र ७ गते सञ्चालन हुने उक्त अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बाल...

स्थानीय प्राइभेट पाराभेट प्राविधिकसँग अन्तरक्रिया

पथरी ।  पशुपंक्षी तथा मत्स्य विकास शाखा, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा स्थानीय प्राइभेट पाराभेट प्राविधिकसँग अन्तरक्रिया गोष्ठी तथा समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगर पशु अस्पताल(पथरी शनिश्चरे-३)मा भएको कार्यक्रममा स्थानीय प्राइभेट पारामेट प्राविधिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं. ...

बैशाख २ गतेदेखि निःशुल्क योग शिविर सञ्चालन

पथरी । ‘योग गरौं, निरोग रहौं’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरेमा निःशुल्क योग शिविरको बुधबार उद्घाटन भएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ को आयोजनामा लामाटोलीमा वैशाख २ गतेदेखि ७ गतेसम्म निःशुल्क योग शिविर सञ्चालन हुनेछ । योग शिविरको उद्घाटनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्...

वडा नं. ९ मा पनि सामुदायिक कुकुर बन्ध्याकरण रेबिज विरुद्धको खोप कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ मा सामुदायिक कुकुर बन्ध्याकरण रेबिज विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । मङलबार पथरी शनिश्चरे नगरपालिका पशु तथा मत्स्य शाखाको आयोजनामा सो खोप कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष विरबहादुर राई, वडा सदस्यहरु र वडावासीको उपस्थिति रहेको थियो । वडा कार्यालयमा ...

सामुदायिक कुकुरलाई बन्ध्याकरण गरियो

पथरी । सामुदायिक कुकुर बन्ध्याकरण रेबिज विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका पशु तथा मत्स्य शाखाको आयोजनामा चैत २९ र ३० गते सो खोप कार्यक्रम सम्पन्न गरिएको थियो । सोमबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बुले सो खोप कार्यक्रमको प्रत...

४ सय ७७ जना सेवाग्राही लाभान्वित

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको प्रजनन रुग्णता सम्वन्धी निःशुल्क स्वास्थ्य शिविरमा नगरका ४ सय ७७ जना लाभान्वित भएका छन् । जनस्वास्थ्य कार्यालय मोरङको समन्वयमा भएको तीन दिवसीय  शिविर चैत्र २४ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको थियो । पथरी शनिश्चरे वडा नं. ६, ७ र १० वडाको आधारभूत स्वास्थ्य केन्द्रमा ...

ज्ञानकुञ्जको ग्राजुएसन डे

पथरी । ज्ञानकुञ्ज मन्टेश्वरीले आफ्नो वार्षिक कार्यक्रम तथा ग्राजुएसन डे भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । हरियाली सामुदायिक वन(पथरी शनिश्चरे-२)मा आयोजित कार्यक्रम मन्टेश्वरीका अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीवर्गले वार्षिक गतिविधिमा आधारित विभ...